२०८३ कार्तिक ३०

बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक सुरू, यी छन् छलफलका एजेन्डा

बूढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरू भएको छ।

शुक्रबार बिहान १० बजेपछि बैठक बसेको हो।


Advertisement


प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बैठक बसेको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सुरू भएको बताए। उनकाअनुसार आज महाधिवेशन केन्द्रित बैठक गरिएको छ।

बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादव र केन्द्रीय क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले कार्यप्रगति विवरण पेश गर्दैछन्।

पदाधिकारी बैठकमा वडा अधिवेशनबारे पनि छलफल हुनेछ। साउन १२ मा वडा अधिवेशन तोकिए पनि अहिलेसम्म क्रियाशीलको टुंगो लागेको छैन।

आज पदाधिकारीबीच केही सहमति जुटेमा केन्द्रीय समिति बैठक बोलाउने सम्भावना छ।

प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टी बैठक नगर्ने भनेपछि आज बूढानिलकण्ठमा बैठक राखिएको हो। देउवा प्रधानमन्त्री भएपछि दुई दिन पदाधिकारी बैठक बालुवाटारमा बसेको थियो। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap