२०८३ बैशाख २२

Author: Senior Editor Nima

बेल्जियममाथि पुनरागमन जित निकाल्दै फ्रान्स पुग्यो फाइनलमा

बेल्जियममाथि पुनरागमन जित निकाल्दै फ्रान्स पुग्यो फाइनलमा

खेलकुद
युइएफए नेशन्स लिगअन्तर्गत बेल्जियममाथि पुनरागमन जित निकाल्दै फ्रान्स फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा फ्रान्सले २-० गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमलाई ३-२ गोलले पराजित गर्‍यो। Advertisement खेलको ३७ मिनेटमा कारास्को र ४० मिनेटमा लुकाकुले गोल गरेपछि बेल्जिमयले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो। फ्रान्सका लागि बेन्जिमाले ६२ मिनेटमा गोल फर्काए। ६९ मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। हर्नान्डेजले ९० मिनेटमा गोल गरेपछि फ्रान्सले ३-२ को रोमाञ्चक जित हात पार्‍यो। अब उपाधिका लागि स्पेन र फ्रान्सबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ।  ...
रावल भए कांग्रेस बाजुरा सभापति

रावल भए कांग्रेस बाजुरा सभापति

देश, राजनीति
नेपाली कांग्रेस बाजुरा सभापतिमा रामसिंह रावल निर्वाचित भएका छन्। गए राति आएको मतपरिणामअनुसार रावलले ६०५ मतसहित विजयी भए भने अर्का उम्मेदवार कविराज पण्डितले ५६६ मत मात्रै ल्याएका थिए। Advertisement निर्वाचन अधिकृत सन्तोष भण्डारीका अनुसार कूल ११८२ मत खसेकोमा ११७१ मत सदर र ११ मत बदर भएको थियो। सभापतिमा विजयी भएका रावल कांग्रेस नेता बद्री पाण्डेनिकट हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन्। यस्तै बाजुरा उपसभापतिमा पदम बडुवाल र नारायण पाध्याय निर्वाचित भएका छन्। सचिवमा तिलक पुरी, भरतबहादुर रोकाया निर्वाचित भए भने सहसचिवमा सुरेन्द्रबहादुर सिंह र कृष्णराज पाध्याय निर्वाचित भएको नेता योगेन्द्र रावलले जानकारी दिए। कांग्रेसले अहिलेसम्म १२ जिल्लामा जिल्ला अधिवेशन सकेको छ। ...
मेरै सरकारमा आउनुस्, नभए दसैंपछि छलफल गरौंला : प्रदेश-१ मुख्यमन्त्री आचार्य

मेरै सरकारमा आउनुस्, नभए दसैंपछि छलफल गरौंला : प्रदेश-१ मुख्यमन्त्री आचार्य

देश, राजनीति, समाचार
संविधानको आफूअनुकूल व्याख्या गर्दै  प्रदेश सरकारको आयु लम्ब्याउँदै आएका प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले सजिलै सत्ता हस्तान्तरण नगर्ने संकेत गरेका छन्। यसले प्रदेशमा थप राजनीतिक द्वन्द्व बढाउने सम्भावना देखिएको छ।  मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश सभाको नयाँ भवन उद्घाटन गर्दै सकेसम्म सबै दल सहभागी भएर सहमतिको सरकार बनाउने नभए दसैंपछि मात्रै विश्वासको मत लिने योजना रहेको खुलाएका छन्।  संसद भवन उद्घाटनमा सहभागी सबै विपक्षी दलका नेताहरूले अल्पमतमा परेका कारण मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए। उनीहरूले संविधान मिचेर सरकारको आयु लम्ब्याउने प्रयास नगर्न मुख्यमन्त्रीलाई चेतावनी दिएका थिए।  Advertisement आफू अघि बोलेका नेताहरूलाई जवाफ दिँदै मुख्यमन्त्री आचार्यले भने, ‘म संविधान र यही व्यवस्थाका लागि लडेको व्यक्ति हुँ। संव...
हेडमास्टरको राजनीति : एस्कूलका सबै बिधार्थी फेल : मह जोडी (भिडियो भित्र )

