२०८३ बैशाख २२

Author: Senior Editor Nima

मसिनो धान उत्पादनले आम्दानी दोब्बर, बर्दियाका किसानको दसैं उल्लासमय

मसिनो धान उत्पादनले आम्दानी दोब्बर, बर्दियाका किसानको दसैं उल्लासमय

अर्थतन्त्र, समाचार
‘मसिनो धानको माग धेरै रहेछ,’ बढैयाताल—८ मयुरबस्तीका किसान अर्जुन रिजाल भन्छन्, ‘यसपाला हामीले समूहमै त्यो लगायौं, प्रतिफल पनि राम्रै भयो ।’ उनि जस्तै स्थानीय किसान सीता पंगेनीले मसिनो धान उत्पादनले आम्दानी बढ्दै गएको बताइन् । स्थानीय राधाकृष्ण धान मिलका साहू हिमालय त्रिपाठीले मसिनो धान लगाए बालि भित्र्याउनु अघि नै किनिदिने वाचा गरेर किसानलाई पाहोर बिउ उपलब्ध गराएका थिए । बन्दाबन्दीको बेला मोटो धानको बिउ नपाएपछि जे त होला भनेर आफूहरुले मसिनै धान लगाएको रिजाल बताउँछन् । Advertisement त्रिपाठीले भनेजस्तै मसिनो धान बढी फलेको किसान रिजाल बताउँछन् । उनले प्रति कट्ठा डेढ क्युण्टल मसिनो धान उत्पादन हुने गरेको बताए । मसिनो धान प्रति क्युण्टल २ हजार ७ सयमा खरिद बिक्री हुन्छ । बजारमा मोटो धान भने प्रति क्युण्टल २ हजार देखि २२ सय मुल्य...
पूर्वमा दसैंको खुशी

पूर्वमा दसैंको खुशी

देश, समाचार
‘अरु बेला अध्ययन एवं गृहकार्यले समय मिल्दैन, दसैंको विदामा मित्र, परिवारजन र आफन्तसँग घुम्न पाउँछौं,’कक्षा–८ की शायरा राजवंशी भन्छिन् । उनी विराटनगरमा साथीहरुसँग प्रफुल्ल मुद्रामा मन्दिर दर्शन गर्न र तस्बिर खिच्नमा व्यस्त भेटिइन् । कक्षा–७ मा अध्ययनरत विराटनगर मुनालपथका सम्राट दाहालका लागि दसैं भनेको नयाँनयाँ लुगा र जुत्ता लगाउने, मिठो परिकार खाने र परिवारजनसँग आनन्दले समय बिताउने समय हो । ‘दर्सै आयो भन्ने सुन्नसाथ खुशी लाग्छ, परिवारसँग किनमेलका लागि बजार जान र साथीहरुसँग पिङ खेल्दै रमाउन पाइन्छ,’उनी भन्छन् । Advertisement कक्षा–१२ मा अध्ययनरत सिजन निरौलालाई धेरै दिन अगावैदेखि दसैंको पर्खाइ हुन्छ । ‘अध्ययनको भारले अरु बेला आराम समेत गर्न पाइन्न, विदाले गर्दा दसैंको बेला राहत हुन्छ, छुटाएको कामहरु गर्न पाइन्छ, परिवारजन, आफन्त एवं साथीभाइसँग मजाले बस...
एमालेसँग संवाद गर्न तयार छु: सभामुख सापकोटा

एमालेसँग संवाद गर्न तयार छु: सभामुख सापकोटा

राजनीति
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारू गराउन नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन्।  उनले संसद चलाउनको लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताएका हुन्। Advertisement बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका थिए।  सभामुख सापकोटाले सकेसम्म आफू तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बताए।  ‘संवादको विकल्प छैन, ढिलो चाँडो उहाँहरू संवादमा आउनुहुन्छ,' उनले भने, 'के पक्ष के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो। के गर्नुपर्छ त्यसको लागि म तयार छु। तर सरकार, सभामुख, विपक्षी दलको नेताको र सम...
‘नाम’ को उच्चस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किए परराष्ट्र मन्त्री

