२०८३ कार्तिक १२

मतपत्रको रङ हरियो बनाउने आयोगको निर्णयमा ओलीको आपत्ति

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्न किन खोजेको हो भन्दै प्रश्न गरेका छन्। 


Advertisement


निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको थियो। 

ओलीले मंगलबार नेपाल महिला संघले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा निर्वाचन आयोगले के कारणले त्यस्तो चिन्ह राख्न खोजेको भन्दै त्रुटि सच्याउन माग गरेका छन्। 

‘निर्वाचन आयोगको मतपत्रका चिन्हहरूमा हरियो राख्ने भयो अरे। हरियो चिन्ह किन राख्ने? के कारणले राख्ने? निर्वाचन आयोगले बताउनु परो। हो कि होइन उहाँहरूलाई सोध्न भ्याएको छैन। म व्यस्त छु। यदि हो भने के कारणले हो? धार्मिक हिसाबले राख्ने हो? कसैको हरियो देखिने चिन्ह छ भनेर हो कि? केका लागि राख्ने?,’ ओलीले प्रश्न गरे, ‘सबैतिर जनता नै आँखा नदेख्ने, कमजोर आँखा भएकाले हरियो रूखैरूख देखोस् भनेर हरियो राख्ने हो कि? यदि होइन भने लेख्ने सञ्चार माध्यमले त्रुटि सच्याउनुपर्छ। आयोगले गरेको भए यस्तो त्रुटि सच्याउनुपर्छ।’

निर्वाचन आयोगका अनुसार यसपालि विगतका निर्वाचनहरूमा प्रयोग गरिएका रङले मतपत्र बदर हुने, अस्पष्ट हुने भएकाले झलक्क देखिने गरी हरियो चिन्ह राख्न खोजिएको हो। 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘स्ट्याम प्याड पनि नीलो, चिन्ह पनि नीलो, धर्को पनि नीलो हुँदा जुन खालको स्पष्टता आउनुपर्थ्यो आएन। झलक्क देखिएन। यसलाई चहकिलो बनाउन खोजिएको हो।’ 

उनका अनुसार यसपालि विगतको निर्वाचनमा झैं नीलो स्वस्तिक चिन्ह हुनेछ। सेतो कागजको मतपत्रमा निर्वाचन चिन्ह, धर्का, सिरियल नम्बर चाहिँ हरियो हुनेछन्। 

सोमबार आयोगले आगामी स्थानीय निर्वाचनको तयारीबारे पत्रकार सम्मेलन गर्दा हरियो चिन्ह प्रयोग गर्ने बताएपछि एमाले अध्यक्ष ओली आक्रोशित बनेका हुन्। 

अहिले आयोगले निर्वाचनसम्बन्धी छपाइ सामग्री, निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखाना, सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरू सूचीकृतका लागि सार्वजनिक सूचना जारी गरेको छ। 

स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिन्ह विवरण तथा सुरक्षण चिन्हहरू हरियो एसकेड्यास-३०८१ स्पेसक्ट्रम ब्राइट ग्रीन मसीले छपाइ गर्ने गरी आयोगबाट निर्णय भएको शर्माले बताएका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap