२०८० चैत्र १५

सत्तागठबन्धन बैठक बस्दै, पोखरा कसले लिने भन्नेमा विवाद

बालुवाटारमा आज पनि सत्तागठबन्धन बैठक बस्ने भएको छ।


Advertisement


छ महानगरपालिका र ११ उपमहानगरपालिका कहाँ कसले लिने भन्ने भागबन्डा टुंग्याउन आज बिहान ११:३० बजे बालुवाटारमा शीर्ष नेताहरूसहित बैठक बस्न लागेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तागठबन्धनमा रहेका दलका अध्यक्षहरू र शीर्ष नेताहरू छलफलमा जुट्न लागेका हुन्।

सोमबार पनि शीर्ष नेताहरूको बैठक बिहानदेखि साँझसम्म बसेको थियो।

छ महानगरको भागबन्डा करिब टुंगिएको छ। पोखरा महानगर कसले लिने भन्नेमा विवाद देखा परेको छ। पोखरामा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले दाबी छाडेका छैनन्।

कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर लिएर अरू तीन महानगर तीन दललाई छाड्न प्रस्ताव भएको छ। जसपालाई वीरगञ्ज, एकीकृत समाजवादीलाई पोखरा र माओवादी केन्द्रलाई भरतपुर महानगर छोड्न प्रस्ताव गठबन्धनभित्र भएको थियो।

अन्यत्र करिबकरिब भागबन्डाबारे सहमतिमा पुगे पनि पोखरा एकीकृत समाजवादीलाई छाड्ने पक्षमा कांग्रेस नदेखिएको हो। पोखरा कुन दललाई दिने र ११ उपमहानगरमा कहाँ कसले लिने भन्ने आज तय गर्ने दलहरूको तयारी छ।

कांग्रेस कास्कीले पोखरा महानगर छाड्न चाहेको छैन। 

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महानगर र उपमहानगरबारे गठबन्धनभित्र सहमति नजिक पुगिएको बताएका छन्। उनले आज सहमतिमा पुगिने दाबी गरेका छन्।

Copy link
Powered by Social Snap