२०८३ कार्तिक १२

विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी भिड्ने

विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका चार खेलाडी भिड्ने भएका छन्। विश्व बक्सिङमा सहभागी हुने खेलाडीलाई नेपाल बक्सिङ संघले बन्द प्रशिक्षणका लागि बोलाएको छ।


Advertisement


अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ विश्व महिला बक्सिङ च्याम्पियनसिप -२०२२  मे ६ देखि २१ सम्म टर्कीकाे इस्तानबुल शहरमा हुँदैछ।

१२ औं संस्करणको च्याम्पियनसिपमा नेपालका लागि ४८ केजी ताैल समूहमा सुष्मा तामाङ, ५२ केजी ताैल समूहमा १३ औं साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी ताैल समूहमा चन्द्रकला थापा र ६० केजी ताैल समुहमा १३ औं साग स्वर्ण रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी ४ जना खेलाडी थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ्ग च्याम्पियनसिप खेलेर आएका खेलाडी हुन्। जस मध्ये पुनम रावलले कास्य पदक जितेकी थिइन्।

रावलले जितेकाे पदक १२ वर्ष पछिनेपालले जितेकाे पदक हाे। १२ वर्ष पहिला हालका आइबा थ्रीस्टार काेच दिपक महर्जनले कास्य पदक  जितेका थिए ।

अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आइबा थ्री स्टार काेच दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिइरहेका छन्।

प्रतियोगितामा ८३ देशका ३९२ जना खेलाडीहरुले नाम दर्ता गराईसकेका छन्। प्रतियोगितामा प्रथम, दितिया र तृतीय हुनेले क्रमश: एक लाखऽ ५० हजार र २५ हजार अमेरिकी डलर नगद पुरस्कार पाउने छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap