२०८३ बैशाख २२

Author: Senior Editor Nima

पार्टी विभाजनले एमालेलाई कुनै असर गरेको छैन: प्रदीप ज्ञवाली

पार्टी विभाजनले एमालेलाई कुनै असर गरेको छैन: प्रदीप ज्ञवाली

राजनीति
नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गरेका छन्। Advertisement नेकपा एमाले रेसुङ्गा नगरकमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै उनले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनको विरूद्धमा रहेको बताए।  पार्टीका केन्द्रीय कमिटीबाट २३ प्रतिशत र स्थानीय तहबाट सात प्रतिशतमात्रै समाजवादीमा गएको जिकिर गर्दै सचिव ज्ञवालीले गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसीको कुरा भएको र एमाले छोडेकाहरू पनि फर्कने क्रम सुरू भएको जिकिर गरे।रासस ...
प्रदेश २ मा विश्वविद्यालय स्थापनासम्बन्धी दुई अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

प्रदेश २ मा विश्वविद्यालय स्थापनासम्बन्धी दुई अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

राजनीति
प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी २ वटा अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ।  आज बसेको मन्त्रिपरिषद बैठकले वीरगञ्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापनासम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ने छ।   Advertisement कृषि तथा प्राविधिकसम्बन्धी उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिकसम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरी कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्...
प्रधानन्यायाधीशले सत्तामा भाग खोज्नुमा देउवा र ओलीको पनि उत्तिकै दोष छ: शेखर कोइराला

प्रधानन्यायाधीशले सत्तामा भाग खोज्नुमा देउवा र ओलीको पनि उत्तिकै दोष छ: शेखर कोइराला

राजनीति
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सरकारमा भाग खोज्नुमा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि उत्तिकै दोष रहेको नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन्। प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग उठिरहेका बेला राजनीतिक दलहरू यो विषयमा मौन छन्। यसबारे कोइरालासँग गरेको कुराकानीमा उनले कांग्रेस चुप भए पनि आफूले भने कुरा राखिरहेको बताए। Advertisement ‘नेपाली कांग्रेस चुप छ तर मैले न्यायालयको विवादमा आफ्नो धारणा राखेको छु। प्रधानन्यायाधीश आफैं न्यायालय प्रमुख भएकाले न्यायपालिकालाई सही बाटोमा राख्ने जिम्मेवारी उहाँको हो। न्यायपालिकाले निष्पक्ष र स्वतन्त्र काम गर्ने हिसाबले उहाँले सोच्नुपर्यो। न्यायाधीश र वकिलहरूले नै न्यायालयभित्र प्रधानन्यायाधीशको विरोध गरिरहेका देखिन्छन्,’ उनले भने। प्रधानन्यायाधीशले निका...
एएफसी यू२३ छनोटमा नेपाल इरानसँग ४-० ले पराजित

एएफसी यू२३ छनोटमा नेपाल इरानसँग ४-० ले पराजित

खेलकुद
नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा इरानसँग पराजित भएको छ।  ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा ४ गोल खाँदा टोली ४-० ले पराजित हुन पुग्यो। इरानका लागि मेहदी, होसेन र यासिनले गोल गरे।  Advertisement दोस्रो हाफको सुरूआतमै नेपालले गोल खाएको थियो। खेलको ४७ औं मिनेटमा मेहदीले गोल गर्दै सुरूआती अग्रता दिलाए। त्यसअघि इरानले पहिलो हाफमा पेनाल्टी चुकाएका थियो। इरानका लागि होसेनले खेलको ७७ औं र ७९ औं मिनेटमा गोल गर्दै ३-० को अग्रता दिलाए । यासिनले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए । नेपालले अब विहिबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ । अन्तिम खेल आइतबार लेबनानविरुद्ध हुनेछ। आज हुने ...
प्रधानन्यायाधीशको विवादबारे एमाले बोल्नैपर्छ भन्ने छैन: ओली

