२०८१ जेष्ठ ७

अनेरास्ववियुको अध्यक्षमा आरती लामा




काठमाडौँ — नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा आरती लामा चयन भएकी छन् । राजधानीमा आइतबार सम्पन्न भेलाले महासचिवमा महेश श्रेष्ठलाई चयन गरेको छ ।


Advertisement


भेलाले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो । यसअघि लामा संगठनको महासचिव थिइन् ।



अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी संगठनबाट बिदा लिएपछि नयाँ कमिटी चयन गरिएको हो । ‘राजधानीमा तीन दिनसम्म चलेको भेलाले केन्द्रीय कमिटीलाई पुनर्गठन गरेको हो,’ लामाले भनिन्, ‘फागुनमा संगठनको महाधिवेशन गर्ने निर्णय पनि गरेका छौं । केही दिनभित्र कार्यालय पनि तय गरिनेछ ।’

Copy link
Powered by Social Snap