२०८१ जेष्ठ २

कार्यदल बैठकबाट निस्किएका शंकर पोखरेलले भने- सम्भवत: आजै टुंग्याउँछौं

नेकपा (एमाले) को विवाद मिलाउन गठित कार्यदलको बैठक अहिले सिंहदरबारमा जारी छ।

केही घन्टादेखि जारी छलफलमा आज सहमति खोज्ने प्रयास भइरहेको छ।


Advertisement


केहीबेरअघि बैठकबाट निस्किएका कार्यदलका सदस्य लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आजै टुंग्याउने गरी छलफल भइरहेको बताए।

‘बैठक बसिरहेको छ। सम्भवत: आजै टुंग्याउँछौं,’ उनले भने।

पार्टीभित्र देखिएका विवाद समाधान गर्न पटक-पटक कार्यदलको बैठक बसिरहेको छ। बिहीबार पनि कार्यदलको बैठक बसेको थियो भने सहमति नजिक पुगेको नेताहरूले प्रतिक्रिया दिएका थिए।

नेता सुवास नेम्वाङले सहमति नजिक पुगेको बताए पनि घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए। 

Copy link
Powered by Social Snap