२०८३ बैशाख २०

Author: Senior Editor Nima

पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत

पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत

देश, राजनीति
काठमाडौँ — पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत भएको छ । मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी प्रक्रियामा अगाडी बढ्न दुवै पक्ष सहमत भएका हुन् । जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन अयोगमा निवेदन पेस गरेको थियो । सोही निवेदनको आधारमा निर्वाचन आयोगले दुवै पक्षलाई सहमति जुटाउनको लागि भन्दै छलफलमा राखेको थियो । तर जसपाको दुवै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रिया अनुरुप आ–आफ्नो बाटो लाग्न तयार भएका हुन् । छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादको समाधान सहमतिबाट हुन नसकेको बताए । अब नियमानुसार जसपा आधिकारिकताको विवाद टुंग्याउन निर्वाचन आयोगमा एउटा इजलास गठन हुने इजलासले सुनुवाइको प्रक्...
मेसीलाई अपमान, अपजस र अधुरा सपनाहरू पुरा गर्ने अवसर!

मेसीलाई अपमान, अपजस र अधुरा सपनाहरू पुरा गर्ने अवसर!

खेलकुद, समाचार
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल सुरू हुँदै गर्दा अर्जेन्टिना आलोचनामुक्त रहेन। समूह चरणका सुरुआती ३ खेलमा उसले ठूलै संघर्ष गरेको थियो। समूह चरणका सुरूआती ३ खेलमध्ये पहिलो खेलमा अर्जेन्टिना चिलीसँग १–१ मा रोकिँदा दोस्रो खेलमा उरुग्वेमाथि १–० को कठिन जित निकाल्यो। त्यसपछि तेस्रो खेलमा पनि १–० को साँघुरो जितमै चित्त बुझायो। यी ३ खेलमा अर्जेन्टिनाले कुनै पनि खेलमा १ भन्दा बढी गोल गर्न सकेन। समग्रमा उसले ३ गोल गर्दा आफूले १ गोल खायो। तर, अन्तिम खेलमा उसले बोलिभियामाथि ४–१ को सानदार जित निकाल्यो। समूह चरणका सुरुआती खेलमा टिमको फितलो प्रदर्शन जारी रहँदा कप्तान लिओनल मेस्सी पनि आलोचनामुक्त रहन सकेनन्। यी ३ खेलमा मेसीले मात्रै १ गोल गरे। यहाँसम्म आइपुग्दा अर्जेन्टिनाका समर्थकमा निराशा बढ्दै थियो। किनभने, त्यसैबेला आयोजक ब्राजिल भने तुफानी वेगमा थियो। तर, समूह चरणको अन्तिम खेलबाट अ...
‘टिकट र क्वारेन्टाइनको ऋण तिर्न एक वर्ष खट्नुपर्छ’

‘टिकट र क्वारेन्टाइनको ऋण तिर्न एक वर्ष खट्नुपर्छ’

देश, समाचार
सामान्य अवस्थामा कतार जाँदा उदयपुरका हरि घिमिरेले जहाज टिकटको २५ हजार रूपैयाँसम्म तिर्थे। आइतबार भने उनले ६५ हजार टिकट र एक लाख बीस हजार क्वारेन्टाइनका लागि भनेर जम्मा एक लाख ८५ हजार रूपैयाँ बुझाउनु पर्‍यो। 'अहिले होटल क्वारेन्टाइन भनेर चर्को रकम असुलिरहेको छ। के गर्नु हामीलाई जसरी पनि विदेसिनै पर्नेछ,' उनले भने, 'हामी श्रम बेच्न हिँड्नेहरू लुटिँदा सरकार चुपचाप छ।' Advertisement सरकारले अन्तर्राष्ट्रिय उडान सहज नबनाउँदा ट्राभल कम्पनीहरूले टिकट अभाव देखाएर चर्को रकम असुल्ने गरेको उनी बताउँछन्। सर्लाहीका माजित मिक्रानुले पनि कतार जान एक लाख ८० हजारभन्दा बढी तिर्नुपर्‍यो। टिकट शुल्क तेब्बर छ। खोप नलगाएकालाई क्वारेन्टाइन बस्नपर्छ भनेर छुट्टै लिएको छ। हामी त चुर्लुम्मै ऋणमा डुब्यौं,' उनले भने।  साउदी जानेहरूले पनि हवाइ ...
एमाले कार्यदल व्यूँतिदै, आजै बैठक बस्ने तयारी

एमाले कार्यदल व्यूँतिदै, आजै बैठक बस्ने तयारी

देश, राजनीति, समाचार
नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदल व्यूँतिने भएको छ। कार्यदलको बैठक सोमबारनै बस्ने तयारी भएको स्रोतले जानकारी दियो। कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। Advertisement यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्। जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको छैन। यद्यपी त्यसयता दुवै पक्षका नेताहरु अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए। कार्यदलको औपचारिक बैठक आजै सिंहदरबारमा बस्ने तयारी रहेको कार्यदलका एक सदस्यले बताए। आइतबार राती प्रधानमन्त्री ओली र उपाध्यक्ष रावलबीच कुराकानी भएको थियो। बालुवाटारमा भएको छलफलमा रावलले कार्यदल व्यूउँताउन सुझाव दिएका थिए। प्रधानमन्त...
लगातार दोस्रो फाइनलमा पुग्ने लक्ष्यमा ब्राजिल

लगातार दोस्रो फाइनलमा पुग्ने लक्ष्यमा ब्राजिल

खेलकुद, समाचार
कोपा अमेरिका २०२१ को पहिलो सेमिफाइनलमा मंगलबार विहान आयोजक ब्राजिल र पेरूबीच खेल हुँदैछ। साविक विजेता ब्राजिल र पेरूबीचको खेल रियो दि जेनेरियोमा विहान ४:४५ बजे सुरू हुनेछ।  कोपा अमेरिका २०२१ मा ब्राजिल र पेरूबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि समूह चरणमा भएको खेलमा ब्राजिलले पेरूलाई ४-० गोलले पराजित गरेको थियो।  Advertisement ब्राजिलले अन्तिम आठमा चिलीमाथि १-० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।  पेरूले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।  खेलमा ब्राजिलका फरवार्ड गाब्रियल जेसस उपलब्ध हुनेछैनन्। चिलीविरुद्धको खेलमा रातो कार्ड पाएका कारण उनी एक खेलको प्रतिबन्धमा छन्।  नेइमारसँगै रिचार्लीसन र रोबर्टो फिर्मिनो अग्रपंक्तिमा हुनेछन्। फ्रेड र कासेमिरो ...
शिक्षा मन्त्रीविरूद्ध रूपा सुनारले हालेको मुद्दा न्यायाधीश सुवेदीको इजलासमा

शिक्षा मन्त्रीविरूद्ध रूपा सुनारले हालेको मुद्दा न्यायाधीश सुवेदीको इजलासमा

देश, समाचार
तनहुँकी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध रिट हालेकी मुद्दाको सुनुवाइ न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ। आइतबार उनले शिक्षा मन्त्रीविरूद्ध रिट दायर गरेकी थिइन्। रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर रिट दिएकी हुन्।  Advertisement उनको रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गर्दै संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछुतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गरिएको छ। अदालतबाट म्याद थप भई अनुसन्धानमा रहेका विपक्षीलाई पदीय ओहदा र सरकारी पद तथा स्रोत समेतको दुरूपयोग गरी प्रहरी कार्यालयमै पुगेर अनुसन्धान प्रभावित पारेको भन्दै मन्त्री श्रेष्ठलाई पदब...
रोनाल्डो भर्सेस मेसी : मुख्य प्रतियोगितामा कसले गरेका छन् बढी गोल?

रोनाल्डो भर्सेस मेसी : मुख्य प्रतियोगितामा कसले गरेका छन् बढी गोल?

खेलकुद, समाचार
युरो २०२० बाट साविक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरियो। बेल्जियमसँग १-० पराजित भएसँगै पोर्चुगल अन्तिम १६ बाटै घर फर्किन बाध्य भयो।  पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले चार खेलमा पाँच गोल गरे। जससँगै रोनाल्डोले युरो कपमा सर्वाधिक गोलकर्ताको रेकर्ड बनाए। पाँच युरो कप खेल्ने र पाँचै युरो कपमा गोल गर्ने रेकर्ड बनाएका उनले युरो कपमा गोल संख्या कुल १४ पुर्‍याए। Advertisement रोनाल्डोले युरो २०२० मा सर्वाधिक अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमान पनि बराबरी गरे। १०९ अन्तर्राष्ट्रिय गोल पुर्‍याएका रोनाल्डोले इरानका अली दाइको नाममा रहेको रेकर्ड बराबरी गरेका थिए।  यता कोपा अमेरिका २०२१ मा अर्का सुपरस्टार खेलाडी लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गर्दा कप्तान मेसीले उत्कृष्ट खेल देखाएका ...
केपी र माधव कमरेड बेस्सरी रिसाउनु भएको छ, म दुबैको रिस शिथिल बनाउन लागेको छु: वामदेव

केपी र माधव कमरेड बेस्सरी रिसाउनु भएको छ, म दुबैको रिस शिथिल बनाउन लागेको छु: वामदेव

देश, राजनीति
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल अहिले एकअर्कासँग रिसाएको अवस्था रहेको बताएका छन्। यस्तो बेला दुबैतर्फका मातहतका नेताहरूको चिन्ता काम लाग्नेवाला नभएको उनले बताए। Advertisement राष्ट्रिय सभा बैठकमा भाग लिएर बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले पार्टी एकता गर्नकै लागि आफू अध्यक्ष ओलीतिर लागेको र केन्द्रीय कमिटी बैठकमा गएको बताए। ‘म पार्टी एकता गर्नकै लागि भनेर म केपीतिर लागेको छु,’ उनले भने, ‘एकता प्रस्ताव केन्द्रीय कमिटीमा राखेँ। हलले नै मुख्य रूपमा बामदेवले एकताको प्रयास गर्नुपर्छ भनेर पास गरेको छ।’ उनले आफू पार्टी एकतामा लागिरहेको बताएका छन्। ‘माधव कमरेड ओलीसँग धेरै रिसाउनुभएको छ। केपी पनि माधवसँग बेसरी रिसाउनुभएको छ। दुईटाको रिस...
काठमाडौं उपत्यकामा सबै यातायात चल्ने : हट्यो जोर – बिजोर प्रणाली

काठमाडौं उपत्यकामा सबै यातायात चल्ने : हट्यो जोर – बिजोर प्रणाली

देश, समाचार
काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ। आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेश अनुसार ३१ गते सम्मको लागि निषेधाज्ञा थपिएको हो।  निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन। Advertisement असार २२ गतेदेखि जोर-बिजोर प्रणाली हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए। उनकाअनुसार अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइन्छ। तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ। यसअघि २५ सिट क्षम...
खोप लगाएका विद्यार्थी र पर्यटक आउन पाउनेसहित अस्ट्रेलियाद्वारा कोभिडविरूद्ध लड्न चार चरणका योजना सार्वजनिक

खोप लगाएका विद्यार्थी र पर्यटक आउन पाउनेसहित अस्ट्रेलियाद्वारा कोभिडविरूद्ध लड्न चार चरणका योजना सार्वजनिक

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
अस्ट्रेलियाको केन्द्रीय सरकारले मुलुकलाई सामान्य अवस्थामा फर्काउने नयाँ योजना तय गरेको छ।  प्रधानमन्त्री स्कट मोरिसनले मुलुकलाई कोभिड–१९ पूर्वको सामान्य स्थितिमा पुर्‍याउन विभिन्न चार चरणका महत्वपूर्ण योजना अगाडि सारेका छन्।  अस्ट्रेलियाको केन्द्रिय मन्त्रिपरिषदको बैठकले खोप अगाडि, खोप पछाडि, स्थायीत्व र सामान्य अवस्थामा फर्कने गरी चार चरणमा मुलुकलाई अगाडि बढाउने निर्णय गरेको हो। यस्तै कोरोनाभाइरसको निकै संक्रमणकारी मानिएको डेल्टा भेरिएन्टबाट उत्पन्न हुनसक्ने थप जोखिमलाई ध्यानमा राख्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रुको आगमनलाई कम्तिमा पनि अर्को सालसम्म रोक्न सीमा नाकालाई अहिलेकै अवस्थामा राखिने जनाएको छ।  Advertisement शुक्रबार बसेको  राष्ट्रिय मन्त्रिपरिषद्को बैठकले हरेक साता अस्ट्रेलिया भित्रने यात्रुको संख्या ६ हजारबाट घटाएर...