२०८३ बैशाख २६

Author: Senior Editor Nima

पार्टीको निर्णय नमान्नेलाई कारबाही : शेखर कोइराला

पार्टीको निर्णय नमान्नेलाई कारबाही : शेखर कोइराला

राजनीति
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले निर्णय गरिसकेपछि त्यसलाई स्वीकार गरेर जानुपर्ने बताएका छन् । Advertisement मंगलबार मोरङको सुन्दरहरैँचा नगरपालिकाका उमेदवारसँगको अन्तरक्रिया कार्यक्रममा उनले पार्टीभित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि निर्णय मान्नुपर्नेमा जोड दिए । सुन्दरहरैँचाका कतिपय वडामा स्वतन्त्र रूपमा ‘बागी’ उमेदवारी प्रस्तुत भएको भन्दै त्यस्ता उमेदवारलाई पार्टीले कारबाही गर्ने बताए । “कांग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख रहेको छ, बागी उमेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ,” उनले भने, “जो ती उमेदवारको पछि लाग्छ, उनीहरूलाई पनि नोटिसमा राख्नुपर्छ ।” कार्यक्रममा उमेदवारहरूले आफ्नो योजना प्रस्तुत गरेका थिए । ...
युनाइटेडको सहज जित

युनाइटेडको सहज जित

खेलकुद
काठमाडौं । अन्तरिम प्रशिक्षक राल्फ राङ्कनिकको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले सोमबार राति घरेलु मैदानमा अन्तिम खेल खेल्यो । त्यसमा युनाइटेडले ब्रेन्टफोर्डमाथि ३–० को विजय हासिल गर्‍यो । Advertisement युनाइटेडले ब्रुनो फर्नान्डेजको गोलबाट नवौँ मिनेटमा अग्रता लिएको थियो । ६१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा युनाइटेडको अग्रता दोब्बर बनाए । त्यसअघि, ४४औँ मिनेटमा रोनाल्डोले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो । ७२औँ मिनेटमा राफेल भरानेले अर्को गोल थपेपछि युनाइटेडले तीन अंक पक्का गर्‍यो । जितसँगै युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ३६ खेलबाट ५८ अंक जोडेको छ । युनाइटेड छैटौँ स्थानमा छ । त्यो चौथो स्थानको अर्सनलभन्दा पाँच अंकले पछाडि हो भने पाँचौँ स्थानको टोटनहमभन्दा तीन अंकले पछाडि हो । तर, युनाइटेडले दुई खेल ...
भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

राजनीति
काठमाडौं । अभिनेता भुवन केसी कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् । Advertisement “प्रधानमन्त्रीबाट टीका लगाएर प्रवेश गरेको हुँ,” केसीले भने, “कला क्षेत्रको जगेर्ना कांग्रेसबाटै हुने देखेर प्रवेश गरेको हुँ ।” उनले अहिले कांग्रेसका जिम्मेवारीको कुनै कुरा नभएको बताएका छन् । कलाकार रवीन्द्र खड्काले भने यसअघि पनौती नगरपालिकाको मेयर बन्न चाहेको बताएका थिए ।  प्रस्ताव उनले सभापतिसमेत रहेका देउवासमक्ष राखेका थिए । “पनौती नगरको मेयर बन्न चाहन्थेँ,” उनले भने, “यो प्रस्ताव पनि राखेको हुँ । तर सभापतिले अहिले ढिला भइसक्यो । प्रदेश र संघको निर्वाचनमा सकेँ भने प्रयास गरौँला नभए पार्टीभित्र काम गर्ने ठाउँ धेरै छन...
आईजीपी नियुक्तिलगत्तै गृहमन्त्रीले राखे सुरक्षा समिति बैठक

आईजीपी नियुक्तिलगत्तै गृहमन्त्रीले राखे सुरक्षा समिति बैठक

राजनीति
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आईजीपी नियुक्तिलगत्तै केन्द्रीय सुरक्षा समितिको बैठक राखेका छन् । Advertisement बिहान नेपाल प्रहरीका नवनियुक्त आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका आईजीपी राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले दिउँसो केन्द्रीय सुरक्षा समितिकाे बैठक राखेका हुन् । बैठकमा विशेषगरी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको सुरक्षा प्रबन्धका सन्दर्भमा अहिलेसम्म भएका कामको समीक्षा भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकार दिए । उनकाअनुसार बैठकमा निर्वाचनको प्रचार प्रसारका क्रममा हुन सक्ने घटनालाई मध्यनजर गर्दै कसरी घटना घट्न नदिने र घटना घटिहालेमा समन्वयात्मक हिसाबले कसरी सामान्यीकरण गर्ने भन्ने विषयमा छलफल भएको छ । बैठकमा गृहमन्त्री खाँणले अहिलेसम्म निर्वाचन सुरक्ष...
नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल वर्षाका कारण रद्द

खेलकुद
काठमाडौं । नेपाल र जिम्बाब्वे 'ए' बीचको दोस्रो ट्वान्टी–२० खेल भारी वर्षाका कारण रद्द भएको छ । Advertisement कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा खेल चलिरहँदा भारी वर्षा भएपछि अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरीक्षण गर्दै खेल रद्द भएको जनाएका थिए । नेपालले अब तेस्रो खेल बुधबार खेल्ने छ । यसअघि भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । वर्षाअघि त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको अवस्थामा भारी वर्षा भएको थियो । जसका कारण खेल रोकिन पुगेको हो । ...
शशांक कोइरालालाई सचेत गराउँदै आयोगले भन्यो– अब त्यस्ता अभिव्यक्ति नदिनू

