२०८३ बैशाख २०

Author: Senior Editor Nima

बुढानिलकण्ठमा प्रचण्ड-देउवाबीच भेट

बुढानिलकण्ठमा प्रचण्ड-देउवाबीच भेट

देश, राजनीति
नेकपा माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल' प्रचण्ड' ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। Advertisement शनिबार दिउँसो देउवा निवास बुढानिलकण्ठमा उनीहरूबीच भेट भएको हो। उनीहरूबीच राजनीतिक छलफल भएको बताइएको छ। यसअघि उनले माधवकुमार नेपाललाई पनि भेटेका थिए।  जनैखटिरा आएर घरमै आराम गरिरहेका नेपाललाई भेट्न प्रचण्ड उनको निवासमा गएका हुन्। प्रचण्ड स्वास्थ्य लाभ गरी राजनीतिक विषयमा प्रवेशनै नगरी उनी फर्किएका थिए। ...
एमाले कार्यदलको बैठक सकियो, सुवास नेम्वाङ भन्छन्- भोलि बिहान सुखद् समाचार सुन्न पाउनुहुन्छ

एमाले कार्यदलको बैठक सकियो, सुवास नेम्वाङ भन्छन्- भोलि बिहान सुखद् समाचार सुन्न पाउनुहुन्छ

देश, राजनीति
नेकपा एमाले विवाद हल गर्नको लागि गठन भएको कार्यदलको बैठक सकिएको छ। Advertisement शनिबार निर्धारित समयभन्दा ढिला गरी सिंहदरबारमा बैठक बसेको थियो। कार्यदल सदस्य सुवास नेम्वाङले कार्यदलको काम टुंग्याए बराबर भएको भन्दै भोलि बिहान सुखद् समाचार सुन्न पाइने बताए। बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘हामीले साह्रै मेहनतका साथ तपाईंहरूको शुभकामनाले हामीले काम टुंग्याए बराबर छ। भोलि बिहान ८ बजे तपाईंहरूले सुखद् समाचार सुन्न पाउनु हुनेछ।’ कार्यदलले सबै विवादित विषय टुंगो लगाएको हो? भन्ने प्रश्नमा उनले भने,‘ अब त्यो सबै कुरा भोलि बिहान भन्ने छ।’ ...
माधव नेपाल भन्छन्- हस्ताक्षर फिर्ता हुँदैन, अदालतको निर्णयलाई प्रभावित गर्न पाइँदैन

माधव नेपाल भन्छन्- हस्ताक्षर फिर्ता हुँदैन, अदालतको निर्णयलाई प्रभावित गर्न पाइँदैन

देश, राजनीति
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारेका छन्। कुराकानी गर्दै वरिष्ठ नेता नेपालले अदालतको निर्णयलाई प्रभावित पार्ने गरी कुनै काम नहुने समेत बताए। ‘हस्ताक्षर फिर्ता हुँदैन। अदालतको निर्णयलाई प्रभावित गर्न पाइँदैन। सहमतिमा बेइमानी र धोकाधडी हुँदैन,’ उनले भने, ‘पार्टी एकताको लागि सहमति हुनसक्छ। तर विगतमा भएको सहमतिबाट पछि हट्न सकिँदैन। मेरो बटमलाइन यही हो।’ उनले अरूलाई धोका दिएर कुनै सहमति नहुने समेत बताए। Advertisement एमाले एकताका लागि गठित कार्यदलका सदस्यहरूले आफूहरू सहमतिको नजिक पुगेको दाबी गरिरहेका बेला नेपालको यस्तो प्रतिक्रिया आएको हो। कांग्रेस सभापति देउवाको पक्षमा भएको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले लिँदै आए...
कोपा अमेरिकामा पेरूलाई हराउँदै कोलम्बिया तेस्रो

