२०८१ बैशाख ८

रावल भए कांग्रेस बाजुरा सभापति

नेपाली कांग्रेस बाजुरा सभापतिमा रामसिंह रावल निर्वाचित भएका छन्।

गए राति आएको मतपरिणामअनुसार रावलले ६०५ मतसहित विजयी भए भने अर्का उम्मेदवार कविराज पण्डितले ५६६ मत मात्रै ल्याएका थिए।


Advertisement


निर्वाचन अधिकृत सन्तोष भण्डारीका अनुसार कूल ११८२ मत खसेकोमा ११७१ मत सदर र ११ मत बदर भएको थियो।

सभापतिमा विजयी भएका रावल कांग्रेस नेता बद्री पाण्डेनिकट हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन्।

यस्तै बाजुरा उपसभापतिमा पदम बडुवाल र नारायण पाध्याय निर्वाचित भएका छन्।

सचिवमा तिलक पुरी, भरतबहादुर रोकाया निर्वाचित भए भने सहसचिवमा सुरेन्द्रबहादुर सिंह र कृष्णराज पाध्याय निर्वाचित भएको नेता योगेन्द्र रावलले जानकारी दिए।

कांग्रेसले अहिलेसम्म १२ जिल्लामा जिल्ला अधिवेशन सकेको छ।

Copy link
Powered by Social Snap