२०८३ बैशाख २१

Author: Senior Editor Nima

पार्टीको विधानमा नै युवापुस्तालाई समावेशी बनाउन पहल गर्ने ईश्वर पोखरेलको प्रतिवद्धता

पार्टीको विधानमा नै युवापुस्तालाई समावेशी बनाउन पहल गर्ने ईश्वर पोखरेलको प्रतिवद्धता

राजनीति
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवापुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते काठमाडौंमा हुँदैछ।   महासचिव पोखरेलले पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताए।  Advertisement शनिबार सुनिता बरालद्वारा लिखित पुस्तक ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टीभित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा/तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पारे। उनले भने, ‘विधान अधिवेशन हुँदैछ। सो विधान अधिवेशनमा नेतृत्व निर्माणमा सन्दर्भमा म अगुवाइ गरेर कुरा उठाउँछु।पाका पुस्ता पनि चाहिन्छ, अधबैंसे पुस्ता पनि चाहिन...
७४ वर्षपछि फर्किएको ब्रेन्टफोर्डद्वारा प्रिमियर लिगमा शानदार सुरूवात, आर्सनल स्तब्ध

७४ वर्षपछि फर्किएको ब्रेन्टफोर्डद्वारा प्रिमियर लिगमा शानदार सुरूवात, आर्सनल स्तब्ध

खेलकुद
आर्सनललाई हराउँदै नव प्रवेशी ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा शानदार सुरुवात गरेको छ।  लिग अन्तर्गत शुक्रबार भएको सिजन २०२१-२२ को पहिलो खेलमा आर्सनललाई प्रिमियर लिगमा ७४ वर्षपछि फर्किएको ब्रेन्टफर्डले आर्सनलमाथि २–० को जित निकाल्दै लिगमा उत्कृष्ट पुनरागमन गरेको हो। Advertisement ब्रेन्टफर्डले घरेलु मैदानमा भएको खेलमा दुवै हाफमा गोल गर्दै २-० को जित दर्ता गर्‍यो। पहिलो हाफमा ब्रेन्टफर्डले एकपक्षीय रुपमा दबाब कायम गरेको थियो । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि आर्सनलले पहिलो खेलको हार टार्न सकेन।  खेलको २२ औं मिनेटमा सर्जी कानोसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।  दोस्रो हाफको ७३ औं मिनेटमा क्रिस्टियन नोर्गार्डले गोल गर्दै क्लबको अग्रता दोब्बर पारे।  घरेलु मैदान ब्रेन्टफोर्ड सामुदायिक रंगशालाम...
कांग्रेस केन्द्रीय समितिमा उठ्यो विद्यार्थीलाई कोरोना खोपदेखि अफगानिस्तानको विषयसम्म

कांग्रेस केन्द्रीय समितिमा उठ्यो विद्यार्थीलाई कोरोना खोपदेखि अफगानिस्तानको विषयसम्म

राजनीति, स्वास्थ्य
सत्तारूढ दल नेपाली कांग्रेसका नेताहरूले सबै विद्यार्थीहरूलाई कोरोनाविरूद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन्।  केन्द्रीय कार्य समितिको तेस्रो दिन शनिबार पनि जारी बैठकमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले कोरोनाविरूद्धको खोप सबै विद्यार्थीहरूलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सञ्चालन गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।  Advertisement खोपको अभावमा विद्यार्थीहरूले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न पार्टीका केन्द्रीय सदस्यहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा नेताहरूले इपिएस परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरूलाई तत्काल कोरिया पठाउन पनि सरकारलाई सचेत गराएका थिए। पार्टीको सरकार भएका बेला परीक्षा पास गरेर अलपत्र अवस्थामा बसेक...
अप्ठ्यारो पर्दा पिठ्युँ फर्काएर भागिँदैन : माधव नेपाल

अप्ठ्यारो पर्दा पिठ्युँ फर्काएर भागिँदैन : माधव नेपाल

देश, राजनीति
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट अफ्ठ्यारो पर्दा पिठ्युँ फर्काएर भाग्न नहुने बताएका छन्। उनले कसैको पनि असहज बाटो र दु:ख रोज्ने चाहना हुँदैन भन्दै अफ्ठ्याराहरूलाई चिर्दै हिँड्नुपर्ने बताए। Advertisement राजधानीमा आयोजित कम्युनिष्ट आन्दोलनमा अवसरवादबारे विचार गोष्ठीमा बोल्दै नेता नेपालले अवसर र चुनौती सँगसँगै देखा पर्ने भएकाले पिठ्युँ फर्काएर हिँड्नु नपर्ने बताए। उनले वामदेव गौतमजस्तो अपमानित भएर भाग्नुपर्ने, न घरको न घाटको बन्नुपर्ने अवस्था नआओस् भनेर अन्तिम समयसम्म पनि सहज बाटो नै रोज्न खोजेको बताए। ‘न रुन सकिने न हास्न सकिने जस्तो हुने अवस्था नआओस् भनेर सहज बाटो नै रोज्न खोजेका छौं,’ उनले भने, ‘असहज भनेको बाध्यता हुन्छ।’ नेपालले गलत प्रवृत्तिसँग कहिल्यै पनि सम्झौता नगरिने बताए। उनले कम्युनिष्ट आन्दोलनभित्र चुनौती धेरै र...
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