शशांक कोइरालालाई सचेत गराउँदै आयोगले भन्यो– अब त्यस्ता अभिव्यक्ति नदिनू

राजनीति
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता शशांक कोइरालालाई सचेत गराएको छ । Advertisement आयोगले उनलाई गएको ‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ करोड रुपैयाँ खर्च गरेको’ भनेर दिएको अभिव्यक्तिप्रति स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरणको जवाफपछि अब त्यस्तो अभिव्यक्ति नदिन सचेत गराइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । “शंशाक कोइरालाले दिएको अभिव्यक्ति आचारसंहिताको मूलआधारमाथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराएको छ,” उनले भने । ...
स्थापितको विरोधमा विज्ञप्ति निकाल्ने ४५ संस्थालाई आयोगको निर्देशन– २४ घण्टाभित्र हटाउनू 

स्थापितको विरोधमा विज्ञप्ति निकाल्ने ४५ संस्थालाई आयोगको निर्देशन– २४ घण्टाभित्र हटाउनू 

राजनीति
काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिकाका उमेदवार केशव स्थापितको उमेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैर सरकारी संस्थालाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । Advertisement स्पष्टीकरणसहित उनीहरुले निकालेको विज्ञप्ति २४ घण्टाभित्र हटाउन पनि भनेको छ । “आरोप लागेको व्यक्तिलाई सम्बन्धित दलले उमेदवार बनाउन हुन्थ्यो कि हुँदैनथ्यो त्यो सम्बन्धित पार्टीको कुरा हो, तर विज्ञप्तिमा उमेदवारी खारेजीको माग गरिएको थियो,” आयोग स्रोतले भन्यो, “यो गैर सरकारी संस्थाको मामिलाको विषय होइन । यो पार्टीको आन्तरिक मामिला हो । लायक नि नालायक भनेर जाच्ने काम जनताको हो । त्यसकारण जुन उद्देश्यले स्थापना भएको हो त्यही काम गर्नू । कुन कानुनअनुसार माग गरेका हौ ? २४ घण्टाभित्र हटाएर जानकारी गराउनू भनेर स्पष्टीकरण सोधका हौँ ।” आयोग स्रोतले दिएको...
टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

खेलकुद
काठमाडौं । नेपाली क्रिकेट टोलीले जिम्बाब्वे ‘ए’विरुद्धको दोस्रो ट्वान्टी–२० क्रिकेटमा आज पहिला फिल्डिङ गर्ने भएको छ ।  Advertisement कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । नेपालले आजको खेलमा खेलाडी परिवर्तन गरेको छ । नेपालले आरिफको स्थानमा भीम सार्कीलाई मौका दिएको छ ।  पहिलो खेलमा ६ विकेटले पराजित भएकाले तीन खेलको ट्वान्टी–२० शृंखला जोगाउन नेपाललाई आज जित्नै पर्ने दबाब छ । पाहुना टोली जिम्बाब्वेले आजको खेल जिते २–० को अग्रतासँगैउपाधिसमेत जित्नेछ ।  आजको खेलका लागि नेपाली टोलीमासन्दीप लामिछाने (कप्तान), आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आदील आलम, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा, बासिर अहमद, भीम सार्की  रहेका छन् । ...
पालुङटारमा कांग्रेस र जसपाबीच चुनावी गठबन्धन

पालुङटारमा कांग्रेस र जसपाबीच चुनावी गठबन्धन

राजनीति
गोरखा । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी गठबन्धन भएको छ । Advertisement नेपाली कांग्रेसबाट पालुङटारको प्रमुख पदका उमेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उमेदवार फिर्ता लिई जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो । विज्ञप्तिमा कांग्रेसले दोस्रोपटक पुनः उमेदवार चयन गरे पनि पछिल्लोपटक केन्द्रीय समितिले उमेदवारी फिर्ता लिन दिएको निर्देशन आफूले स्वीकार गरेको उल्लेख छ । “स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति म पूर्ण इमानदार रहेको छु,” विज्ञप्तिमा भनिएको छ, “दोस्रोपटक पनि उमेदवार चयन गरेकोमा पार्टीको गण्डकी प्रदेश समिति र केन्द्रीय कार्यसमितिप्रति धन्यवाद प्रकट पनि गर्दछु ।” उनले सरकारमा सहभागी पाँच दलका...
बागी उमेदवारलाई पार्टीमै राख्न कांग्रेसले ल्यायो ‘फकाउने’ नीति

बागी उमेदवारलाई पार्टीमै राख्न कांग्रेसले ल्यायो ‘फकाउने’ नीति

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले उमेदवारी फिर्ता नलिएका बागी उमेदवारलाई संरक्षण गर्ने नीति अख्तियार गरेको छ ।  Advertisement कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४(१३) (ग) मा पार्टीलाई असहयोग गर्ने बागी उमेदवार स्वतः पार्टीबाट निष्कासित हुने प्रावधान छ । तर, आइतबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले अन्तिम समयमा आधिकारिक उमेदवारको पक्षमा वक्तव्य जारी गरेर सहयोग गरे विधानको धारा आकर्षित नहुने उल्लेख गरेको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले आधिकारिक उमेदवारविरुद्ध तथा नेतृत्वको गठबन्धनकाविरुद्ध बागी उम्मेदवारी दिने अधिकांशले उमेदवारी फिर्ता लिए पनि फिर्ता लिन बाँकीहरूको हकमा सो निर्णय गरिएको जानकारी दिए ।  “प्राविधिक कारणले र तालमेलको निर्णय ढिलो भएको कारणले फिर्ता लिन नभ्याउनुभएका तर पार्टीको निर्णय शिरोधार्य गरी पार्टी र गठबन्धनका आधिक...