२०८३ बैशाख २६

Author: Senior Editor Nima

काठमाडौंको रूपान्तरण गर्ने स्वतन्त्र उमेदवारको दाबी

काठमाडौंको रूपान्तरण गर्ने स्वतन्त्र उमेदवारको दाबी

राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार सुशील थापाले काठमाडौंको रूपान्तरणका लागि काम गर्ने दाबी गरेका छन् ।  Advertisement मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थापाले महानगरलाई राजनीतिको फोहरी सट्टापट्टाबाट टाढा राखेर रूपान्तरणका लागि काम गर्ने दाबी गरेका हुन् ।  लामो समय महानगरको विकासका लागि धेरै काम गर्ने प्रतिबद्धता आएपनि पूरा हुन नसक्नु दुखद भएको भन्दै उनले अब पार्टीमा सरोकार नराखि महानगरको विकास गर्नुपर्ने जिकिर गरे । उनले सबै दलहरू एकातर्फ र अर्कोतर्फ आफ्नो स्वतन्त्र उमेदवारी रहेकाले सफल हुने उल्लेख गरे ।  त्यस्तै महानगरकी स्वतन्त्र उमेदवार रिङ्कु श्रेष्ठले महानगरका चार प्राथमिकता सेवा र सुरक्षा, वातावरण, विकास र व्यवसाय तथा संस्कृति र सम्पदा रहेको बताइन् ।  ...
खेलाडीलाई आर्थिक सहयोग

खेलाडीलाई आर्थिक सहयोग

खेलकुद
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत रहेको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले मंगलबार स्वास्थ्योपचार गराइरहेका विभिन्न पाँच खेलका ६ खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई गरी कुल पाँच लाख ५६ हजार ८४३ रुपैयाँ सहयोग गरिएको हो । Advertisement नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक जिताएका एथलेटिक्सका जितबहादुर केसी र कराँतेका विष्णु नेपालीलाई समान एक लाख २५ हजार रुपैयाँ प्रदान गरियो । भलिबलकी रिया कुँवरलाई ६३ हजार ९२९, आईटीएफ तेक्वान्दोका दीपक गौतमलाई ८७ हजार ९१४, कराँतेकी कोपिला विष्टलाई ७५ हजार र ब्याडमिन्टनकी सीमा राजवंशीलाई ८० हजार रुपैयाँ सहयोग गरिएको हो । जितबहादुरको हातमा चोट लागेको थियो । विष्णुलाई पक्षघात भएको थियो भने रिया, सीमा र कोपिलाको घुँडामा चोट लागेको थियो । दीपकलाई काँघको समस्या छ । कोषका अध्यक्ष तथा राखे...
सहमतिविपरीतका उमेदवारी फिर्ताका लागि पहल हुँदै छ : गुरुङ

सहमतिविपरीतका उमेदवारी फिर्ताका लागि पहल हुँदै छ : गुरुङ

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले आसन्न स्थानीय तह निर्वाचनमा सहमतिविपरीत भएका उमेदवारी फिर्ताका लागि पहल भइरहेको बताएका छन् । Advertisement मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले धेरैजसो पालिकामा सत्ता गठबन्धनभित्रकै सहमतिका आधारमा उमेदवारी दर्ता गराइएको भन्दै सहमतिविपरीत भएका उमेदवारी फिर्ताका लागि पहल भइरहेको जानकारी दिए । उनले वडास्तरमा पनि सहकार्यलाई निरन्तरता दिनका लागि फरक–फरक रूपमा भएका मनोनयन फिर्ता हुने दाबी गरे । वडा तहमा सहमति हुन नसके पनि प्रतिगमनको प्रवृत्तिलाई हावी हुन नदिने गरी संविधानविरोधी पक्षलाई दुरुत्साहित गर्ने कोसिस हुने उनको भनाइ छ । गुरुङले वित्तीय एकाधिकार दलाल पुँजीवादका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको तर्क गरे । परनिर्भरतामा मुलुक गइरहेको र स्वदेशी वस्तुको उत्पादनमा ध्...
चेन्नईमाथि पञ्जाबको जित

