‘नक्कली डाक्टर’: एलएलसीको मार्कसिट किर्ते गरेर बंगलादेशमा एमबीबीएस !
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार भक्तपुर, ललितपुर र मोरङ लगायतका ठाउँबाट ७ जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुमाथि लगाएको आरोप छ– ‘लिखत सम्बन्धी कसुर ।’ नक्कली भनिएका चिकित्सकहरुले प्रवेशका परीक्षा (एसएलसी)को मार्कसिट फेरबदल गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले रातोपाटीलाई बताए । एसएलसीको मार्कसिट, सर्टिफिकेटमा नाम, जन्म मिति र प्राप्ताङ्क सच्याएर उनीहरुले विदेश पढ्न जाने अनुमति लिएका थिए ।
ब्यूरोको टोलीले त्यसरी मार्कसिट सच्याउने मध्येका धेरैलाई कार्यरत अस्पतालबाट नै पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतम, न्युरो अस्पताल विराटनगरमा कार्यरत मोहम्मद सिद्धिकी, जनकपुर चिल्ड्रेन अस्पतालमा कार्यरत सुवास प्रसाद शाह र काठमाडौंको चावहिलस्थित दीर्घायु गुरु अस...









