२०८१ बैशाख २०

एमाले बैठक बस्दै, नेपाल समूह आक्रोशित

नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । 


Advertisement


केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए  । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ । 

ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको माधव नेपाल झलनाथ खनाल समूह भने रुष्ट बनेको छ । 

पार्टीभित्रको विवादका विषयमा निर्णय दिन आग्रह गर्दै सो समूह आइतबार नै निर्वाचन आयोग पुगेको थियो ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap