२०८१ बैशाख १९

टोकियो ओलम्पिक : नेपालकी सोनिया भट्टले इरिनासँग भिड्ने

टोकियो ओलम्पिक गेम्सअन्तर्गत नेपालकी जुडो खेलाडी सोनिया भट्टले पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग प्रतिस्पर्धा गर्ने भएकी छिन्। 

बिहीबार सार्वजनिक गरिएको ड्रअनुसार महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच पहिलो चरणमा प्रतिस्पर्धा हुने तय भएको हो।


Advertisement


खेल आगामी शनिबार हुनेछ। प्रारम्भिक चरणको खेल स्थानिय समयअनुसार विहान ११ बजे सुरू हुनेछ। यो समूहको पदकको टुंगो शनिबार नै लाग्नेछ। 

रसियाकी इरिनाले आफ्नो देशको झण्डाबाट भने खेल्ने छैनन्। रसिया डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको कारण रसियाका खेलाडीहरू ओलम्पिकको झण्डबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन्। 

शनिबार नै नेपालकी अर्की खेलाडीले प्रतिस्पर्धा गर्दैछिन्। सुटिङ खेलाडी कल्पना परियारले महिला १० मिटर एयर राइफलको छनोट चरणमा प्रतिस्पर्धा गर्नेछिन्। यो खेल स्थानीय समयअनुसार विहान ८:३० बजे सुरू हुनेछ। 

कल्पना सहभागी प्रतिस्पर्धाको टुंगो पनि शनिबार नै लाग्नेछ।

नेपालका पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। 

एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्। 

एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्नेछ। उनी सहभागी इभेन्टको पदकको टुंगो २९ जुलाईमा लाग्नेछन्। 

यस्तै गौरिका सहभागी एभेन्टमा २९ र ३० जुलाई अर्को चरणमा प्रतिस्पर्धा हुनेछ। 

यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्। महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ।

Copy link
Powered by Social Snap