हेडमास्टरको राजनीति : एस्कूलका सबै बिधार्थी फेल : मह जोडी (भिडियो भित्र )

नेपाली चलचित्र, मनोरञ्जन / कला, शिक्षा
नेपालको शिक्षा क्षेत्र सधैं जीर्ण अवस्थामा रहिदै आएको छ। विद्यालयको उचित व्यवस्थापन नहुँदा अयोग्य शिक्षकहरूको नियुक्ति हुने गर्दछ। स्वाहि शिक्षकको पठनले गर्दा अधिकांस विद्यार्थी फेल हुने, रिजल्ट जिरो हुने र विद्यार्थीहरू राजनीतिमा प्रयोग हुने गरिन्छन। Advertisement स्वहि मुद्दालाई मह जोडीले आफ्नो निक्कै लोकप्रिय टेलि फिल्म "पाठशाला" मार्फत प्रस्तुत गरेका छन्। हास्य र व्यंग सँग पस्किएको जनचेतना मुलक कार्यक्रमले हेडमास्टर द्वारा गरिने अबेवस्थपान र सामुदायिक विद्यालयको महत्व बारे उल्लेख गरिएको छ। स्वाही टेलि फिल्म YouTube मा तलको लिंक मार्फत हेर्न सकिन्छ। https://www.youtube.com/watch?v=fmwiTYieqrc ...
चाडपर्वको बेलामा उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन निर्देशन

चाडपर्वको बेलामा उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन निर्देशन

राजनीति
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्तालाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।  मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्तालाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो। Advertisement समितिको निर्णय सुनाउँदै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चाडवाडको बेला कुनै पनि सामग्री अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिए। उनले काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका सिडिओहरूले अनुगमन गर्ने भन्ने कुरा भइरहेकोले यस्तो अनुगमन अन्य जिल्लामा पनि लागू गर्न उनले मन्त्रालयलाई निर्देशन दिए। सभापति श्रीवास्तवले अहि...
भलिबल क्लब च्याम्पियनसिप : चार टिमको अन्तिम आठमा स्थान पक्का

भलिबल क्लब च्याम्पियनसिप : चार टिमको अन्तिम आठमा स्थान पक्का

खेलकुद
एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा पुरुषतर्फ समूह 'ए'बाट टिपटप हेल्प नेपाल र गलकोट स्पोर्टस् क्लब समान ६ अंकका साथ नकआउट चरणमा प्रवेश गरेका छन्। Advertisement यस्तै समूह 'बी' बाट नेपाल पुलिस क्लब र गण्डकीले अन्तिम आठको यात्रा तय गरेका छन्। मंगलबारको खेलमा गण्डकी प्रदेश अंक बाड्न बाध्य भएको छ। मंगलबार भएको प्रतिस्पर्धामा गण्डकीले मणिमुकुन्द क्लबसँग अंक बाडेको हो। निकै नै प्रतिस्पर्धात्मक खेलमा भारतीय खेलाडीहरु सम्मिलित गण्डकीले पहिलो सेट २६–२४ र दोश्रो सेट ३६–३४ को कठिन जित निकालेको थियो। तर चौथो सेट मणिमुकुन्दलाई १८–२५ ले र चौथो सेट २५–२७ ले सुम्पन पुग्यो। अन्तिम तथा निर्णायक सेटमा गण्डकीले १५–१३ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्‍यो। जित निकालेता पनि गण्डकीले अंक बाड्दै आफ्नो खातामा २ अंक जोड्न बाध्य भयो। यस खेल...
कंग्रेस पार्टीमा प्रवेश गरे कन्हैया कुमार

