२०८१ बैशाख २६

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि निर्वाचन हुँदै 




काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिका लागि आज निर्वाचन हुने भएको छ । 


Advertisement


समिति सभापतिका लागि जनमत पार्टीबाट अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुलीको उमेदवारी परेको छ । सत्तारुढ दलले जनमत पार्टीका खानलाई सहयोग गर्ने सहमति भएको छ । निर्वाचन दिउँसो ३ बजे हुनेछ । 



एक समितिबाहेक भागबण्डाका आधारमा संसदीय समितिका सभापति बनााइँदै छ । निर्वाचनको नौ महिनापछि प्रतिनिधिसभाअन्तर्गतका १० विषयगत समितिले सभापति पाउने भएका हुन् ।  

भागबण्डाका कारण नौवटा समितिका सभापति सर्वसम्मत् हुने भएका छन् । 

दलहरूबीच भागबण्डामा ‘कुरा नमिल्दा’ लामो समयसम्म समितिले सभापति पाएका थिएनन् । समितिका सभापतिले राज्यमन्त्री सरहको सुविधा पाउँछन् ।

Copy link
Powered by Social Snap