२०८२ मंसिर २२

सत्ता गठबन्धनको चितवन सभामा शेखर र गगन नजाने 

काठमाडौं । सत्ता गठबन्धनको आज चितवनमा हुने चुनावी सभामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा नजाने भएका छन् ।


Advertisement


चितवनका कांग्रेस सभापति राजेश्वर खनालले डा. कोइराला र थापाको उपस्थितिले चुनावी माहोल राम्रो हुने भन्दै उनीहरूलाई फोन गरेका थिए । तर, सभामा गठबन्धनका नेताहरूले डा. कोइराला र थापालाई वक्ताका रूपमा नराखेको र अन्यत्रै चुनावी कार्यक्रम तय भइसकेकाले दुवै नेता चितवन नजाने भएका हुन् ।

महामन्त्री थापा काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उमेदवार सिर्जना सिंहको काठमाडौंमा आयोजित एक कार्यक्रममा छन् । डा. कोइरालाले प्रदेश नम्बर–१ का विभिन्न ठाउँका कार्यक्रममा सहभागी हुने क्रममै रहेकाले आउन नसक्ने जानकारी गराइसकेका छन् ।

Copy link
Powered by Social Snap