कंग्रेस पार्टीमा प्रवेश गरे कन्हैया कुमार

राजनीति
भारतका चर्चित युवा कम्युनिष्ट नेता कन्हैया कुमारले भारतीय कंग्रेस पार्टी प्रवेश गरेका छन्। उनीसँगै गुजरातका विधानसभा सदस्य जिग्नेश मेवानीले पनि कंग्रेस पार्टी प्रवेश गरेका हुन्।  Advertisement मंगलबार दिल्लीमा राहुल गान्धी सहभागी कार्यक्रममा उनीहरूले पार्टी प्रवेश गरेका हुन्।  पार्टी प्रवेश कार्यक्रममा कंग्रेसका महासचिव केसी भेनुगोपाल र गुजरात कंग्रेसका निमित्त अध्यक्ष हार्दिक पटेल सहभागी थिए।  कार्यक्रमपछि भेनुगोपालले पत्रकारलाई सम्बोधन गरेका थिए।  'कन्हैया कुमार यो देशमा अभिव्यक्ति स्वतन्त्रताको लागि लड्ने प्रतीक हुन्। उनले विद्यार्थी नेता भएर कट्टरपन्थीवादविरूद्ध लडेका छन्,' उनले भने, 'उनीजस्तो गतिशील व्यक्तित्व कंग्रेसमा जोडिँदा कार्यकर्ताहरू जोशिनेछन्।'   कन्हैया कुमार जवाहारलाल नेहरू विश्वविद्यालयको विद्यार्थी युनि...
आइपिएलमा हैदरावादको दोस्रो जित

आइपिएलमा हैदरावादको दोस्रो जित

खेलकुद
आइपिएल अंक तालिकाको पुछारमा रहेको सनराइजर्स हैदरावादले दोस्रो जित हात पारेको छ। हैदरावादले सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्‍यो। Advertisement पहिले ब्याटिङ गरेको राजस्थानले ५ विकेटको क्षतिमा १६४ रन जोडेको थियो। उसका लागि कप्तान सन्जु सामसनले ८२ रन जोडे। उनले  ५७ बलमा ७ चौका र ३ छक्का हिर्काए। बलिङमा हैदरावादका सिद्धान्त कौलले २ विकेट लिए। १६५ रनको लक्ष्य हैदरावादले १८.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। हैदरावादका लागि जासन रोएले ६० रन जोडे। केन विलियमसनले नटआउट ५१ रन जोडे। उनले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गरे। अभिषेक शर्माले नटआउट २१ रनको योगदान दिए। अंक तालिकाको पुछारमा रहेको हैदरावादले १० खेलबाट ४ अंक जोडेको छ। छैटौ स्थानको राजस्थानको ८ अंक छ।  ...
परराष्ट्र मन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

परराष्ट्र मन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

राजनीति
परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्रीमा नियुक्त गरेपछि असोज ६ गते खड्काले राष्ट्रपतिबाट शपथ लिएका थिए।  Advertisement कानुनले परिकल्पना गरेको कुनै ढाँचा बिना असंवैधानिक तवरले गराइएको शपथ बदर गर्न माग गर्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनको रिट दर्ता भइसकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।  उनले शपथसम्बन्धी कानुन निर्माण नगरी कसैलाई मन्त्रीको हैसियतमा सपथ नगर्न/नगराउन आदेश पनि मागेका छन्।  'यो मुद्दाको अन्तिम टुंगो नलागेसम्मको लागि मिति २०७८/०६/०६ मा नियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा संविधान बमोजिम कानुन बनाई सपथ ग...
सेल्टा भिगोको कठिन जित

सेल्टा भिगोको कठिन जित

खेलकुद
सेल्टा भिगोले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा सेल्टा भिगोले ग्रानाडालाई १–० गोलले हरायो। Advertisement प्रतिस्पर्धात्मक खेलमा सेल्टा भिगोको जितमा डेनिस स्वारेज नायक बने। मिडफिल्डर स्वारेजले दोस्रो हाफको इन्जुरी समयमा सान्ति मिनाको पासमा गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। यसअघि ७३औं मिनेटमा इयागो आसपासले पेनाल्टी मिस गरेपछि सेल्टा भिगो तनाबमा देखिएको थियो। जितसँगै सेल्टा भिगो १३औं स्थानमा उक्लिएको छ। सात खेल सकेको सेल्टा भिगोको सात नै अंक छ। पराजित ग्रानाडा तीन अंक सहित १८औं स्थानमा छ। लिगको शीर्षस्थानमा आसिन रियल म्याड्रिडको सात खेलबाट १७ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको रियल सोसिडाडको १६ अंक छ। तेस्रो स्थानमा रहेको सेभियाले ६ खेलबाट १४ अंक बनाएको छ । सेभियाले समान १४ अंक बनाएको साव...