कोपा अमेरिकामा पेरूलाई हराउँदै कोलम्बिया तेस्रो

खेलकुद
ब्राजिलमा जारी कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा पेरूलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो भएको हो।  Advertisement कोलम्बियालाई जिताउन लुइस डियाजले खेलको अन्तिममा गोल गरे। खेलमा अग्रता भने पेरूले लिएको थियो। खेलको ४५औँ मिनेटमा  योशिमर योतुनले गोल गरी पेरुलाई सुरूआती अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरू हुनेवित्तिकै ४९औँ मिनेटमा कोलम्बियाका जुवान काउड्राडोले बराबरी गोल फर्काए। खेलको ६६ औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा अग्रता दिलाए । तर खेलको ८२ औँ मिनेटमा  पेरूका जियानलुका लापाडुलाले गोल गर्दै फेरि खेल बराबरीमा ल्याए। ९० मिनेटपछि ६ मिनेट थप गरिएको थियो। थपिएको चौथो अर्थात ९४औँ मिनेटमा लुइस डियाजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरी ...
हामी तीनमध्ये एक जना लडेर मात्रै पुग्दैन, रामचन्द्र र शेखर दाइ पनि हुनुहुन्छ : शशांक कोइराला

हामी तीनमध्ये एक जना लडेर मात्रै पुग्दैन, रामचन्द्र र शेखर दाइ पनि हुनुहुन्छ : शशांक कोइराला

देश, राजनीति
नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोस्रो पुस्ताका नेताले गर्ने बताएका छन्। कुराकानी गर्दै उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने दाबी गरे। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए। तेरो-मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी उनले गरे। प्रस्तुत छ, आसन्न महाधिवेशन, क्रियाशिल सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा कोइरालासँग गरिएको कुराकानी : Advertisement आसन्न महाधिवेशनको तयारी कहाँसम्म पुगेको छ, व्यक्तिगत र संस्थागत रुपमा? सबैभन्दा पहिला म पार्टीकै तयारीको कुरा ...
अन्तिम रूप दिइने भन्दै आज पनि एमाले कार्यदल बैठक बस्दै

अन्तिम रूप दिइने भन्दै आज पनि एमाले कार्यदल बैठक बस्दै

देश, राजनीति
नेकपा एमालको विवाद मिलाउन गठित कार्यदलमा सहमति नजिक पुगेको नेताहरूले दाबी गरेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलको बैठकमा नेताहरुले सहमतिको नजिक पुगेको दाबी गरे पनि टुंगोमा पुर्‍याउन भने सकेनन्। बैठकपछि बाहिरिँदै नेताहरुले सहमतिनजिक पुगेको दावी गरेका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेता प्रदीप ज्ञवालीले धेरै विषय सहमति नजिक पुगेको र केही भाषा मिलाउन बाँकी रहेकाले आज पुनः बैठक बस्ने जानकारी गराए। Advertisement त्यस्तै माधवकुमार नेपाल पक्षका नेता गोकर्ण विष्टले पनि केही विषयमा सहमतिनजिक पुगिएको जानकारी दिए। नेकपा एमालेभित्रको विवाद मिलाउन कार्यदलका सदस्यहरू विगत १० दिनयता निरन्तर छलफलमा छन्। एमालेले आन्तरिक विवाद मिलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माध...
अष्ट्रेलियामाथि वेष्ट इण्डिजको शानदार जित

अष्ट्रेलियामाथि वेष्ट इण्डिजको शानदार जित

खेलकुद
अष्ट्रेलियासँगको टी–२० सिरिजको पहिलो खेलमा वेष्ट इण्डिज १८ रनले विजयी भएको छ। शनिबार घरेलु टोलीले वेष्ट इण्डिजले दिएको १४६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १६ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटिएपछि सहज जित हात पारेको हो। Advertisement अष्ट्रेलियाका लागि मिचेल मार्शमार्शले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन्। उनले ३१ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए। यस्तै, म्याथ्यू वेडले ३३, मोइसेस हेनरिक्सले १६ र  डान क्रिश्चियनले १० रन बनाउँदा। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।  बलिङमा वेष्टइन्डिजका लागि ओबेद म्याकोयले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २६ रन खर्चिएर ४ विकेट लिए। यस्तै, हेडेन वाल्शले ३, फेबियन एलेनले २ र आन्द्रे रसेलले एक विकेट हात पारे। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टो...
चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको मुद्दामा साक्षी बसेका अधिकारीले छोडे बिएण्डसीको अनुगमन समिति

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको मुद्दामा साक्षी बसेका अधिकारीले छोडे बिएण्डसीको अनुगमन समिति

समाचार, स्वास्थ्य
चिकित्सा शिक्षा आयोगका सदस्य डा. भोजराज अधिकारीले प्रस्तावित बिएण्डसी मेडिकल कलेज अनुगमनमा संलग्नताबाट आफू मुक्त भएको घोषणा गरेका छन्। बुधबार कार्यकारी समितिलाई सम्बोधन गरी उनले निवेदन दिँदै अनुगमन टोलीबाट भए गरेका काममा आफ्नो संलग्नता नरहने र प्रतिवेदन पनि बुझाउन असक्ने बताएका हुन्। Advertisement चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले गठन गरेको तीन सदस्यीय समितिमा उनी सदस्य थिए। अधिकारी बिएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र उपाध्यक्ष गिरीको गाली बेइजती मुद्दामा गिरी पक्षबाट साक्षी बसेका थिए। उनले सो कुरा पनि चिठीमा लेखेका छन्। उनले आफू मुद्दामा साक्षी बसे पनि गिरी र प्रसाईंसँग कुनै लिनुदिनु नरहेको उल्लेख गरेका छन्। ‘यस्तो कुरा आएपछि टोलीमा बसिरहनु पनि भएन,’ उनले बताए। उपाध्यक्ष गिरीले बिएण्डसीको सम्बन्धन अगाडि बढाउ...
पाँचौ फाइनलमा सफल होलान् मेसी?

पाँचौ फाइनलमा सफल होलान् मेसी?

खेलकुद
स्पेनिस क्लब बार्सिलोनाका पूर्वसहकर्मी लिओनल मेसी र नेइमार आइतबार विहान एकअर्काविरुद्ध भिड्दैछन्। आइतबार विहान कोपा अमेरिका २०२१ को उपाधिका लागि अर्जेन्टिना र ब्राजिल भिड्दा मेसी र नेइमार पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा छन्। Advertisement दुवैले आफ्नो देशका लागि मुख्य प्रतियोगिताको उपाधि उचाल्ने अवसर अहिलेसम्म पाउन सकेका छैनन्। छ पटकका बालन डि'अर विजेता अर्जेन्टाइन फरवार्ड मेसी चौथो पटक कोपा अमेरिकाको फाइनल खेल्दैछन्। सम्भवत यो उनका लागि करिअरमा उपाधि जित्ने अन्तिम अवसर हुन सक्छ।  कोपा अमेरिका २०२१ मा मेसीले चार गोल गर्दा उतिकै पास गोलका लागि सिर्जना गरेका छन्। उत्कृष्ट लयमा देखिएका ३४ वर्षीय मेसीका लागि आगामी वर्ष कतारमा हुने विश्वकप अन्तिम विश्वकप हुन सक्छ।  मेसीले २००७, २०१५ र २०१६ को कोपाको फाइनल खेलेका थ...
१५ लाख डोज खोप नेपाली जनतालाई अमेरिकी जनताको उपहार हो: अमेरिकी राजदूतावास

१५ लाख डोज खोप नेपाली जनतालाई अमेरिकी जनताको उपहार हो: अमेरिकी राजदूतावास

समाचार, स्वास्थ्य
काठमाडौंस्थित अमेरिकी राजदूतावास। फाइल तस्बिर। मित्र राष्ट्र अमेरिकाले नेपाललाई कोरोनाभाइरसविरूद्धको १५ लाख डोज खोप अनुदानमा दिने भएको छ। काठमाडौंस्थित अमेरिकी राजदूतावासले उक्त खोप नेपाली जनतालाई अमेरिकी जनताका तर्फबाट उपहार भएको जनाएको छ। राजदूतावासकी प्रवक्ता एना रिचे एलेनले अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहारस्वरूप जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको  १५ लाख डोज खोप दिन लागेको बताइन्। Advertisement 'नेपालीप्रति अमेरिकाको दशकौं लामो प्रतिवद्धता र कोभिड-१९ महामारीमा हामीले गरिरहेको सहयोगको हिस्साका रूपमा नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप अनुदान दिँदैछौं,' एलेनले भनिन्, 'यो जीवन जोगाउने एकमात्र उद्देश्यका साथ अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहार हो। हामी छिट्टै खोपबारे विस्तृत जानकारी दिनेछौं।' परराष्ट्र मन्त्रालयले प...