


नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयतामा सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार जारी गरेको नयाँ वरीयता अनुसार नेपाल १६८ औं स्थानमा पुगेको हो।
Advertisement



यसअघिको वरीयतामा नेपाल १७१ औं स्थानमा रहेकोमा अहिले सुधार भएर १६८ औं स्थानमा पुगेको छ।
पछिल्लो समय नेपालले खेलेको थ्री नेशन्स कप र विश्वकप तथा एसिया कप छनोटका खेलहरू खेलेको आधारमा बरियतामा सुधार आएको हो।
विश्व वरीयतामा बेल्जियम शीर्षस्थानमा यथावत रहेको छ भने ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ। यस्तै फ्रान्स, इंल्याण्ड, इटाली, अर्जेन्टीना, स्पेन, पोर्चुगल, मेक्सिको र अमेरिका क्रमशः तेस्रो देखि १० औं स्थानसम्म छन्।

एशियाका शीर्ष तीन जापान, इरान ,अस्ट्रेलिया, कोरिया र कतार क्रमश विश्ववरीयामा २४, २६,३५, औं स्थानमा छन्।
दक्षिण एसियामा भारत १०५ औं स्थानमा, अफगानिस्तान १५३ औं स्थान र माल्दिभ्स १५८ औं स्थानमा रहँदै नेपाल भन्दा अघि छन्। त्यस्तै भुटान १८७ औं स्थानमा रहँदा बंगलादेश १८८ र पाकिस्तान १९८ र श्रीलंका २०५ औं स्थानमा छन्।





