२०८३ बैशाख २१

Author: Senior Editor Nima

काबुलमा तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन, राजदूतले भेटे नेताहरू

काबुलमा तालिबानसँग सम्पर्क बढाउन थाल्यो चीन, राजदूतले भेटे नेताहरू

राजनीति
अमेरिकासहित अधिकांश पश्चिमा राष्ट्रहरूले अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गरिरहेका बेला चीनले भने काबुलमा तालिबानहरूसँग सम्पर्क बढाउन थालेको छ। रूसी समाचार एजेन्सी स्पुतनिकले काबुलस्थित चिनियाँ राजदूत वाङ युले मंगलबार तालिबानको राजनीतिक विभागका नेताहरूसँग छलफल गरेको जनाएको छ। Advertisement छलफलका क्रममा उनीहरूबीच काबुलस्थित चिनियाँ दूतावास र कूटनीतिज्ञको सुरक्षा, अफगानको अहिलेको अवस्था र चीनले गर्न सक्ने मानवीय सहायताबारे कुराकानी भएको जनाइएको छ। अमेरिकालगायत केही देशहरूले काबुलको दूतावास बन्द गरेर कूटनीतिज्ञलाई उद्धार गरेका बेला चीनले भने काबुल दूतावासले निरन्तर काम गरिरहेको जनाएको छ। यसअघि मंगलबार नै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अन्तर्राष्ट्रिय समुदायले तालिबानमाथि प्रतिबन्ध लगाए त्यो फलदायी नहुने बताएका थिए। तालिबानमाथि ...
एएफसी वुमन्स एसियन कप छनोट खेल्ने नेपाली टिम घोषणा

एएफसी वुमन्स एसियन कप छनोट खेल्ने नेपाली टिम घोषणा

आर्थिक
२०२२ एएफसी वुमन्स एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिम मंगलबार घोषणा गरेका हुन्।  बन्द प्रशिक्षणमा रहेका पाँच खेलाडी बाहिरिएका छन्। जसमा अमिसा कार्की, अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा रहेका छन्।  Advertisement छनोट प्रतियोगिता आगामी सेप्टेम्बर तेस्रो साता उज्वेकिस्तानमा हुँदैछ। छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग खेल्नेछ।  नेपालले पहिलो खेल फिलिपिन्ससँग १८ सेप्टेम्बर र हङकङसँग २१ सेप्टेम्बरमा खेल्नेछ। तीन टिम मध्ये शीर्ष टिम भारतमा हुने एसियन कपमा छनोट हुनेछ।   ‍नेपाली टिम अन्जना राना मगर (गोलकिपर), एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), उषा नाथ (गोलकिपर), अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला...
राष्ट्रिय टिमबाट अभिषेकसहित तीन खेलाडी बाहिरिए

राष्ट्रिय टिमबाट अभिषेकसहित तीन खेलाडी बाहिरिए

खेलकुद
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमलाई २५ खेलाडीमा झारेका छन्। पछिल्लो पटक नेपाली टिमबाट तीन जना खेलाडी बाहिरिएका छन्।  गोलकिपर अर्पण कार्की, फरवार्ड अभिषेक रिजाल र शिशिर लेखी टिमबाट बाहिरिएका हुन्। Advertisement नेपाली राष्ट्रिय टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ। नेपाली टिमले भारतसँगको दुई मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसीपको तयारी गरिरहेको छ।  नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ। तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय भएको छ। नेपाली टिमकिरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी...
काबुल पुगेर सुटुक्क तालिबान नेतालाई भेटे सिआइएका प्रमुखले

