जनकपुर । प्रदेश सरकारले मधेशी शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको जनाइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि सामाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न प्रतिष्ठानको गठन गरेको सामाजिक सञ्जालमार्फत् भूमिसुधार व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिएका हुन् ।
Advertisement

२०६३ सालदेखि मधेशको अधिकार प्राप्तीको लागि भएको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदको परिवार, घाइते भइ अपांग भएकाहरुको समाजिक सुरक्षाको व्यवस्थापन गर्न प्रतिष्ठान गठन गरिएको उनले स्पष्ट पारेका छन् ।

प्रतिष्ठानले शहीद परिवार, घाइते भई अपाङ्ग भएकाहरुको लागि स्वास्थ्य, शिक्षा, रोजगारी, जीवन निर्वाह भत्ता, आर्थिक उन्नती आदि सम्बन्धी कार्ययोजना तयार गरी कार्यान्वयन गराउने, शहीद पार्क निर्माणको लागि स्थानको छनौट लगायत पीडितहरु लक्षित रोजगारमूलक तथा सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था रहेको जनाइएको छ ।

साभार: रातोपाटी