२०८३ बैशाख २२

Author: Senior Editor Nima

विराटनगरमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको जहाजमा के भएको थियो?

विराटनगरमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको जहाजमा के भएको थियो?

देश, समाचार
काठमाडौंमा ‘नर्मल’ अवतरण भएको जहाज। तस्बिर स्रोतः बुद्ध एयर विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको छ।  काठमाडौंको आकाशमा  झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो। जहाज सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ। Advertisement ‘जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको छ’, बुद्ध एयरद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ। जहाजको ल्याण्...
रबिन खड्काको गीत ‘माया बिना’ सार्वजनिक : प्रकाश र प्रमिलाको उत्कृष्ठ अभिनय

रबिन खड्काको गीत ‘माया बिना’ सार्वजनिक : प्रकाश र प्रमिलाको उत्कृष्ठ अभिनय

मनोरञ्जन / कला
काठमाडौं । रबिन खड्काको ‘माया बिना’को शीर्षकको म्यूजिक भिडियो सार्वजनिक भएको छ। भिडियो भकारी नामक युट्युव च्यानलबाट सार्वजनिक भएको ८ मिनेट २३ लामो म्यूजिक भिडियोमा कलाकार प्रकाश बस्नेत र प्रमिला खनालले अभियन गरेका छन् । Advertisement भिडियोमा सन्तान सुखको अभावमा पति र पन्तीबीचको सम्बन्धमा आएको दूरीलाई निकै मार्मिक ढंगले देखाइएको छ। सन्तान प्राप्ति हुँदै गर्दाको पति र पत्नीबीचको खुसी र प्राप्त नहुँदाको सम्बन्धमा आएको दूरीलाई यौवनदेखि बुढेसकालसम्मको अवधिलाई भिडियोमा सुन्दर ढंगले उतारिएको छ।  रबिन खड्काको शब्द र संगीतमा गायक बाबुल गिरि र संगिता थापा मगरको स्वर रहेको छ। गीतको एरेञ्जरमा विनय कार्की, मिक्सिङमा बाबुल गिरि रहेका छन्। साथै, भिडियो छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई तथा सम्पादकमा नवीन निरौला छन्। भिडियोको निर्देशन सुबोल थापाले गरेका ...
यी जिल्लामा असोज १८ मा हुँदैछ कांग्रेसको जिल्ला अधिवेशन

यी जिल्लामा असोज १८ मा हुँदैछ कांग्रेसको जिल्ला अधिवेशन

राजनीति
नेपाली कांग्रेसले २१ हिमाली जिल्लामा यही असोज १८ गते जिल्ला अधिवेशन गर्ने भएको छ। हिउँ पर्ने र चिसो पनि बढ्ने सम्भावना रहेकोले दसैंअगाडि नै २१ हिमाली जिल्लामा अधिवेशन गर्न लागिएको हो। Advertisement कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्ने र पहाडी तथा तराईका जिल्लामा दसैंलगत्तै अधिवेशन गर्ने तयारी गरेको छ। जिल्ला अधिवेशन हुनुअगाडि वडा, पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरिसक्नुपर्ने हुन्छ। यीमध्ये अधिकांशमा वडा अधिवेशन सकेर पालिका अधिवेशन पनि भइरहेका छन् भने प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने तयारी छ। गोरखालगायत जिल्लामा मंगलबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको छ। असोज १५ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने र असोज १८ मा जिल्ला अधिवेशन गर्ने तयारी छ। दुई निर...
एमालेको अवरोधबीच बसेको संसद बैठक बिहीबारसम्म स्थगित

एमालेको अवरोधबीच बसेको संसद बैठक बिहीबारसम्म स्थगित

राजनीति
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुत सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि केही बेर बसेर स्थगित भएको छ। Advertisement दिउँसो सवा २ बजे नयाँ बानेश्वरमा बसेको बैठकको सुरूमै उठेर एमाले सांसदहरुले रोष्ट्रम अगाडि उभिँदै नाराबाजी गरेका थिए।  तर एमाले सांसदको नाराबाजीबीच सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए।   त्यसपछि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले 'आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराए। एमाले सांसदको नाराबाजीबीच तीन वटा कार्यसूचीमा प्रवेश गरेको बैठक सभामुख सापकोटाले असोज १४ गते बिहीबार दिउँसो १ बजेसम्मलाई स्थगित गरेका छन्।  ...
हर्शल पटेलको ह्याट्रिक, बेंग्लोरले मुम्बईलाई हरायो

हर्शल पटेलको ह्याट्रिक, बेंग्लोरले मुम्बईलाई हरायो

खेलकुद
आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरका बलर हर्शल पटेलले ह्याट्रिक विकेट लिएका छन्। Advertisement उनले १७औं ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिँदै ह्याट्रिक गरेका हुन्। उनले पहिलो बलमा मुम्बईका हार्दिक पाण्ड्यालाई कप्तान विराट कोहलीबाट क्याच गराए। दोस्रो बलमा केइरन पोलार्डलाई बोल्ड गर्दा तेस्रो बलमा राहुल चाहरलाई एलबिडब्लूको धरापमा पारे। उनले ३.१ ओभरमा चार विकेट लिदा १७ रन खर्चिए। https://twitter.com/IPL/status/1442185089207742465?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1442185089207742465%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2Fsports%2Fcricket%2F250018 पटेलले ह्याट्रिक गरेको खेलमा बेंग्लोरले मुम्बईलाई ५४ रनले पराजित गरेको छ। बेंग्लोरले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बई १८.१ ओभरमा ...
काठमाडौं र विराटनगरको खेल स्थगित

काठमाडौं र विराटनगरको खेल स्थगित

खेलकुद
राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण अन्तर्गत सोमबार काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेकाले स्थगित भएको छ । Advertisement निर्धारित समयभन्दा २ घण्टासम्म पनि सुरू हुन मैदान तयार नभएपछि रेफ्रीले खेल स्थगित गरेका हुन्। सामान्यतया खेल सम्भव नहुँदा अंक बाँड्ने भए पनि आयोजकले खेल अर्को दिन खेल गर्ने भएको छ। आइतबार वर्षाको कारण आउटफिल्ड असिलोको (भिजेको) कारण खेल सुरुहुन ढिलो भएको हो । सोमबार बिहान टियु मैदानमा बिहानैदेखि घाम लागे पनि आइतबार भारी वर्षाको कारण प्रभावित हुन पुगेको हो । आज हुने दोस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्स र चितवन टाइगर्स खेल्नेछन् । उक्त खेलका लागि भने मैदान तयार हुने सम्भावना छ । ...
सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री देउवा

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री देउवा

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्। ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री देउवाले पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबर्द्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्‍याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्। Advertisement सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको पनि प्रधानमन्त्री देउवाको भनाइ छ। प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्ष...
अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा थपियो टिकट काउन्टर

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा थपियो टिकट काउन्टर

देश, समाचार
काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ। सरकारले भोलिदेखि दसैंमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो। Advertisement प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको  जानकारी दिए। नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ। काठमाडौं महानगरपालिका-२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन्। नेपाल यातायात व्यवसा...
त्रिवि मैदानलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलको भार, मैदान अभावमै पर्याप्त अभ्यास गर्न पाउँदैनन् क्रिकेटर

त्रिवि मैदानलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलको भार, मैदान अभावमै पर्याप्त अभ्यास गर्न पाउँदैनन् क्रिकेटर

खेलकुद
नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेल हुने एक मात्र क्रिकेट मैदान कीर्तिपुस्थित त्रिवि मैदान  हो।   सन् १९९८ देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थालेको यो मैदानमा अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय खेलहरू संचालन हुन्छन्।  यो बाहेक अर्को अन्तर्राष्ट्रिय स्तरको खेल मैदान ‍हुन नसक्दा नेपाली खेलाडीहरूले चाहेजति अभ्यास गर्न सकेका छैनन्।  Advertisement एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशालाका कारण नेपाली खेलाडीहरुलाई विदेशमा गएर खेल्न पनि सकस परिरहेको खेलाडीहरूले नै बेलाबेला बताउने गरेका छन्।  नेपाली खेलाडीहरूलाई सिकाउन आएका विदेशी प्रशिक्षकहरू पनि नेपालले अन्तर्राष्ट्रिय स्तरको खेल मैदान तयार पार्न सके नेपालको क्रिकेट स्तरमा उल्लेखनीय परिवर्तन हुने दाबी गरिरहेका छन्।  अहिले नेपाल टी–२० वरियतामा विश्वमा १३ औँ स्थानम...
अर्थ मन्त्रालयले भन्यो– स्यानिटरी प्याडमा भन्सार महशुल बढाइएको छैन, भ्रममा नपरौं

अर्थ मन्त्रालयले भन्यो– स्यानिटरी प्याडमा भन्सार महशुल बढाइएको छैन, भ्रममा नपरौं

समाचार, स्वास्थ्य
वर्तमान सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भन्दै आलोचना भएपछि अर्थ मन्त्रालयले यसबारे भ्रम फैलाइएको स्पष्ट पारेको छ।  Advertisement स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको अर्थ मन्त्रालयले जनाएको छ।   ‘वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौं’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ  ‘बरु स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको छ।’ स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको मन्त्रालयले जनाएको...