चेन्नईमाथि पञ्जाबको जित

खेलकुद
काठमाडौं । शिखर धवनले अविजित ८८ रन बनाएपछि पञ्जाब किंग्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ ।  Advertisement मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका निम्त्याइको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८७ रन बनाएको थियो । १८८ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १७६ रनमात्र बनाउन सक्यो ।  आठ खेलमा पञ्जाबको यो चौथो जित हो । पञ्जाब छैटौं स्थानमा छ । चेन्नईको भने यो छैटौं हार हो । चार अंक जोडेको चेन्नई पुछारबाट दोस्रो स्थानमा छ ।  धवनले ५९ बलमा ९ चौका र २ छक्कासहित ८८ रन बनाए । भानुका राजापाक्क्षेले ४२ रन बनाए । धवन र राजापाक्क्षेले दोस्रो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए । लियाम लिभिङस्टोनले १९ र कप्तान मयांक अग्रवालले १८ रन बनाए । चेन्नईका ड्वानी ब्राभोले दुई र महीश...
बागीको लगत संकलन गर्दै कांग्रेस : फिर्ता नलिए पार्टीबाट निष्कासनको तयारी 

बागीको लगत संकलन गर्दै कांग्रेस : फिर्ता नलिए पार्टीबाट निष्कासनको तयारी 

राजनीति
काठमाडौं । यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच चुनावी तालमेल भएको छ । गठबन्धनबाट आइतबार र सोमबार देशभरका अधिकांश स्थानीय तहमा साझा उमेदवारी दर्ता गराइयो । तर, कतिपय स्थानीय तहमा गठबन्धनको विपक्षमा उभिँदै नेपाली कांग्रेसबाट बागी उमेदवारी परेको छ । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र भन्दै बागी उमेदवारी दर्ता गराए । केन्द्रले गठबन्धनमा जाने निर्णय गरेदेखि नै चितवन कांग्रेसमा चरम असन्तुष्टि सार्वजनिक भएको थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जिल्लाले चाहेर केही हुँदैन’ भन्ने अभिव्यक्ति दिएपछि त असन्तुष्टिको पारो अझ चढेको थियो । Advertisement स्वतन्त्र उमेदवारी दिएका पौडेलले कांग्रेसको झन्डा र नारासहित आफू जनताको भोट माग्न मै...
गुरुराज घिमिरेलाई शेखर र पूर्णबहादुरको फोन : शेखरसँग भेट हुँदै, पूर्णबहादुरको चाँडै भेट्ने योजना

गुरुराज घिमिरेलाई शेखर र पूर्णबहादुरको फोन : शेखरसँग भेट हुँदै, पूर्णबहादुरको चाँडै भेट्ने योजना

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने भन्दै निराशा सार्वजनिक गरेपछि नेता डा. शेखर कोइराला र उपसभापति पूर्णबहादुर खड्काले फोन गरेका छन् । नेतृत्वका कारण कांग्रेस न्याय गर्न नसक्ने संस्था बनेको भन्दै घिमिरेले राजनीति नै प्रदूषित बनेको बताएका थिए । १४औँ महाधिवेशनमा शेखर कोइराला प्यानललाई साथ दिएका घिमिरेले कोइरालाको प्यानलप्रति समेत चरम असन्तुष्टि जाहेर गरेको थिए । Advertisement उनको यस्तो धारणा सार्वजनिक भएपछि नेता कोइराला र उपसभापति खड्काले घिमिरेलाई टेलिफोन गरेर सान्त्वना दिने प्रयास गरेका छन् । डा. कोइरालाले त आफू विराटनगरमै रहेको भन्दै निवासमै आज अपराह्न ४ बजे भेट्न बोलाइसकेका छन् । नेता कोइरालाले सबै कुरा भेटमा राख्न आग्रह गरेका छन् । यता, उपसभापति खड्काले भने चाँडै काठमाडौंमा भेट्ने...
कांग्रेसले गठन गर्‍यो टिकट बाँड्ने केन्द्रीय संसदीय बोर्ड

कांग्रेसले गठन गर्‍यो टिकट बाँड्ने केन्द्रीय संसदीय बोर्ड

राजनीति
नेपाली कांग्रेसले उम्मेदवारलाई टिकट बाँड्न केन्द्रीय संसदीय समिति गठन गरेको छ। Advertisement आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदीय बोर्ड गठन गरेको हो। सभापति शेरबहादुर देउवासहित पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल संसदीय बोर्डको सदस्य छन्।  मुख्यसचिव कृष्णप्रसाद पौडेलले संसदीय बोर्ड गठन गरिएको बताए। कांग्रेस विधानअनुसार पदाधिकारीसहित २५ सदस्यीय केन्द्रीय संसदीय बोर्ड रहने व्यवस्था छ। सभापति देउवाले कार्यसम्पादन समितिबाटै उम्मेदवारलाई टिकट दिने तयारी गरेपछि आलोचना भइरहेको थियो। संसदीय समितिमा सभापति देउवाले केन्द्रीय सदस्यमध्ये ११ जनालाई मनोनीत गर्न सक्ने व्यवस्था छ। कांग्रेस विधानमा महानगरको टिकट बाँड्ने अधिकार केन्द्रीय संसदीय बोर्डलाई छ। कांग्रेसले स्थानीय तह चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन क...
विद्युत् खपत बढाउन नेपाली सेनालाई मन्त्री भुसालको आग्रह

