२०८३ बैशाख २६

Author: Raunak

प्रदेश सरकारद्वारा मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय

प्रदेश सरकारद्वारा मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय

देश, राजनीति, समाचार
जनकपुर । प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको जनाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि सामाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न प्रतिष्ठानको गठन गरेको सामाजिक सञ्जालमार्फत् भूमिसुधार व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिएका हुन् ।  Advertisement २०६३ सालदेखि मधेशको अधिकार प्राप्तीको लागि भएको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदको परिवार, घाइते भइ अपांग भएकाहरुको समाजिक सुरक्षाको व्यवस्थापन गर्न प्रतिष्ठान गठन गरिएको उनले स्पष्ट पारेका छन् । प्रतिष्ठानले शहीद परिवार, घाइते भई अपाङ्ग भएकाहरुको लागि स्वास्थ्य, शिक्षा, रोजगारी, जीवन निर्वाह भत्ता, आर्थिक उन्नती आदि सम्बन्धी कार्ययोजना तयार गरी कार्या...
खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

देश, समाचार, सामाजिक
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ ।  बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।  Advertisement खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए । शवको पहिचान भएको छैन । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुनसक्ने स्थानीयवासीको अनुमान रहेको छ ।  साभार: रातोपाटी ...
कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

देश, राजनीति, समाचार
पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपालिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ५९औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । महामारी नियन्त्रणका लागि यसअघि काममा लगाइएका जनशक्तिको म्याद थप गरेर कामलाई नियमित गर्ने र आवश्यकताअनुरुप दुई जनासम्म स्वास्थ्यकर्मी थपेर काम गर्नसक्ने व्यवस्था बैठकले गरेको हो । बैठकमा काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहरको दिगो व्यवस्थापनको उपायको खोजी गर्नुपर्नेमा कार्यपालिका सदस्यहरुको जोड थियो । Advertisement दुई वर्षका लागि भन्दै विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । लामो समयसम्म एकै स्थान...
नाबालकसँग यौन सम्पर्क गरेमा वयस्क महिलामाथि मुद्दा चलाउने निर्णय

नाबालकसँग यौन सम्पर्क गरेमा वयस्क महिलामाथि मुद्दा चलाउने निर्णय

देश, समाचार, सामाजिक
काठमाडौं । वयस्क महिलाले १८ वर्षभन्दा कम उमेरका बालक वा बालिकासँग यौन सम्पर्क राखेमा मुद्दा चलाउने निर्णय गरिएको छ । महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिले सो निर्णय गरेर त्यस्ता घटनामा वयस्क महिलाविरुद्ध मुद्दा अगाडी बढाउन सबै सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको हो । यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बालकलाई बलात्कारको मुद्दा चलाउने गरिन्थ्यो । Advertisement मुलुकी अपराध संहित–०७५ र बालबालिका सम्बन्धी ऐन–०७५ अनुसार महान्यायाधिवक्ताको कार्यालयले त्यस्तो निर्णय गरेको हो । निर्णय अनुसार १८ वर्ष पुगेकी युवतीले नाबालकसँग जबर्जस्ती करणी गरेमा उनीबिरुद्ध यौन दुरुपयोगको मुद्दा लाग्छ । महान्यायाधिवक्ताको कार्यालयको सो निर्णयसँग केटाले मात्रै बलात्कार गर्छन् भन्ने मान्यतामा ट्वीस्ट आएको छ...
नेपाली भूमी मिच्दै भारतको एकतर्फी तटबन्ध : आज पनि संयुक्त टोलीले अध्ययन गर्दै

नेपाली भूमी मिच्दै भारतको एकतर्फी तटबन्ध : आज पनि संयुक्त टोलीले अध्ययन गर्दै

देश, विदेश / एन.आर.एन, समाचार
भारतले दार्चुलाको महाकालीमा नेपालको भूमि अतिक्रमण गर्दै एकतर्फी बाँध बनाएको स्थानमा दुबै देशका नापी प्राविधिकले अध्ययन जारी राखेका छन् । सोमबारदेखि सुरु भएको दुबै देशका नापी अधिकारी सम्मिलित टोलीले दार्चुलाको महाकाली नगरपालिका–५ गल्फै क्षेत्रमा अध्ययन अवलोकन थालेको हो । सो स्थानमा भारतले महाकाली नदीको बहावलाई असर पुग्नेगरी नेपाली भूमिमै तटबन्ध बनाउँने काम गरेपछि संसदमा समेत सरकारले ध्यान नदिएको भनेर आलोचना भएको थियो ।  २०७० सालमा महाकाली नदीमा आएको बढीले गरेको धार परिवर्तन गरेपछि महाकाली नगरपालिकाको खेल मैदान, वन कार्यालयको भवन लगायतका भूभाग महाकाली नदीपारि गएको छ । Advertisement अतिक्रमित क्षेत्रमा नेपालको तर्फबाट प्रमुख नापी अधिकृत जयानन्द जोशीको नेतृत्वमा नापी अधिकृत कमल शाही र कपिल कटुवाल, सर्भेयर शहदेश घिमिरे र सुन्दर देवकोटा र  भारतका तर्फबाट...
चाहिएको छैन तिम्रो समर्थन फिर्ता लैजाऊ : प्रधानमन्त्री ओली

चाहिएको छैन तिम्रो समर्थन फिर्ता लैजाऊ : प्रधानमन्त्री ओली

देश, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल–खनाल समूहलाई पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिएका छन् । नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडाैंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू विरुद्धका सबै विरोध र टिका टिप्पणीलाई सहँदै आएको तर पार्टीमाथि धावा बोल्ने काम भए कारवाही गर्ने चेतावनी दिए । Advertisement उनले पार्टीलाई ध्वस्त पार्ने प्रयास भयोे भने “ठेगान लगाउने” चेतावनी दिए । उनले भने, “पार्टीलाई ध्वस्त पार्न खोज्नुभयो भने । बघिनीले तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हँुदैन । पार्टीमाथि धावा बोल्नुभयो भने ठेगान लगाइने छ । बोलिरहनुभएको छ तर म सीमा हेरिरहेको छु । तपाईहरुलाई मात्रै निष्कासन गर्न होइन हामीलाई पनि निष्कासन गर्न आउँछ भन्ने सम्झना राख्नुहोस् ।” उनले नेपाल समूहले आफूलाई गरेको कारवाही ‘किर्नाले...
विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो

विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो

आर्थिक, कर्पोरेट, देश, समाचार
सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने गरी सरकारले दुई वर्ष अघि उक्त सहकारीको सेयर खरिद गरेको थियो ।  त्यतिबेला बस कस्तो हुने भन्ने विवरणलगायत विषयमा समस्या आउँदा सरकारले साझालाई दिइएको रकम फिर्ता गर्ने जनाएको थियो । सेयर रकम फिर्ता नभएको र सोही रकमबाट अहिले बस खरिद गरेर सञ्चालन गर्ने योजना बनाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले बताए । Advertisement उनले भने, “अहिले पुनः बस खरिदका लागि प्रक्रिया अघि बढिरहेको छ ।” सरकारले २०७५ सालमा संस्थालाई ३०० विद्युतीय बस खरिदका लागि भन्दै रु तीन अर्ब बराबरको सेयर खरिद गरेको थियो । त्यतिबेला स्फेसिफिकेसन, ठेक्का कागजात बनाउनेलगायत प्राविधिक समस्या भएको प्...
शिक्षण संस्था बन्द नगर्न सुझाव, सरोकारवालाले भने–आतंक सिर्जना गर्न खोजियो

शिक्षण संस्था बन्द नगर्न सुझाव, सरोकारवालाले भने–आतंक सिर्जना गर्न खोजियो

देश, शिक्षा, समाचार, सामाजिक
काठमाडौँ, । कोभिड–१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन् ।  नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकोले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ उनीहरुको थियो ।  Advertisement सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले  आजबस्ने मन्त्रिपरिषद्मा पेश गर्ने भएका छन् ।  मन्त्री श्रेष्ठले यो विषयमा मन्त्रिपरिषदको बैठकमा छलफल गरिने जानकारी दिए । ...
राष्ट्र बैंककी निर्देशक पूर्पक्षको लागि कारागार चलान

राष्ट्र बैंककी निर्देशक पूर्पक्षको लागि कारागार चलान

देश, समाचार, सामाजिक
काठमाडौं । राष्ट्र बैँककी निर्देशक  सुष्मा रेग्मी रिजाल पूर्पक्षको लागि कारागार चलान भएकी छिन् ।  Advertisement शोभा रिजालको जाहेरीले उनलाई प्रहरीले पक्राउ गरेको थियो ।  जेष्ठ नागरिक सम्वन्धी कसुर मुद्धामा उनलाई काठमाडौ जिल्ला अदालतको सोमबार  पूर्पक्षको निमित्त जगन्नाथ देवल सुन्धारा महिला वन्दी गृहमा थुना पठाएको काठमाडौं प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...
मोटरसाइकलबाट खसेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

मोटरसाइकलबाट खसेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । आइतबार तनहुँको म्याग्दे ठाँटीटारमा मोटरसाइकलबाट खसेर घाइते भएपछि उपचारका लागि पोखराको फेवासिटी अस्पतालमा भर्ना गरिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।  Advertisement मोटरसाइकलबाट खसेर घाइते भएकी म्याग्दे गाउँपालिका ६ छबिसे की ५५ वर्षीया सानुमाया सार्कीको फेवा सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । ग ७ प ५३२३ नम्वरको मोटरसाइकलको पछाडी बसेर थर्पुबाट छबिसेतर्फ जाँदै गर्दा अकस्मात खसेर घाइते भएकी सानुमायाको फेवासीटीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए  उक्त मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...