काबुल पुगेर सुटुक्क तालिबान नेतालाई भेटे सिआइएका प्रमुखले

राजनीति
अफगानिस्तान कब्जा गरेका विद्रोही समूह तालिबानका नेताहरूलाई भेट्न अमेरिकाले गुप्तचर निकाय सिआइएका प्रमुखलाई काबुल पठाएको छ। द वासिङ्टन पोष्टका अनुसार सिआइएका निर्देशक विलियम जे बर्न्सले सोमबार काबुलमा तालिबानका उच्च नेता मुल्लाह अब्दुल घानी बारादार भेटेका छन्। स्रोतलाई उल्लेख गर्दै पोष्टले उनीहरूबीच गोप्य भेटवार्ता भएको समाचारमा उल्लेख गरेको छ। अमेरिकाले अगस्ट ३१ सम्ममा आफ्ना सबै सैनिक अफगानिस्तानबाट फिर्ता लैजाने भनेको थियो। तर तालिबानहरूले सोचेभन्दा निकै चाँडो काबुल कब्जा गरेपछि राष्ट्रपति जो बाइडेनमाथि अफगानिस्तानबाट सबै अमेरिकी र अमेरिकालाई सहयोग गरेका अफगानहरूलाई उद्धार गर्न त्यसपछि पनि सैनिक राख्न दबाब परिरहेको छ। बाइडेनले पनि अगस्ट ३१ पछि पनि अमेरिकी सेना अफगानिस्तानमा रहन सक्ने बताएका छन्। अहिले काबुलस्थित हमिद कारजाई विमानस्थल अमेरिकी र नाटो सैनिकको नियन्त्रणमा छ...
सर्वोच्च अदालतले मगायो प्राधिकरणमा कुलमान नियुक्तिको सक्कल फाइल

सर्वोच्च अदालतले मगायो प्राधिकरणमा कुलमान नियुक्तिको सक्कल फाइल

देश, राजनीति
सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई गरिएको नियुक्तिको सक्कल फाइल मगाउने आदेश गरेको छ।  मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले हितेन्द्रदेव र कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने मन्त्रिपरिषदको निर्णयको सक्कल फाइल मगाएको हो। निर्देशक बनाएपछि शाक्य र  प्राधिकरणबीच भएको पर्फमेन्स एग्रीमेन्ट फर म्यानेजिङ डाइरेक्टर र शाक्यलाई उर्जा आयोगको विशेषज्ञ बनाउने मन्त्रिपरिषदको निर्णयको सक्कल फाइल समेत अदालतले मागेको छ। प्रधिकरणको कार्यकारी निर्देशकमा आफू बहाल रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दिएका थिए। Advertisement आफू पदमा रहँदा रहँदै कुलमानलाई गरिएको नियुक्ति कानूनविपरीत भएको भन्दै ...
त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमानतर्फ

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमानतर्फ

खेलकुद
ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ। १७ खेलाडीसहित २२ सदस्यीय टिम त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो। ज्ञानेन्द्र मल्लको कप्तानीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोव सिरिज खेल्न ओमान गएको हो।  यस्तै टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित छन्। Advertisement ओमान सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुनेछ। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई ख...
कांग्रेसको क्रियाशील सदस्यता विवाद मिल्यो, बुझाइयो देउवालाई प्रतिवेदन

कांग्रेसको क्रियाशील सदस्यता विवाद मिल्यो, बुझाइयो देउवालाई प्रतिवेदन

देश, राजनीति
नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको छ। बूढानिलकण्ठमा सोमबार सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएपछि क्रियाशील विवाद टुंग्याइएको हो। क्रियाशील सदस्यतामा देखिएका विवाद मिलेपछि पूर्वमहामन्त्री सिटौलाले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमबार बेलुकी करिब १० बजे प्रतिवेदन बुझाएका हुन्। Advertisement गत साउन ३० मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पूर्वमहामन्त्री सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकलाई क्रियाशीलमा देखिएका विवाद सहमतिमै टुंगोमा पुर्‍याउन जिम्मेवारी दिएअनुसार उनीहरूले काम गर्दै आएका थिए। भदौ ३ गतेभित्र विवाद मिलाउन भने पनि चार दिन ढिला प्रतिवेदन बुझाइएको हो। यससँगै अब ...
तालिबानी आक्रमण सुरू भएपछि अफगानिस्तानबाट १० दिनमा १६४ जना नेपाली काठमाडौं फर्किए

तालिबानी आक्रमण सुरू भएपछि अफगानिस्तानबाट १० दिनमा १६४ जना नेपाली काठमाडौं फर्किए

