२०८१ जेष्ठ ६

बिहिबार र शुक्रबार ललितपुरका विद्यार्थीलाई भेरोसिलको पहिलो मात्रा खोप

ललितपुर ललितपुर महानगरपालिकाले भदौं १० बिहीबार र भदौं ११ शुक्रबार महानगरभित्र सञ्चालित विद्यालय र विश्वविद्यालय विद्यार्थीलाई भेरोसिलको पहिलो मात्रा खोप लगाउने भएको छ।


Advertisement


त्यसैगरी यी दुबै दिनमा महानगरभित्र बसोबास गर्ने ४० वर्ष माथिकालाई पनि भेरोसिलको पहिलो मात्रा लगाउने महानगरद्धारा जारी सूचनामा उल्लेख छ।

भेरासिलको पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई महानगरले भदौं १२, १३, १४ गते दोस्रो मात्रा लगाउने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए। ‘खोपको उपलब्धतासँगै सबै पेशा र उमेर समूहलाई खोप उपलब्ध गराउँछौ,’ उनले भने।

र्‍यापिड रेस्पोन्स टिमका संयोजकसमेत रहेका अर्यालले वडैपिच्छे तोकिएका खोप केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गरे।

विद्यार्थीलाई विद्यार्थी परिचयपत्र र अन्यलाई उमेर खुल्ने परिचयपत्रको आधारमा खोप लगाइनेछ। दोस्रो मात्रा खोप लगाउन जानेले खोपकार्ड सहित जानुपर्नेछ।

Copy link
Powered by Social Snap