२०८३ बैशाख १७

Author: Senior Editor Nima

अमेरिकी सिनेटर होलेन भदौ तेस्रो साता नेपाल आउँदै

अमेरिकी सिनेटर होलेन भदौ तेस्रो साता नेपाल आउँदै

राजनीति, समाचार
काठमाडौँ — अमेरिकी सिनेटर (सांसद) क्रिस भान होलेन भदौ तेस्रो साता नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । मेरिल्यान्डबाट प्रतिनिधित्व गर्ने सिनेटर होलेनले ८ दिनको दक्षिण एसिया भ्रमणमा आउन लागेका हुन् । उनी नेपालमा कुन दिन आउने भन्नेबारे भने प्रस्ट पारिएको छैन । यो क्रममा नेपाल, श्रीलंका र माल्दिभ्सको भ्रमण गर्ने होलेनको सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ । उनी विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन् । उनको ८ दिनमा तीनै मुलुकका प्रमुख सरकारी अधिकारीहरू, नागरिक समाज संगठनहरू, उद्योगी, सम्बन्धित मुलुकमा दूतावासका कर्मचारीहरू र प्रत्येक राष्ट्रमा काम गर्ने अमेरिकीहरू र मेरिल्यान्डका व्यक्तिहरूसँग ५० भन्दा बढी भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । होलेनले आफ्नो भ्रमणका क्रममा प्रत्येक राष्ट्रहरूसँग अमेरिकाको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन ...
प्रतिनिधि सभाका १० वटै समितिको बैठक बस्दै

प्रतिनिधि सभाका १० वटै समितिको बैठक बस्दै

राजनीति
प्रतिनिधि सभाअन्तर्गत १० वटै विषयगत समितिको बैठक सोमबार बस्दै छ। समितिको सभापति निर्वाचनका लागि सबै विषयगत समितिको बैठक दिउँसो ३ बजे बाेलाइएको हो। संसदीय समितिको बैठकमा आज सभापति घोषणा हुने छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हितबाहेक अन्य ९ वटा समितिमा एकल उम्मेदवारी परेको छ। यसमा मात्रै निर्वाचन हुन लागेको हो। उद्योग तथा वाणिज्य समितिमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षीका तर्फबाट जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीले गणेश पराजुली उम्मेदवार बनेका छन्। दिउँसो ३ बजे प्रस्ताव प्रस्तुत गर्ने मतदानको प्रक्रिया अघि बढ्ने छ। आइतबार कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवाले उम्मेदवारी दिएका थिए। एकल उम्मेदवारी परेका कारण तीनै ज...
उद्योग तथा वाणिज्य समिति सभापतिको निर्वाचन आज हुँदै

उद्योग तथा वाणिज्य समिति सभापतिको निर्वाचन आज हुँदै

राजनीति
प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्वाचन सोमबार हुँदै छ। उद्योग तथा वाणिज्य समितिमा सत्ता साँझेदार र प्रमुख प्रतिपक्षी दलका साझा उम्मेदवार जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीबीच प्रतिस्पर्धा हुँदै छ। अरू ९ वटा विषय गत समितिका सभापति भने निर्विरोध निर्वाचित भइसकेका छन्। उद्योग तथा वाणिज्य समितिमा प्रस्तावकहरूले प्रस्तुत गर्ने र समर्थकहरूले प्रस्तावमा समर्थन जनाएपछि मतदान हुने छ। आइतबार कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवाले उम्मेदवारी दिएका थिए। एकल उम्मेदवारी परेका कारण तीनै जना निर्विरोध सभापति चयन भएका छन्। त्यस्तै नेकपा (एमाले)बाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पो...
काठमाडौं, ललितपुर र भक्तपुरमा ‘पारिवारिक इजलास’ सञ्चालन हुने

काठमाडौं, ललितपुर र भक्तपुरमा ‘पारिवारिक इजलास’ सञ्चालन हुने

राजनीति
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कार्यभार सम्हाल्दा बखत घोषणामध्येको एक हो– पारिवारिक इजलास सञ्चालन । पारिवारिक मुद्दाका लागि छुट्टै अदालत नै हुनुपर्ने पक्षमा रहेका प्रधानन्यायाधीश श्रेष्ठ त्यो तयारी पूरा नहुँदै पारिवारिक इजलास सञ्चालनको तयारीमा छन् । उनले आफ्नो तयारी काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाबाट कार्यान्वयन गर्ने घोषणसमेत गरेका छन् । “पारिवारिक इजलास सञ्चालन गर्ने हो । त्यसका लागि केही तयारी चाहिन्छ,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “मैले घोषणा गरिसकेको हुँदा चाँडै पारिवारिक इजलास सञ्चालन गर्छु ।” श्रेष्ठले पारिवारिक इजलासको सुरुआत काठमाडौं, ललितपुर र भक्तपुरबाट गर्ने बताए । “काठमाडौंमा दुईवटा, ललितपुरमा एउटा र भक्तपुरमा एउटा पारिवारिक मुद्दा हेर्ने गरी ‘डेलिकेटेड’ इजलास सञ्चालन गराउँछु,” श्रेष्ठले भने, “ती इजलासका लागि डेडिकेटेड न्यायाधीश नै तोकि...
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि निर्वाचन हुँदै 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि निर्वाचन हुँदै 

आर्थिक
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि आज निर्वाचन हुने भएको छ ।  समिति सभापतिका लागि जनमत पार्टीबाट अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुलीको उमेदवारी परेको छ । सत्तारुढ दलले जनमत पार्टीका खानलाई सहयोग गर्ने सहमति भएको छ । निर्वाचन दिउँसो ३ बजे हुनेछ ।  एक समितिबाहेक भागबण्डाका आधारमा संसदीय समितिका सभापति बनााइँदै छ । निर्वाचनको नौ महिनापछि प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समितिले सभापति पाउने भएका हुन् ।   भागबण्डाका कारण नौवटा समितिका सभापति सर्वसम्मत् हुने भएका छन् ।  दलहरूबीच भागबण्डामा ‘कुरा नमिल्दा’ लामो समयसम्म समितिले सभापति पाएका थिएनन् । समितिका सभापतिले राज्यमन्त्री सरहको सुविधा पाउँछन् । ...
अनेरास्ववियुको अध्यक्षमा आरती लामा

अनेरास्ववियुको अध्यक्षमा आरती लामा

राजनीति
काठमाडौँ — नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा आरती लामा चयन भएकी छन् । राजधानीमा आइतबार सम्पन्न भेलाले महासचिवमा महेश श्रेष्ठलाई चयन गरेको छ । भेलाले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो । यसअघि लामा संगठनको महासचिव थिइन् । अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी संगठनबाट बिदा लिएपछि नयाँ कमिटी चयन गरिएको हो । 'राजधानीमा तीन दिनसम्म चलेको भेलाले केन्द्रीय कमिटीलाई पुनर्गठन गरेको हो,' लामाले भनिन्, 'फागुनमा संगठनको महाधिवेशन गर्ने निर्णय पनि गरेका छौं । केही दिनभित्र कार्यालय पनि तय गरिनेछ ।' ...
देशमा अस्थिरता चाहनेहरुले द्वन्द्वमा धकेल्न कोसिस गरिरहेका छन् : कोइराला

देशमा अस्थिरता चाहनेहरुले द्वन्द्वमा धकेल्न कोसिस गरिरहेका छन् : कोइराला

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरुले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोसिस गरिरहेको बताएका छन् । 'देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक-धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, त्यो हामी कदापि स्विकार्न सक्दैनौं,' कोइरालाले भने । धार्मिक मुद्दाले पेचिलो बन्दै गएका बेला आइतबार धरान पुगेका नेता कोइरालाले सुनसरी क्षेत्र नं-१ मा कांग्रेसले सञ्चालन गरेको 'ग्रिन एण्ड क्लिन धरान अभियान -२०८०' को समापन गर्दै हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले नै ग्यारेन्टी गरेको स्मरण गराए । उनले धर्मका नाममा राजनीति गर्न नहुने र नगर्न आग्रह गरे । उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सद्भाव कायम गर्दै संयमित हुन कोइरालाले धरानवासीमा आग्रह समेत गरे । नेता कोइरालाले यदि कुनै एक ठाउँबाट साम्प्रदायिक दंग...
लोकतन्त्रको उपयोग गर्न संसदीय समितिमा उमेदवारी दियौँ : गणेश पराजुली

लोकतन्त्रको उपयोग गर्न संसदीय समितिमा उमेदवारी दियौँ : गणेश पराजुली

देश, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिनबाट सरकार चुकेको बताएका छन् ।  आइतबार संसदीय समितिअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सभापतिका लागि उमेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो पार्टीले सभापतिमा उमेदवारी दिएर लोकतन्त्रको अधिकतम उपयोग गरेको बताए । उनले प्रमुख प्रतिपक्षले सार्वजनिक लेखा समिति लिनुपर्नेमा अरू पनि समिति राजनीतिक भागबन्डामा लिइरहेको आरोप पनि लगाए । "हाम्रो पार्टीले लोकतन्त्रको अधिकतम उपयोग गर्दै निर्वाचनमा भाग लिने र उपस्थिति देखाउन आएका छौँ । राजनीतिमा सधैँ दूषित खेल मात्रै खेल्नुहुँदैन, निर्वाचन प्रक्रियामा भाग लिनुपर्छ भनेर नै हामी भाग लिएका हौँ," उनले भने ।  ...
सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमतिमा जोड दिएको छु : प्रधानमन्त्री

सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमतिमा जोड दिएको छु : प्रधानमन्त्री

राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताएका छन् । मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै उनले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढने प्रयास आफूले गरिरहेको बताए । आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वास समेत व्यक्त गरे । ललितानिवास प्रकरणको सबै अभियोजन सरकारी वकिलको कार्यालयमा बुझाएको स्मरण गर्दै उनले आजको दिनलाई आफूले सुशासनको पक्षमा एक कदम अगाडि बढेको दिनको रुपमा लिएको पनि बताए ...
मलाई संविधान मिचेको भन्नेहरूको वास्तविकता कोसी प्रदेशमा देखियो : ओली

मलाई संविधान मिचेको भन्नेहरूको वास्तविकता कोसी प्रदेशमा देखियो : ओली

राजनीति
विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पहिला आफूलाई संविधान मिचेको आरोप लगाउनेहरूको वास्तविकता अहिले देखिएको बताएका छन् । पहिले ‘स्याल हुइँया’ गर्नेहरू अहिले संविधानविपरीत काम गर्दा चुइँक्क नबोलेको ओलीले आरोप लगाए । आइतबार विराटनगरमा एमाले कोसी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “उनीहरू त म्युजिकल चेयरका खेलाडीभन्दा माथिका पनि देखिएनन् ।” कुर्सीमा कुदेर झ्याप्प बस्ने र विजेता घोषित गरिहाल्ने परिपाटी देखिएको ओलीको भनाइ थियो । कोसी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वास मतको विषय कोट्याउँदै उनले मत सच्याउने समय घर्किसकेको अवस्थामा सभाध्यक्षलाई मतदान गराउनु तमासा मात्र भएको जिकिर गरे । सत्ता गठबन्धनको ध्यान कुर्सीमा मात्र भएको उनको आरोप छ । उनले भने, “संविधानविपरीत होस् कि कानुनविपरीत होस्, जसरी पनि सत्ता कब्जा गर्ने मनसाय देखियो ...