समाचार, स्वास्थ्य
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन शुरु गरेको छ । गाउँपालिकाको गत असारमा सम्पन्न नवौं गाउँसभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने निर्णय गरेसँगै कार्यान्वयनतर्फ लागिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए। Advertisement ‘शुरुआतमा दलित, विपन्न, एकल महिला, अल्पसङ्ख्यकलाई प्राथमिकता दिएर क्रमशः सबै नागरिकलाई निशुल्क स्वास्थ्य बीमामा समेटेका छौँ’, अध्यक्ष थापाले भने, ‘गाउँसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै रु एक करोड ५० लाख विनियोजन गरिएको छ।’ गाउँपालिकाभित्रका कोही पनि नागरिकलाई स्वास्थ्यको पहुँचबाट वञ्चित हुन नपरोस् भन्ने र समय–समयमा स्वास्थ्य परीक्षण गर्न तथा बिरामी पर्दा सहजरुपमा उपचार गर्न सकुन् भन्ने गाउँपालिकाको मुख्य उद्दे...
इंग्ल्यान्डविरूद्ध लर्ड्समा राहुलको शतक, भारतको उत्कृष्ट सुरूवात

इंग्ल्यान्डविरूद्ध लर्ड्समा राहुलको शतक, भारतको उत्कृष्ट सुरूवात

खेलकुद
इंग्ल्यान्ड भ्रमणमा रहेको भारतका लागि केएल राहुलले शतक प्रहार गर्दा पाँच टेस्टको सिरिज अन्तर्गत बिहिबार सुरू भएको दोस्रो टेस्टको पहिलो दिन सकिँदासम्म भारतले उत्कृष्ट सुरूवात गरेको छ। लर्ड्स मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिनको समाप्तिसम्ममा ३ विकेट गुमाएर २७६ रन बनाएको छ। क्रिजमा १२७ रन बनाएर केएल राहुल र १ रन बनाएर अजिंके रहाणे अविजित छन्।  Advertisement करियरको छैठौं शतक बनाउने क्रममा राहुलले २४८ बलमा १२ चौका र १ छक्का प्रहार गरे। यसअघि रोहित शर्मासँग राहुलले १२६ रनको ओपनिङ साझेदारी गर्दै उत्कृष्ट सुरूवात दिलाए। रोहित १४५ बलमा ११ चौका र १ छक्का मद्दतले ८३ रनमा आउट भएपछि साझेदारी टुटेको थियो। भारतीय ओपनरले सन् २०१० डिसेम्बर पछि भारतबाहिर शतकीय साझेदारी गरेको पहिलो पटक हो। पछिल्लो पटक दक्षिण अफ्रिका विरूद्ध भारतले सेन्चुरियनमा वि...
खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने

खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन सकिने

समाचार, स्वास्थ्य
कोरोना खोप लगाएको क्यूआर कोडसहितको प्रमाणपत्र अब अनलाइनबाटै लिन मिल्ने भएको छ। शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यूआर कोडसहितको प्रमाणपत्र अनलाइनबाटै लिन सकिने जानकारी गराएको हो। Advertisement कतिपय देशले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको छ। त्यसैलाई मध्यनजरमा राख्दै अनलाइनबाटै लिन मिल्ने व्यवस्था गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको https://vaccine.mohp.gov.np/ अनलाइन प्रणालीमार्फत् खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात अपलोड गरी प्रमाणपत्र लिन मिल्नेछ। खोप कार्ड, राहदानी नम्बर अनलाइन फार्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गर्नुपर्ने मन्त्रालयले जनाएको छ। अपलोड भएपछि उल्लेखित कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइन प्रणालीबाटै स्वतःभेरिफाई हुनेछ। य...
वृद्धवृद्धा, दीर्घरोगी र अपांगता भएका व्यक्तिलाई घर-घरमै गएर खोप लगाइदिन सर्वोच्चको आदेश

वृद्धवृद्धा, दीर्घरोगी र अपांगता भएका व्यक्तिलाई घर-घरमै गएर खोप लगाइदिन सर्वोच्चको आदेश

समाचार, स्वास्थ्य
सर्वोच्च अदालतले वृद्धवृद्धा र अपांगता भएका व्यक्ति केन्द्रसम्म आउन नसक्ने भएकाले घरमै गएर कोरोना खोप लगाइदिन सरकारलाई आदेश दिएको छ।  Advertisement अधिवक्ता प्रवेश केसीले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो।  'संवैधानिक हकको प्रचलनको परिप्रेक्षमा खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक. विस्तारामा रहेका, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरू तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरू समेतका लागि,' सर्वोच्चको आदेशमा भनिएको छ,'राज्यले वडा-वडा स्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर-घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्वको निर्वाहको लागि कार्यक्र...
पोखरामा अब स्नातक तहमा खेलकुदको पढाइ

पोखरामा अब स्नातक तहमा खेलकुदको पढाइ

खेलकुद, शिक्षा
खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब पढाइ हुने भएको छ। गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम)को अध्यापन शुरु गर्न लागिएको हो। Advertisement विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको छ। यही साउन मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ। प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित दुई वर्षअघि विश्वविद्यालयको स्थापना गरेपछि यस वर्षदेखि विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम अघि बढाएको हो। बिएसएमसहित यस वर्षदेखि ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी(बिआइटी)को पनि अध्यापन सुरु हुनेछ। देशमै पहि...
कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता

कायममुकायम प्रधान सेनापति र भारतीय राजदूतबीच भेटवार्ता

देश, राजनीति
कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राबीच शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।  Advertisement प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।  यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ। ...