२०८१ बैशाख ४

राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालको बधाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरूलाई बधाई दिएका छन् ।


Advertisement


उनले जारी गरेको सन्देशमा विजयीहरूको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी भएका पाँच सदस्यलाई पनि बधाई तथा सफलताको कामना गरिएको छ ।

राष्ट्रियसभामा १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी (गरिमा) शाह, केन्द्रीय सदस्यहरू उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्रलक्ष्मी गैरे तथा गठबन्धनबाट अन्य १३ सदस्य र नेकपा (एमाले)बाट एक सदस्य निर्वाचित भएका छन् । रासस

Copy link
Powered by Social Snap