२०८३ बैशाख २६

Author: Senior Editor Nima

‘प्रशिक्षकले क्याम्प छाडेर जा भनेपछि बाध्य भयौं’

‘प्रशिक्षकले क्याम्प छाडेर जा भनेपछि बाध्य भयौं’

खेलकुद
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफूहरू बन्द प्रशिक्षण छाड्न बाध्य भएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बिद्रोह गरेका खेलाडीले बताएका छन् । Advertisement बिद्रोह गरेका खेलाडीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर प्रशीक्षण छाडेको बताएका हुन्। पटक पटक विवादमा पर्दै आएका अलमुताइरीसँग खेलाडीको विवाद भने पहिलो पटक सार्वजनिक भएको हो। एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको फुटबल टोलीका ९ सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मंगलबार प्रशिक्षण क्याम्प छाडेका थिए। राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्...
गगनलाई ओलीको व्यंग्य: जब चाहियो भने बालकोट आउनू,ट्युसन खोल्न आउने भए ठाउँ मिलाइदिन्छु

गगनलाई ओलीको व्यंग्य: जब चाहियो भने बालकोट आउनू,ट्युसन खोल्न आउने भए ठाउँ मिलाइदिन्छु

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरूलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।  उनले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताए। अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहोर्‍याए। उनले कांग्रेसमा राजनीतिक सोच नभएका व्यक्तिहरू उम्मेदवारमा आएको बताए।उनले नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहलाई बिना संकल्प र राजनीतिक सोच नभएको आरोप समेत लगाए। Advertisement अध्यक्ष ओलीले नेकपा एमालेको स्थानीय निर्वाचन घोषणापत्रमा बहसका लागि आउन चुनौती दिए।  उनले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परी...
च्याम्पियन्स लिग : भिल्लारियलविरूद्धको पहिलो लेगमा लिभरपुल विजयी

च्याम्पियन्स लिग : भिल्लारियलविरूद्धको पहिलो लेगमा लिभरपुल विजयी

खेलकुद
युरोपियन च्याम्पियनस लिगअन्तर्गत सेमिफाइनलको पहिलो खेलमा लिभरपुल विजयी भएको छ। Advertisement इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० गोलले पराजित गरेको हो। लिभरपुलको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ५३ मिनेटमा इस्टुपिनानले आत्मघाती गोल गरेपछि  लिरभपुलले अग्रता लिन सफल भयो। लिभरपुलका जोर्डन हर्नान्डेजको क्रस रोक्ने क्रममा इस्तुपिनानले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। ५५ मिनेटमा साडियो मानेले लिभरपुलको अग्रता दोब्बर पारेका थिए। उनले सलाहको पासमा गोल गरेका थिए। यसअघि अर्को सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई ४-३ गोलले हराएको थियो। दुवै सेमिफाइनलको दोस्रो लेग आगामी साता हुनेछ। ...
ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे: माधव नेपाल

ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे: माधव नेपाल

राजनीति
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन्। Advertisement बिहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र नेकपा (एकीकृत समाजवादी) को एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन्।  उनले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी ओली प्रधानमन्त्री हुँदा ओम्नी प्रकरणमा जनतालाई लुट्ने र चुस्ने काम गरेको आरोप लगाए।  उनले आफूले जनताको सेवा गरे पनि ओलीले जनतालाई दुःख दिने काम गरेको बताए।  अध्यक्ष नेपालले आफूले इमान्दारिता र निष्ठाको राजनीति गरेको तर ओलीले बेइमानी र जालझेलको राजनीति गर्ने गरेको आरोप लगाए। अध्यक्ष नेपालले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा पनि केही काम गर...
नवौं राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा खेल हुने

नवौं राष्ट्रिय खेलकुद : गण्डकीका सबै जिल्लामा खेल हुने

खेलकुद
सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ। अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेपछि प्रतियोगिताको तयारी थालिएको छ।  गण्डकीमा हुने प्रतियोगितामा पुराना ३५ सहित रग्बी र ठेलो खेल थप गर्ने प्रस्ताव गरिएको छ। आयोजक प्रदेशले यहाँको मौलिक दोहोरी तथा लोक नृत्यलाई पनि प्रतियोगितामा थप गर्न प्रस्ताव गरेको छ। प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ। Advertisement ‘सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्रस्ताव पठाएका छौं’, समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले भने...
सुपरस्टार फेरि ‘फ्लप’, २० वर्षीय युवा ब्याट्सम्यानको सानदार प्रदर्शन

सुपरस्टार फेरि ‘फ्लप’, २० वर्षीय युवा ब्याट्सम्यानको सानदार प्रदर्शन

खेलकुद
आइपिएल-२०२२ मा मंगलबार राति भएको राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको थियो। एकातर्फ राजस्थान रोयल्सका जोस बटलरले थिए। जसले यो सिजन अहिलेसम्म तीन शतक प्रहार गरेका छन्, बटलरसँगै कप्तान सन्जु सामसन र शिमरोन हेटमायर जस्ता उत्कृष्ट ब्याट्सम्यान राजस्थानका आसा थिए। अर्कोतर्फ बैंगलोरमा विराट कोहली, फाप डु प्लेसिस, ग्लेन म्याक्सवेल र दिनेश कार्तिक जस्ता प्रतिभावान ब्याट्सम्यान थिए। तर खेलमा दुवै टोलीका सुपरस्टार खेलाडी असफल भए। २० वर्षीय युवा ब्याट्सम्यान रियान परागले राजस्थानका स्टार खेलाडीको असफलताको पूरा फाइदा उठाए। Advertisement पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेटको क्षतिमा १४४ रनको सामान्य योगफल खडा गरेको थियो। जवाफी ब्याटिङ गरेको बैंग्लोर ३ खेल खेल्न बाँकी छदा ११५ रनमै अलआउट हुँदा २९ रनले पर...
सरकारले सशस्त्र प्रहरीको एआइजीमा राजु अर्याललाई गर्‍यो बढुवा, आइजिपी बन्ने पक्का

सरकारले सशस्त्र प्रहरीको एआइजीमा राजु अर्याललाई गर्‍यो बढुवा, आइजिपी बन्ने पक्का

राजनीति
सरकारले सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई सशस्त्र अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ। Advertisement मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।  गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा राजु अर्यालको नाम सिफारिस गरेको थियो।  गत चैत ३० गते पुष्पराम केसी महानिरीक्षक (आइजिपी) बाट भएका थिए। तीस वर्षे अवधिका कारण उनले २१ दिनमै अनिवार्य अवकाश पाउने भएका हुन्। केसी २०७९ वैशाख १८ सम्म नेतृत्वमा रहने छन्। अर्याल अतिरिक्त महानिरीक्षक भएसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ। सशस्त्र प्रहरी नियमावलीअनुसार सशस्त्र प्रहरी अत...
सातामा दुई दिन बिदा दिने लगायतका यी हुन् मन्त्रिपरिषदका १९ निर्णयहरू

सातामा दुई दिन बिदा दिने लगायतका यी हुन् मन्त्रिपरिषदका १९ निर्णयहरू

राजनीति
सरकारले आगामी जेठ १ गतेबाट साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। Advertisement मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षणका लागि २०७९ जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। दुई दिन सार्वजनिक बिदा दिने भएसँगै सोमबारदेखि शुक्रबारसम्म विहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। यस्तै, अरू बिभिन्न १९ वटा निर्णयसमेत गरेको छ। हेर्नुहोस् अरू के के निर्णय गर्‍यो--- ...
विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी भिड्ने

विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी भिड्ने

खेलकुद
विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका चार खेलाडी भिड्ने भएका छन्। विश्व बक्सिङमा सहभागी हुने खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणका लागि बोलाएको छ। Advertisement अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ विश्व महिला बक्सिङ च्याम्पियनसिप -२०२२  मे ६ देखि २१ सम्म टर्कीकाे इस्तानबुल शहरमा हुँदैछ। १२ औं संस्करणको च्याम्पियनसिपमा नेपालका लागि ४८ केजी ताैल समूहमा सुष्मा तामाङ, ५२ केजी ताैल समूहमा १३ औं साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी ताैल समूहमा चन्द्रकला थापा र ६० केजी ताैल समुहमा १३ औं साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन्। सहभागी ४ जना खेलाडी थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप खेलेर आएका खेलाडी हुन्। जस मध्ये पुनम रावलले कास्य पदक जितेकी थिइन्। रावलले जितेकाे पदक १२ वर्ष पछि...
तीन महिनाभित्र मन्त्री र कर्मचारीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न मुख्यमन्त्री आदित्यनाथको निर्देशन 

तीन महिनाभित्र मन्त्री र कर्मचारीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न मुख्यमन्त्री आदित्यनाथको निर्देशन 

राजनीति
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्ना सबै मन्त्री र सरकारी कर्मचारीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन्। Advertisement मुख्यमन्त्री आदित्यनाथले सबै मन्त्री र सरकारी कर्मचारीलाई आफू र आफ्ना परिवारको नाममा रहेको चल अचल सम्पती तीन महिना भित्र सार्वजनिक गरिसक्न निर्देशन दिएका हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार योगी आदित्यनाथले सरकारी काममा मन्त्री र कर्मचारीलाई परिवारका सदस्यको कुनै पनि हस्तक्षेप हुन नहुनेसमेत सचेत गराएका छन्। लोकभवनमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा योगी आदित्यनाथ यस्तो निर्णय गरेका हुन्। स्वच्छ लोकतन्त्रका लागि जन-प्रतिनिधिको आचरण अत्यन्तै आवश्यक रहेको भन्दै उनले यसै भावना अनुसार सबै मन्त्रीलाई सपथ लिन तीन महिना भित्रमा आफ्नो र परिवारका सदस्यहरूको चल अचल सम्पती सार्वजनिक गर्न आदेश दिएका हुन्...