२०८३ कार्तिक ११

जसपाले बनायो तीन सदस्यीय पार्टी हेडक्वार्टर

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन सदस्यीय पार्टी हेडक्वार्टर गठन गरेको छ।

कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय गर्नेछ।


Advertisement


आज बसेको केन्द्रीय समिति बैठकले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वार्टर गठन गरेको हो।

पार्टीका एक नेताले दिएको जानकारीअनुसार केन्द्रीय समितिले पार्टी हेडक्वार्टर गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।

साथै स्थानीय तह निर्वाचनका लागि वरिष्ठ नेता अशोक राईको हस्ताक्षर चलाउने निर्णय पनि भएको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap