२०८२ चैत्र १

राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक छैन: पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा नेपालीहरूलाई शुभकामना दिएका छन्।


Advertisement


मंगलबार दसैंको सातौं दिन फूलपातीको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले शुभकामना सन्देश दिएका हुन्।

उनले सन्देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक नहुने बताए। 

उनले लेखेका छन्, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं।’

यस वर्ष पूर्वराजा शाहले महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम र दशमीमा सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम नहुने उनको सचिवालयले जनाएको छ।

कोरोना भाइरसको महामारीको असहजताका कारण सो कार्यक्रम नगर्ने जनाइएको हो।

May be an image of text

Copy link