२०८१ बैशाख १४

प्रधानमन्त्री देउवा बिहीबार दिनभर सुदूरपश्चिमका बाढीपहिरो प्रभावित क्षेत्रमा

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा आयोजित कार्यक्रममा सहभागी हुँदै। प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जर्नाजन शर्मा र पर्यटन मन्त्री प्रेमबहादुर आले समेत सहभागी थिए। तस्बिर : शेरबहादुर सिंह/रासस

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।


Advertisement


प्रधानमन्त्री देउवाले बिहीबार सुदूरपश्चिमका पाँच जिल्लाका बाढीपहिरोपीडितको अवस्थाबारे जानकारी लिएका हुन्।

देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हेलिकप्टरमार्फत पुगेर प्रभावितहरूको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवा बिहान ८ बजे काठमाडौंबाट सुर्खेतका आएका थिए।

सुर्खेतबाट डोटीको दीपायल पुगेका उनी सैनिक ब्यारेकमा ल्याण्ड भएका थिए। त्यहाँ बाढीपहिरोको प्रभावबारे ‘ब्रिफिङ’को कार्यक्रम थियो।

त्यहाँबाट देउवा हेलिकप्टरमै बझाङको चैनपुर पुगेका थिए।

त्यसपछि बैतडीको थलारा र ढुंगाडको हवाई अवलोकन गरेर देउवा डडेल्धुराको जोगबुडा पुगेका थिए।

उनले कञ्चनपुरको दोधाराचाँदनीमा पुगेर बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका थिए।

बाढीपहिरोको जानकारी लिएपछि देउवाले प्रभावित र सरोकारवाला निकायसँग छलफलमा बसेका थिए।

छलफलमा देउवाले आफू काठमाडौं फर्केर क्षतिपूर्तिका लागि काम सुरू गर्ने बताए।

प्रधानमन्त्री देउवा बिहीबार राति धनगढीमै बस्ने र शुक्रबार काठमाडौं फर्कने कार्यक्रम रहेको सुरक्षा निकायले जानकारी दिएका छन्।

Copy link
Powered by Social Snap