विद्युत् खपत बढाउन नेपाली सेनालाई मन्त्री भुसालको आग्रह

राजनीति
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गर्न अनुरोध गरेकी छिन्।  Advertisement आइतबार भएको भेटवार्तामा विद्युतको विकास तथा खपतका विषयमा छलफलमा भुसालले प्रधानसेनापतिलाई विद्युत् खपत बढाउन आग्रह गरेको मन्त्रालयले जनाएको छ।  भुसालले सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिएकी थिइन्।  ‘अब नेपाली सेनाका भान्सामा जलविद्युत् नै प्रयोग गरौं,’ उनले भनिन, ‘त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ।’ उनले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्ने गरी निर्णय लिन पनि आग्रह गर‍ेकी छन्। ‘विद्युत् ख...
बाजुरामा एमालेले लगायो उम्मेदवारको टुंगो

बाजुरामा एमालेले लगायो उम्मेदवारको टुंगो

राजनीति
नेकपा एमालेले बाजुरामा उम्मेदवारको टुंगो लगाएको छ। Advertisement नाै स्थानीय तहमा प्रमुख र उपप्रमुखकाे लागि उम्मेदवारकाे टुंगो लगाइएको हाे। जसअनुसार बडीमालिका नगरपालिका प्रमुखमा अमर खड्का र उपप्रमुखमा नन्दा थापा, बुढीनन्दा नगरपालिकामा जनककुमार बोहरा र उपप्रमुखमा मनु रोकाया बिसीलाई उम्मेदवार बनाउने निर्णय गरेकाे जनाइएको छ। यस्तै त्रिवेणी नगरपालिकाको मेयरमा मोतिसिंह बुढा र उपप्रमुखमा पार्वतीदेवी बुढा र बुढिगङ्गा नगरपालिकामा रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुँवरलाई उम्मेदवार बनाएको छ। यस्तै स्वामिकार्तिक गाउँपालिकामा चतुरभुज शाही र सुलोचना भण्डारी बुढा र खप्तडछेडेदह गाउँपालिका अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा मनदेवी ओलीलाई उम्मेदवार बनाएकाे छ। यस्तै गौमुल गाउँपालिका अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा, जगन्नाथ गाउ...
अध्यादेश ल्याएर ५२ संवैधानिक पदाधिकारीको सिफारिसमा ओलीले सर्वोच्चलाई दिए लिखित जवाफ

अध्यादेश ल्याएर ५२ संवैधानिक पदाधिकारीको सिफारिसमा ओलीले सर्वोच्चलाई दिए लिखित जवाफ

राजनीति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा गरेको संवैधानिक परिषदको अध्यादेश र त्यो अध्यादेश अनुरूप गरिएका संवैधानिक नियुक्तिको बचाउ गर्दै सर्वोच्च अदालतलाई लिखित जवाफ दिएका छन्।  तत्कालीन प्रधानमन्त्री ओलीका नाममा जारी कारण देखाऊ आदेशको लिखित जवाफ उनले विपक्षी दलको नेताका रूपमा वैशाख २ गते महान्यायाधीवक्ता कार्यालयमार्फत दिएका हुन्।  सरकार परिवर्तन भएका कारण अहिले आफू विपक्षी दलको नेता रहेको उल्लेख गर्दै यस्तो अवस्थामा प्रधानमन्त्री हुँदा गरेका कामको लिखित जवाफ बुझाउनु पर्ने प्रणालीलाई उनले अविवेकी प्रणाली भन्दै त्यसको अन्त्य हुनुपर्ने बताएका छन्। सरकार निरन्तर स्थायी हुने हुँदा पहिलेको सरकारले गरेको कामप्रति नयाँ सरकारले नै लिखित जवाफ बुझाउनुपर्ने जिकिर उनले गरेका छन्।  Advertisement 'प्रस्तुत मुद्दामा...