२०८१ बैशाख १७

सेल्टा भिगोको कठिन जित

सेल्टा भिगोले स्पेनिस ला लिगामा कठिन जित निकालेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा सेल्टा भिगोले ग्रानाडालाई १–० गोलले हरायो।


Advertisement


प्रतिस्पर्धात्मक खेलमा सेल्टा भिगोको जितमा डेनिस स्वारेज नायक बने। मिडफिल्डर स्वारेजले दोस्रो हाफको इन्जुरी समयमा सान्ति मिनाको पासमा गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

यसअघि ७३औं मिनेटमा इयागो आसपासले पेनाल्टी मिस गरेपछि सेल्टा भिगो तनाबमा देखिएको थियो।

जितसँगै सेल्टा भिगो १३औं स्थानमा उक्लिएको छ। सात खेल सकेको सेल्टा भिगोको सात नै अंक छ।

पराजित ग्रानाडा तीन अंक सहित १८औं स्थानमा छ।


लिगको शीर्षस्थानमा आसिन रियल म्याड्रिडको सात खेलबाट १७ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको रियल सोसिडाडको १६ अंक छ।

तेस्रो स्थानमा रहेको सेभियाले ६ खेलबाट १४ अंक बनाएको छ । सेभियाले समान १४ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिडलाई गोल अन्तरका आधारमा पछि पारेको हो।

Copy link
Powered by Social Snap