२०८३ कार्तिक १२

अफगानिस्तान छोडेपछि पहिलो पटक तालिबानसँग वार्ता गर्‍यो अमेरिकाले

अमेरिकाले अफगानिस्तान छोडेपछि पहिलो पटक तालिबानसँग वार्ता गरेको छ।

अलजजिरा टेलिभिजनका अनुसार कतारको राजधानी दोहामा दुई देशका प्रतिनिधिबीच शनिबार वार्ता भएको हो। उनीहरूबीच आइतबार पनि वार्ता हुने बताइएको छ।


Advertisement


वार्ताका लागि अफगानिस्तानका कार्यवाहक विदेश मन्त्री मुल्लाह अमिर खान मुत्ताक्वी नेतृत्वको टोली दोहा पुगेको छ। अमेरिकासँगको वार्ताका क्रममा तालिबानले मानवीय सहायता, गत वर्ष अमेरिकासँग भएको सम्झौता र अमेरिकामा रहेको अफगान केन्द्रीय बैंकको पैसा निकासा गर्ने विषयमा जोड दिएको बताइएको छ।

तालिबानसँग वार्ता गर्न कुन तहका अधिकारीलाई दोहा पठाइएको हो भन्नेबारे अमेरिकाले केही खुलाएको छैन। अमेरिकी अधिकारीहरूले यसअघि नै तालिबानसँग गरिने वार्ताको अर्थ उसको सरकारलाई मान्यता दिनु नभएको बताएको अलजजिराले उल्लेख गरेको छ। अफगानिस्तानमा रहेका अमेरिकी र अमेरिकालाई सहयोग गरेका अफगान नागरिकको सुरक्षित बहिर्गमन, समावेशी सरकार र तालिबान शासनमा अफगान महिलाको अधिकारका विषयमा वार्ता केन्द्रीत भएको अमेरिकी विदेश मन्त्रालयको भनाइ छ।

अमेरिकी प्रतिनिधिसँगको वार्तापछि तालिबान प्रतिनिधि मण्डलले युरोपियन युनियनका अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम छ।  तालिबानले धेरै वर्ष पहिला नै दोहामा राजनीतिक कार्यालय खोलेको थियो।

अमेरिकी सेना अफगानिस्तानबाट नफर्किँदै गत अगस्ट १५ मा तालिबानहरूले काबुल कब्जा गरेका थिए। अमेरिकी सैनिक पूर्ण रूपमा फर्किएपछि तालिबानहरूले सरकार गठन गरे पनि अफगानिस्तानमा हिंसात्मक घटना रोकिएका छैनन्। इस्लामिक स्टेट इन खोर्सान प्रोभिन्स नामक मुस्लिम अतिवादी समूहले पछिल्लो समय मस्जिदहरूमा आक्रमण गरिरहेको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap