‘केपी सुध्रिन्छन् कि भन्ने थियो, अब त एकता भनेर लागेका साथीहरू पनि छ्याङ्ग हुनुभयो होला’
एमाले केन्द्रीय सदस्य एवम् सांसद विरोध खतिवडाले केपी ओलीले पार्टी एकताको बाटो बन्द गरेको आरोप लगाएका छन्।
कुराकानी गर्दै सांसद खतिवडाले अब आफूहरु देशभरिका कार्यकर्तालाई संगठित गरेर अघि बढ्ने बताए। पार्टी एकताका लागि लचिलो भइरहेको बेलामा ओली एक्लै अघि बढेकोले अब ओलीसँगको सहकार्यको सम्भावना सकिएको समेत उनले बताए।
‘केपी सुध्रिन्छन् कि भन्ने थियो, अब सुध्रिने देखिएन, अब एकता गर्नुपर्छ भनेर लागेका हाम्रा साथीहरु पनि छ्याङ्ग हुनुभयो होला’ उनले भने, ‘एकताको पाटो ओलीबाट सकियो। केपी ओलीले एकै ठाउँमा रहने सम्भावना बन्द गरे।’
Advertisement
देशभरिका कार्यकर्तालाई संगठित गर्दै नेपालको संविधान, कानुन, दल सम्बन्धी ऐन र निर्वाचन आयोगले खोजेको प्रक्रिया अनुसार संगठित रुपमा अघि बढ्ने उनको भनाइ छ।
आफूहरु पार्टी निर्माण गर्ने क्रममा लागेकोले सरकारमा जाने...