प्रधानन्यायाधीशको विवादबारे एमाले बोल्नैपर्छ भन्ने छैन: ओली

राजनीति
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबारे आफ्नो दलले कुनै धारणा नराख्ने बताएका छन्। Advertisement मंगलबार बिहान मोरङमा प्रेस चौतारीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ओलीले यस विषयमा एमालेले बोल्नै पर्ने केही नभएको बताए। प्रधानन्यायाधीश राणाले अहिलेको सत्तारूढ गठबन्धनसँग मन्त्रालयमा भागबन्डा खोजेको, न्यायालयको सुधारमा अवरोध गरेको भन्दै उनले कि राजीनामा दिनु पर्ने कि संसदबाट महाअभियोग लगाउनु पर्ने माग उठिरहेका बेला ओलीले यस विषयमा एमाले तटस्थ रहने बताएका हुन्।   ‘पहिला संवैधानिक इजलास जबरजस्ती फेर्ने, अरूले केही गर्नु नपर्ने अनि सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नु पर्ने,’ ओलीले भने,‘यो राजनीति हो, यो दाउपेच हो। एमाले यसमा संलग्न हुँदैन।’ ओली सरकारमा ...
भीम रावल भन्छन्- सुदूरपश्चिमका कुनै पनि वडामा अधिवेशन भएको छैन

भीम रावल भन्छन्- सुदूरपश्चिमका कुनै पनि वडामा अधिवेशन भएको छैन

राजनीति
नेकपा एमाले उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन नभएको बताएका छन्। Advertisement संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष रावलले वडा अधिवेशनको विवरण आफूलाई प्राप्त नभएको बताए। 'वडा अधिवेशनको विवरण प्राप्त भएको छैन। सुदूरपश्चिममा कहीँ पनि वडा अधिवेशन भएको छैन,'उनले भने,'कर्णालीको पनि कतिपय ठाउँमा भएको छैन। कतिपय ठाउँमा पनि भएको छैन भन्ने सुनेको छु। तर सबै सूचना के हो, कसो हो प्राप्त भएको छैन।' एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने ६ हजार ७४३ वडामध्ये ६ हजारभन्दा बढी वडामा अधिवेशन भएको बताए। 'सुदूरपश्चिमका सबै वडामा अधिवेशन भएको छैन भन्नु गलत हो। बाढी प्रभावित कतिपय ठाउँमा वडा अधिवेशन भएको छैन,'उनले भने,'देशभरिको सूचना संकलन गरिरहेका छौं। ६ हजारभन्दा धेरै वडामा अधिवेशन भइसकेको छ।' ...
टि-ट्वान्टी विश्वकपमा आज अफगानिस्तान र स्कटल्याण्ड भिड्ने

टि-ट्वान्टी विश्वकपमा आज अफगानिस्तान र स्कटल्याण्ड भिड्ने

खेलकुद
युएईमा जारी सातौं संस्करणको टी-ट्वान्टी विश्वकपको अन्तर्गत सोमबार समूह ‘२’ का अफगानिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गर्दैछन्।  खेल शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा राति ७:४५ बजेबाट सुरू हुने छ। समूह चरणमा अपराजित रहेको स्कटल्याण्डले सुपर १२ मा पनि त्यहीँ लय समात्ने कोशिशमा हुनेछ। उसले तीनवटै खेलमा जित दर्ता गर्ने क्रममा बंगलादेशलाई ६ रनले, पपुवा न्युगिनीलाई १७ रनले तथा ओमानलाई ८ विकेटले पराजित गरेको थियो।  Advertisement स्कटल्याण्डका रिची बेरिंगटन, म्याथु क्रस तथा बलिङमा पेसर जोश डेभि राम्रो लयमा छन्।  स्कटल्याण्डको जितको लय अफगानिस्तान विरूद्ध कायम गर्न सहज भने हुनेछैन।  यस पटक अफगानी टिमका लागि उत्कृष्ट प्रदर्शन गर्नुपर्ने मुख्य चुनौती छ। पछिल्लो केही महिनायता मुलुक आन्तरिक राजनीतिमा अल्झिएको छ। गत अगष्टमा अफगानिस्तानमाथि...
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच चुनाव केन्द्रित छलफल

