ला लिगा : बिल्बाओको प्रतिस्पर्धात्मक जित
एथलेटिक बिल्बाओले स्पेनिस ला लिगामा प्रतिस्पर्धात्मक जित निकालेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा बिल्बाओले भिल्लारियललाई २–१ गोलले हरायो।
Advertisement
बिल्बाओलाई जिताउन राउल गार्सिया र इकर मुनियनले गोल गरे। भिल्लारियलका फ्रान्सिस कोक्वेलिनको गोल सान्त्वना बनेको थियो। प्रतिस्पर्धात्मक खेलमा राउलले १४औं मिनेटमा गोल गरे। उनले इनाकी विलियम्सको पासमा गोल गरेका थिए। त्यसपछि ३२औं मिनेटमा कोक्वेलिनले अर्नउट डान्जुमाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो। दोस्रो हाफमा बिल्बाओले सानदार प्रदर्शन गरेको थियो।
७७औं मिनेटमा मुनियनले पेनाल्टी गोल गर्दै बिल्बाओलाई महत्वपूर्ण जित दिलाए। भिल्लारियलका अल्बर्टो मोरेनोले फल खेलेपछि रेफ्रीले भिएआरको सहायतामा बिल्बाओलाई पेनाल्टीको अवसर दिएका थिए। बिल्बाओले ८२औं मिनेट...