‘नाम’ को उच्चस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किए परराष्ट्र मन्त्री

राजनीति
सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरूको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्र मन्त्री नारायण खड्का आज स्वदेश फर्किएका छन्। गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्र मन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का यही असोज २२ गते बेलग्रेड प्रस्थान गरेका थिए।  बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो।  Advertisement स्वदेश फर्किएलगत्तै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उक्त बैठक र आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री खड्काले बताए।  असंलग्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको सो विशेष समारोह...
राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक छैन: पूर्वराजा ज्ञानेन्द्र शाह

राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक छैन: पूर्वराजा ज्ञानेन्द्र शाह

राजनीति
पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा नेपालीहरूलाई शुभकामना दिएका छन्। Advertisement मंगलबार दसैंको सातौं दिन फूलपातीको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले शुभकामना सन्देश दिएका हुन्। उनले सन्देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक नहुने बताए।  उनले लेखेका छन्, 'देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं।'  यस वर्ष पूर्वराजा शाहले महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम र दशमीमा सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम नहुने उनको सचिवालयले जनाएको छ। कोरोना भाइरसको महामारीको असहजताका...
पारस खड्काको तालिम केन्द्रलाई श्रद्धेश आचार्यले सहयोग गर्ने घोषणा

पारस खड्काको तालिम केन्द्रलाई श्रद्धेश आचार्यले सहयोग गर्ने घोषणा

कर्पोरेट, खेलकुद, देश, समाचार
ए.एफ.टी.आई कर्पोरेशनका सिइओ तथा समूह अध्यक्ष श्रद्धेश आचार्यले नेपाली क्रिकेट टोलीका पूर्व तथा सफल कप्तान पारस खड्काले सुरु गर्नगइरहेको क्रिकेट एक्सेलेन्स सेन्टर "सी ई सी" लाई सहयोग गर्ने घोषणा गरेका छन्। श्रद्धेश भन्दछन्, "मैले स्कूल लेवल सम्म निक्कै क्लब क्रिकेट खेले। वीरगन्जमा जन्मिने ९९% बच्चाले खेल्ने र रुचाउने पहिलो खेल्न क्रिकेट नै हो। म पनि कुनै पृथक थिइन। अहिले आएर खुट्टाको लिगामेन्टको चोट र व्यस्त दिन्चरियले क्रिकेट खेल्न त सम्भव छैन। खेल्न नसकेपनि मेरो क्रिकेट प्रतिको प्रेम सधैं रहिरह्यो। त्यही प्रेमभाव लाई निरन्तरता दिँदै यो सहयोग गर्ने घोषणा गरेको हुँ।" Advertisement श्रदेशले एक वर्ष मा तीन खेलाडीलाई काम लाग्ने क्रिकेट किट प्रदान गर्ने वाचा गरेका छन्। भावी दिनमा संख्या बढाउँदै थप जेहेन्दार क्रिकेटर युवालाई सहयोग गर्ने प्रतिबद्धता आचार्...
सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दाबी

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दाबी

राजनीति
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ।  सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद भरतकुमार शाह छन्। आइतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन्। पूर्वसञ्चारमन्त्री समेत रहेका सांसद बास्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्दै समितिका सभापति भरत शाहको राजीनामा समेत माग गरे।  Advertisement ‘हामी लोकतान्त्रिक अभ्यासमा छौं। यो हाम्रो प्रणाली मात्रै होईन जीवन पद्धति पनि हो। र हाम्रा परम्पराहरू, व्यवस्थाहरुको कारणले गर्दा पनि अरुलाई हाम्रा अभ्यासहरूको कारणले पनि अपव...
आरसी ३२ बन्यो कर्णालीबाट सी डिभिजनमा छनोट हुने पहिलो क्लब

आरसी ३२ बन्यो कर्णालीबाट सी डिभिजनमा छनोट हुने पहिलो क्लब

खेलकुद
सुर्खेतको आरसी ३२ फुटबल एकेडेमी 'रारा रेन्जर्स' सी डिभिजनमा छनोट भएको छ। आइतबार भएको सहिद स्मारक सी डिभिजन लिग छनोटको आफ्नो अन्तिम खेलमा जित हात पार्दै आरसी ३२ सी डिभिजनमा छनोट भएको हो। Advertisement आरसी ३२ एकेडेमी नेपाली राष्ट्रिय टिमका खेलाडी रोहित चन्द र उनका दाई रविन्द्र चन्दले सुर्खेतमा सञ्चालन गर्दै आइरहेको फुटबल एकेडेमी हो। सी डिभिजनमा पुग्ने कर्णालीको पहिलो क्लब बनेको आरसी ३२ ले नकआउट चरणको आफ्नो पोलको अन्तिम खेलमा झापाको समाज सेवी क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्न सफल भयो। आरसी ३२ का सबै पाँच खेलाडीले पेनाल्टी सुटआउटमा गोल गरेका थिए। समाज सेवीका खेलाडीको चौथो पेनाल्टीलाई आरसी ३२ का खेलाडीले रोकेका थिए।  त्यसअघि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकियो। खेलको १२ मिनेटमा बबिन बोहराको गोलबाट आरसी...
सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक केही हुन सक्दैन: प्रधानमन्त्री

सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक केही हुन सक्दैन: प्रधानमन्त्री

राजनीति
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन्। उनले यो कुरा सबैले सुन्नुपर्नेमा जोड दिए। Advertisement ‘सबैले सुने हुन्छ- प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक कोही हुन सक्दैन,’ उनले भने, ‘प्रजातन्त्रको खिलापमा कसैले अरु कुनै किसिमको सपना नदेखे हुन्छ, प्रजातन्त्रको रक्षा गरेको पार्टी हो।’ गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताले आफ्नो मत मतदानमा देखाइदिने समेत बताए। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले भने, ‘जनताको नाम सबैले लिन्छन्, जनता नै हो भन्छन्। जनताले भोटमा देखाइहाल्छन् नि।’ संघीयता पूर्ण रुपमा कार्यान्वयन गर्न धेरै काम बाँकी रहेको समेत उनले बताए। देशमा विकासको काम अघि छिटो छरितो रुपमा अघि बढाउन आवश्यक रहेको उनको भनाइ ...
अफगानिस्तान छोडेपछि पहिलो पटक तालिबानसँग वार्ता गर्‍यो अमेरिकाले

अफगानिस्तान छोडेपछि पहिलो पटक तालिबानसँग वार्ता गर्‍यो अमेरिकाले

राजनीति
अमेरिकाले अफगानिस्तान छोडेपछि पहिलो पटक तालिबानसँग वार्ता गरेको छ। अलजजिरा टेलिभिजनका अनुसार कतारको राजधानी दोहामा दुई देशका प्रतिनिधिबीच शनिबार वार्ता भएको हो। उनीहरूबीच आइतबार पनि वार्ता हुने बताइएको छ। Advertisement वार्ताका लागि अफगानिस्तानका कार्यवाहक विदेश मन्त्री मुल्लाह अमिर खान मुत्ताक्वी नेतृत्वको टोली दोहा पुगेको छ। अमेरिकासँगको वार्ताका क्रममा तालिबानले मानवीय सहायता, गत वर्ष अमेरिकासँग भएको सम्झौता र अमेरिकामा रहेको अफगान केन्द्रीय बैंकको पैसा निकासा गर्ने विषयमा जोड दिएको बताइएको छ। तालिबानसँग वार्ता गर्न कुन तहका अधिकारीलाई दोहा पठाइएको हो भन्नेबारे अमेरिकाले केही खुलाएको छैन। अमेरिकी अधिकारीहरूले यसअघि नै तालिबानसँग गरिने वार्ताको अर्थ उसको सरकारलाई मान्यता दिनु नभएको बताएको अलजजिराले उल्लेख गरेको छ। अफगानिस्तानमा रहेका अमेरिकी र...