आयोगका उपाध्यक्षलाई भेटेर विद्यार्थी संगठनले भने- फेरि प्रवेश परीक्षा लिनुपर्यो
सत्तारूढ विद्यार्थी संगठनका नेताहरूले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई भेटेर मेडिकल र पारामेडिकलको प्रवेश परीक्षा फेरि लिन माग गरेका छन्।
आज उपाध्यक्ष गिरीलाई भेटेर उनीहरूले तत्काल अर्को प्रवेश परीक्षा लिन माग गरेका हुन्।
Advertisement
‘यसअघि लिइएका परीक्षामा सिट क्षमताभन्दा कम संख्यामा विद्यार्थी उत्तीर्ण भएका छन्,’ नेविसंघ महामन्त्री दीपक भट्टराईले भने, ‘यसले विद्यार्थीलाई विदेश गएर पढ्न प्रोत्साहन गर्छ, बाध्य बनाउँछ। यो प्रवृत्ति रोक्न पनि फेरि प्रवेश परीक्षा लिनुपर्छ भन्ने हाम्रो माग छ।’
तत्कालै प्रवेश परीक्षा लिई सिट संख्याअनुसार भर्ना गर्ने वातावरण तयार बनाउन पनि उपाध्यक्ष गिरीको ध्यानाकर्षण गरिएको उनले बताए। शुक्रबार आयोग कार्यालय पुगेर विद्यार्थी संगठनहरूले ज्ञापन पत्र नै बुझाएका छन्।
आयोगले हालै लिएको प्रवेश परीक्षा...









