२०८१ बैशाख २४

तीन पेनाल्टी विफल पारेका अर्जेन्टिनाका गोलकिपरको मेसीले गरे प्रशंसा

गोलकिपर इमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गर्‍यो। 

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। जसमा गोलकिपर मार्टिनेजले तीन पेनाल्टी विफल पारे। 


Advertisement


पेनाल्टी सुटआउटमा कोलम्बियाका सान्चेज, मेना र कार्डोनाको प्रहारलाई इंग्लिस क्लब एस्टन भिल्लाबाट व्यवसायिक खेल खेल्ने मार्टिनेजले विफल परेका थिए। 

गत महिना मात्र राष्ट्रिय टिममा डेब्यू गरेका २८ वर्षीय मार्टिनेज नायक सावित भएपछि अर्जेन्टिनाले अर्को कोपामा फाइनलमा स्थान बनायो। 

अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग आगामी आइतबार विहान प्रतिस्पर्धा गर्नेछ। 

‘हामीसँग एमी छन्, उनी असाधरण छन्,’ मेसीले गोलकिपर इमिलियानोको प्रशंसा गर्दै भने,’हामीले उनीमाथि विश्वास राखेका थियौं। हामीले सबै खेल खेल्ने लक्ष्य राखेका थियौं। अब हामी फाइनलमा पुगेका छौं।’ 

अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले पनि गोलकिपर मार्टिनेजको प्रदर्शनको प्रशंसा गरे।

मार्टिनेजले पेनाल्टी बचाएर मात्र नभइ निर्धारित समयका उत्कृष्ट खेलेरमा आफू खुसी भएको उनको भनाइ छ।

Copy link
Powered by Social Snap