धुलिखेल र बनेपाको शैक्षिक संस्था बन्द
काभ्रे । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारको निर्णयअनुसार काभ्रेपलाञ्चोकको दुई मुख्य नगर धुलिखेल र बनेपाका शिक्षण संस्था भोलिदेखि वैशाख मसान्तसम्म बन्द हुने भएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) को आजको बैठकले उक्त निर्णय गरेको हो ।
Advertisement
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकले बनेपा र धुलिखेल नगरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । ‘दुई नगरका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा हुने सबै शैक्षिक क्रियाकलाप बुधबारबाट बन्द गर्ने निर्णय गरियो’ पोखरेलले भने । उनका अनुसार बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र वैशाख मसान्तसम्म भौतिक उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई सञ्चालन गर्ने निर्णय गरिएको हो । बैठकको न...