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच चुनाव केन्द्रित छलफल

राजनीति
निर्वाचन आयोगका पदाधिकारीले आगामी चुनावबारे केन्द्रित रहेर प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन्। Advertisement आउँदो फागुन २१ बाट रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनको मिति तोक्नेलगायत विषयमा आज छलफल भएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, ऊर्जामन्त्री पम्फा भुसाल, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुलगायतसँग छलफल गरेका थिए। स्थानीय तहको निर्वाचनबारे पनि आज कुराकानी भएको थियो। आयोगले चैतभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएको थियो। साथै प्रतिनिधि सभामा रिक्त चार सदस्य, प्रदेश सभामा रिक्त १८ सदस्य पदमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको आयोगले जनाएको छ। प्रधानमन्त्री देउवाले राष्ट्...
कर्णालीमा कांग्रेसलाई मुख्यमन्त्री छोड्न प्रचण्डको निर्णय कुर्दै माओवादी

कर्णालीमा कांग्रेसलाई मुख्यमन्त्री छोड्न प्रचण्डको निर्णय कुर्दै माओवादी

राजनीति
कर्णाली प्रदेशमा पछिल्लो समय मुख्यमन्त्री परिवर्तनको विषय पेचिलो बन्दै गएको छ। कर्णालीमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन्। सत्तारूढ अर्को दल नेपाली कांग्रेसले अब मुख्यमन्त्री आफूले पाउनु पर्ने माग गरिरहेको छ। शाही अल्पमतमा परेका बेला विश्वासको मत जुटाउन सहयोगी बनेको कांग्रेस अब आफूले नै मुख्यमन्त्री पाउनु पर्ने अडानमा छ तर माओवादी केन्द्रले मुख्यमन्त्री नछाड्ने मनस्थिति बनाएको छ। कांग्रेसले शाहीलाई मुख्यमन्त्रीमा विश्वासको मत दिनुअघि आलोपालो मुख्यमन्त्री बन्ने सहमति गरेको थियो। उक्त सहमतिअनुसार नै माओवादीले आफूलाई मुख्यमन्त्री छाड्नु पर्ने कांग्रेसको दाबी छ। Advertisement सत्ता हस्तान्तरणको समय नजिकिएका बेला माओवादी र कांग्रेसबीच सम्बन्ध सुमधुर देखिएको छैन। कांग्रेस र माधवकुमार नेपाल पक्षका चार सांसदको साथमा म...
बार प्रतिनिधिलाई प्रधानन्यायाधीशले भने- गजेन्द्र हमाललाई मन्त्री बनाउनमा मेरो कुनै संलग्नता छैन

बार प्रतिनिधिलाई प्रधानन्यायाधीशले भने- गजेन्द्र हमाललाई मन्त्री बनाउनमा मेरो कुनै संलग्नता छैन

राजनीति
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा।  प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्। पेसी व्यवस्थापनमा गोलाप्रथा र समसामयिक विषयमा प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेको नेपाल बारको कार्यसमितिसँग उनले यस्तो स्पष्टीकरण दिएका हुन्।  Advertisement छलफलमा उपस्थित एक सदस्यका अनुसार उनलाई बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले गोलाप्रथा लागू गर्न आलटाल गरेको र मन्त्रिपरिषदमा भाग खोजेको विषय के हो भनेर सोधेका थिए।  उनको प्रश्नमा उत्तर दिँदै राणाले हमाललाई मन्त्री बनाउन आफ्नो कुनै संलग्नता नरहेको र हमालसँग आफ्नो आउजाउसमेत नभएको उत्तर दिएका थिए। 'मेरो २०४१ सालमा मृत्यु भएको श्रीमतीको दाजु हो उहाँ। हाम्रो नाता त कायम छ तर अहिले हाम्रो आउजाउ राम्रो छैन। उहाँ मन्त्री भएको विषयमा मलाई जोडियो। उह...