२०८१ बैशाख ११

प्रदेश २ मा विश्वविद्यालय स्थापनासम्बन्धी दुई अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस

प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी २ वटा अध्यादेश जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ। 

आज बसेको मन्त्रिपरिषद बैठकले वीरगञ्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापनासम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।

प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ने छ।  


Advertisement


कृषि तथा प्राविधिकसम्बन्धी उच्चस्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिकसम्बन्धी अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेश स्तरी कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेश सभा सञ्चालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र साहले जानकारी दिए।

उनका अनुसार मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले ग्रिन सिटी क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र वीरगञ्जमा सरसफाइ, बिजुली बत्ती तथा वृक्षरोपण कार्य सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणको कार्यलाई प्राविधिकसहितको उच्चस्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराइ ढिलासुस्ती एवं गुणस्तरहीन काम गरिरहेको पाइएमा त्यस्ता ठेकेदार कम्पनीलाई बैंक ग्यारेन्टी जफतदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको प्रवक्ता मन्त्री साहले बताए।

Copy link
Powered by Social Snap