नेपाल र भारतबीचको खेलअघि के भन्छन् दुवै टिमका प्रशिक्षक र कप्तान?
नेपाल र भारतबीच भोलि बिहीबार र आइतबार गरी दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ।
दशरथ रंगशालामा हुने दुवै खेल साँझ साढे पाँच बजेदेखि सुरु हुनेछ।
खेलमा सरकारले ५१ सय दर्शकलाई मैदानमा राख्ने पाउने अनुमति दिएको छ।
Advertisement
अनलाइनबाट टिकट काटेर मैदानमा खेल हेर्न आउने दर्शकले भ्याक्सिन कार्ड ल्याउनु पर्नेछ र कार्ड नभए पिसिआर रिपोर्ट ल्याउनु पर्नेछ।
खेलअघि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जितका लागि खेल्ने बताएका छन्।
भारतसँगको खेल कठिन हुने नेपालका कप्तान किरणकुमार लिम्बूको भनाइ छ।
भारतीय टिमका प्रशिक्षक इगोर स्टिमाक नेपालसँगको खेललाई लिएर उत्साहित छन्। भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपालसँग खेल्न सधैं कठिन हुने प्रतिक्रिया दिएका छन्।
खेलअघि उनीहरूले दिएको प्रतिक्रिया यस्तो छ :-
...









