


चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन आज स्वदेश फर्कने भएका छन्।
Advertisement



आज अपरान्ह वर्षमान चार्टर विमानमार्फत् नेपाल आउने भएका हुन्।
पूर्वसभामुखसमेत रहेकी वर्षमान पत्नी ओनसरी घर्ती पनि सँगै नेपाल आउनेछिन्। वर्षमानको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गरिएको थियो।
वंशाणुगत जण्डिसका बिरामी वर्षमान जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो।
हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा छ।
बैंकक जाँदा बिलुरुबिनको मात्रा ३४ थियो। चिकित्सकहरुका अनुसार स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने र त्यसभन्दा माथि भए जण्डिस भएको मानिन्छ।