राजनीति
अफगानिस्तान, काबुलको दक्षिणपश्चिम सहर कन्दहारमा तालिबान र सुरक्षाकर्मीहरूबीच लडाइँपछि आकाशमा देखिएको धुवाँको मुस्लो। तस्बिरः एपी अफगानिस्तानामा तालिबानी विद्रोहीको आक्रमण सुरू भएयता १६४ जना नेपाली स्वदेश फर्किएका छन्। तालिवानी हमला सुरू भएपछि हालसम्म त्यति नेपाली आफ्नो देश फर्किएको अध्यागमन विभागले जनाएको छ। विभागका अनुसार अगस्ट ५ देखि १५ तारिखसम्म १६४ नेपाली विभिन्न एयरलाइन्स हुँदै काठमाडौं आइपुगेका छन्। नेपाल आउनेमा एक अफगानी कूटनीतिज्ञ र अर्का उनका परिवारका सदस्य छन्। Advertisement ‘हाम्रो रेकर्डमा त्यहाँ विद्रोहीको आक्रमण सुरू भएयता १६४ नेपाली आएको देखिन्छ, त्यसमा एक अफगानी कूटनीतिज्ञ र उनका परिवारका सदस्य छन्,’ विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने। यो बीचमा अफगानिस्तानबाट विस्थापित भई नेपाल शरण लिन आएका अफगानी नागरिक आएका छन्...
अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पुर्‍याउने व्यवस्था मिलाउनू: गृह मन्त्रालय

अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पुर्‍याउने व्यवस्था मिलाउनू: गृह मन्त्रालय

राजनीति
मन्त्रालयले अफगानिस्तानमा भएका नेपालीको उद्धार गरी घरसम्म पुर्‍याउने व्यवस्था समेत मिलाउन निर्देशन दिएको छ। सोमबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले उक्त निर्देशन दिएको  हो।  ‘त्यहाँ रहेका नेपाली नागरिकलाई कसरी सुरक्षित राख्‍ने र स्वदेश फर्काउने भन्‍ने विषयमा कार्ययोजना सहित कार्य गर्न र उनीहरूलाई स्वदेशमा ल्याइसकेपछि गर्नुपर्ने तयारी गरी स्वदेश फर्काइएका नागरिकको स्वास्थ्य जाँचको व्यवस्था गर्ने र संक्रमितहरूलाई उपचारको व्यवस्था र अरूलाई घरसम्म पुर्‍याउने व्यवस्था समेत मिलाउनू’, उनले भनेका छन्। Advertisement उक्त विषयमा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदानप्रदान र समन्वय गरेर प्रभावकारी रूपमा काम गर्न उनले निर्देशन दिएका हुन्। ...
चीनले काबुल दूतावासको काम जारी राख्ने, रूसी दूतले भोलि तालिबानलाई भेट्ने

चीनले काबुल दूतावासको काम जारी राख्ने, रूसी दूतले भोलि तालिबानलाई भेट्ने

राजनीति
गत महिना चीन पुगेका तालिबान प्रतिनिधिसँग विदेश मन्त्री वाङ यी। संयुक्त राज्य अमेरिकासहित पश्चिमा शक्ति राष्ट्रहरूले अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना कूटनीतिज्ञ र नागरिक फिर्ता लैजान सैनिक पठाइरहेका बेला चीनले भने काबुलस्थित आफ्नो राजदूतावासले सामान्य अवस्थामा झैं काम गरिरहने बताएको छ। सोमबार विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अफगानिस्तानमा  रहेका आफ्ना नागरिकहरू केही फर्किसकेको र केही फर्किन नचाहेर उतै बसिरहेको बताइन्। Advertisement ‘हाम्रो दूतावासले सामान्य अवस्थामा जसरी काम गरिरहेको छ। धेरै चिनियाँहरूलाई यसअघि नै स्वदेश फर्किने व्यवस्था भइसकेको छ। केहीले उतै बस्ने निर्णय गरेका छन्। दूतावास उनीहरूसँग नियमित सम्पर्कमा छ र उनीहरू सुरक्षित छन्,’ प्रवक्ता हुआले भनिन्। चीनले अफगानी जनताको निर्णयको आफूले सम्मान गर्ने उल्लेख गर्दै तालिबानहरूले...