२०८१ बैशाख ७

बार प्रतिनिधिलाई प्रधानन्यायाधीशले भने- गजेन्द्र हमाललाई मन्त्री बनाउनमा मेरो कुनै संलग्नता छैन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा। 

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन्।

पेसी व्यवस्थापनमा गोलाप्रथा र समसामयिक विषयमा प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेको नेपाल बारको कार्यसमितिसँग उनले यस्तो स्पष्टीकरण दिएका हुन्। 


Advertisement


छलफलमा उपस्थित एक सदस्यका अनुसार उनलाई बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले गोलाप्रथा लागू गर्न आलटाल गरेको र मन्त्रिपरिषदमा भाग खोजेको विषय के हो भनेर सोधेका थिए। 

उनको प्रश्नमा उत्तर दिँदै राणाले हमाललाई मन्त्री बनाउन आफ्नो कुनै संलग्नता नरहेको र हमालसँग आफ्नो आउजाउसमेत नभएको उत्तर दिएका थिए।

‘मेरो २०४१ सालमा मृत्यु भएको श्रीमतीको दाजु हो उहाँ। हाम्रो नाता त कायम छ तर अहिले हाम्रो आउजाउ राम्रो छैन। उहाँ मन्त्री भएको विषयमा मलाई जोडियो। उहाँलाई मन्त्री बनाउन मेरो संलग्नता पनि छैन। प्रधानन्यायाधीशजस्तो मान्छे, जसले जे भन्छ मुख लाग्न मिल्दैन,’ प्रधानन्यायाधीशलाई उद्धृत गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने।

उनले मुद्दाको पेसी तोक्नमा गोलाप्रथा लागू गर्न आफू तयार भएको पनि बताएका छन्।

‘मलाई गोलाप्रथा लागू गर्न केही समस्या छैन। भोलिदेखि नै गर्न पनि म तयार छु। तर तपाईंहरूले यसबारे मलाई मात्र भनेर हुन्न,’ उनको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने।

सोमबार बस्ने सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा बारका प्रतिनिधि पनि उपस्थिति हुने र यस विषयमा टुंगो लगाउने उनले जानकारी दिए।

विस्तृत आउँदै…

Copy link
Powered by Social Snap