२०८३ कार्तिक १३

सभामुख र फ्रान्सेली प्रतिनिधि मण्डलबीच भेट

सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ। 


Advertisement


बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख सापकोटासँग अध्यक्ष भेरोनिक रियोतोँ  नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेका हुन्। 

भेटमा उनले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध अझै सुमधुर भएर जाने विश्वास व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ। 

अध्यक्ष रियोतोँले दुई मुलुकबीचको विकास साझेदारीलाई अझ गतिका साथ अघि बढाउन आफूहरू अझै सक्रियताका साथ लागिपर्ने बताएका थिए।

भेटवार्तामा दुवै मुलुकका संसदीय अभ्यास र त्यसका अनुभवहरूबारे पनि छलफल गरिएको थियो।  


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap