२०८१ बैशाख १८

दस बुँदे सहमति कार्यान्वयनका लागि एमालेमा जटिलता, माधव नेपाल छोडेकालाई थाहा नदिई पिपिएलएको भेला

दस बुँदे सहमतिअनुसार २०७५ जेठ २ को संरचनामा पार्टीलाई फर्काउने निर्णय भए पनि नेकपा एमालेको भातृ संस्थामा त्यसको प्रभाव देखिएको छैन।


Advertisement


एमाले निकटको पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (पिपिएलए) ले माधव नेपाल समूह छोडेकाको सहमतिबिनै आफ्नो भेला राखेका छन्।

शुक्रबार २ बजे हुने पिपिएलएको भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्। 

पिपिएलएको अध्यक्ष माधव नेपाल समूह छोडेका रूद्र नेपाल हुन्। आफूहरूलाई थाहा नदिइकन भेला गरिएको भन्दै नेपालले भेला नरोकिए यसले संगठनमा विभाजन ल्याउने चेतावनी दिए।

‘संगठनका इन्चार्ज रघुजी पन्त र मलाई थाहा नदिइकन भेलाको आयोजना गरिएको छ। पार्टीलाई विधि र पद्धतिअनुसार अघि बढाउन खोजिएको हो भने अध्यक्ष आउनुहुन्न,’ उनले भने, ‘अध्यक्ष आउनुभयो भने यसले संगठनमा फेरि विवाद आउँछ। आजको भेला स्थगित हुन्छ भन्ने मेरो अपेक्षा छ।’


पिपिएलएका महासचिव ईश्वरी भट्टराईले पूर्वनिर्धारित कार्यक्रम भएको र यसले अरू केही नगर्ने बताए।

‘अध्यक्षसमेत सहभागी बैठकबाट यस्तो निर्णय भएको हो। अहिले किन उहाँले त्यस्तो कुरा गर्नुभयो थाहा छैन,’ उनले भने, ‘उहाँ अझै पनि दोधारमा भएर हो किजस्तो लागेको छ। पार्टीको विवादमा यस्ता घटनाक्रम देखिनु स्वभाविक हो।’

Copy link
Powered by Social Snap