२०८३ कार्तिक १३

‘प्रशिक्षकले क्याम्प छाडेर जा भनेपछि बाध्य भयौं’

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफूहरू बन्द प्रशिक्षण छाड्न बाध्य भएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बिद्रोह गरेका खेलाडीले बताएका छन् ।


Advertisement


बिद्रोह गरेका खेलाडीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर प्रशीक्षण छाडेको बताएका हुन्।

पटक पटक विवादमा पर्दै आएका अलमुताइरीसँग खेलाडीको विवाद भने पहिलो पटक सार्वजनिक भएको हो। एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा रहेको फुटबल टोलीका ९ सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै मंगलबार प्रशिक्षण क्याम्प छाडेका थिए।

राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरी प्रशिक्षकसँग त्यसबारे छलफल गरेका थिए। प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छोड्न भनेपछि अन्य खेलाडीले पनि मंगलबार क्याम्प छोडेका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap