२०८३ बैशाख २७

Author: Raunak

ट्रकले साइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

ट्रकले साइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

देश, समाचार, सामाजिक
दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ ।  हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल  र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।   Advertisement पश्चिमबाट पूर्वतर्फ जाँदै  गरेको ना६ख ३८६१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । साइकलमा सवार मण्डल दम्पती घाइते भई दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क्रममा दुवै जनाको बाटोमा मृत्यु भएको काफ्लेले जानकारी दिए ।  शव परीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी...
उपत्यकाका यी अस्पतालले अक्सिजन पाउने, कसले कति ? (सूचीसहित)

उपत्यकाका यी अस्पतालले अक्सिजन पाउने, कसले कति ? (सूचीसहित)

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले(सिसीएमसी) ले कोरोनाभाइरस संक्रमितको उपचार गर्ने अस्पतालहरूका लागि अक्सिजनको कोटा तोकेको छ ।  सरकारले कोभिड र ननकोभिड बिरामीको उपचार गर्ने ७७ वटा अस्पतालका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको हो । Advertisement सिसिएमसीले सम्पूर्ण अक्सिजन उद्योगहरुलाई तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर पहिले आपूर्ति गरिरहेका अस्पतालहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।  यस्तै अक्सिजन विवरणमा आवश्यकताका आधारमा भविष्यमा थपघट हुनसक्ने भएकाले उद्योगहरुलाई समन्वय गर्न सिसिएमसी सचिवालयले अनुरोध गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयमा आइतबार बसेको कोभिड—१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले यसमा व्यवस्थापनको जिम्मा सीसीएमसीलाई दिने निर्णय गरेको थियो ।  अक्सिजन चाहिने बिरामीको संख्या बढेपछि ...
सूर्यविनायकमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको निधन

सूर्यविनायकमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको निधन

देश, समाचार, सामाजिक
भक्तपुर । टिपरले एक स्कुटरलाई ठक्कर दिँदा पछिल्लो चालकको आज ज्यान गएको छ । भक्तपुरको सूर्यविनायकमा टिपरले स्कुटरलाई ठक्कर दिंँदा भक्तपुर सूर्यविनायकनगरपालिका–८ जगातीका ४० वर्षीय राजाराम सुवालको निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । Advertisement अरनिको राजमार्गको जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको लु२ख ४५८८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको वाग्मती  प्रदेश–०२–०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिंँदा घाइते सुवालको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । दुर्घटनामा टिपर चालक लमजुङ बेंसीशहर गाउँपालिका–११ घर भई काभ्रेपलाञ्चोक, बनेपा बस्ने ३५ वर्षीय टार्जन गुरुङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ । साभार: रातोपाटी ...
संसदले ओली सरकारलाई विधिवत् विदाइ  गर्‍यो  : बाबुराम भट्टराई

संसदले ओली सरकारलाई विधिवत् विदाइ गर्‍यो : बाबुराम भट्टराई

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अन्तत संसदले केपी ओली सरकारलाई विधिवत् विदाई गरेको बताएका छन् । सोमबार साँझ ट्वीट गर्दै उनले केही समयदेखि हुर्केको निरंकुश ओली प्रवृत्ति भने परास्त भइनसकेको बताए । Advertisement उनले लेखेका छन्, 'अन्तत संसदले ओली सरकारलाई विधिवत् विदाई गरेको छ। तर केही समयदेखि हुर्केको निरंकुश ओली प्रवृत्ति परास्त भैसकेको छैन। '  अब राष्ट्रपतिले तुरुन्त धारा ७६ (२)अनुरूप २ वा २ भन्दा बढी दलको नयॉ सरकार गठन गर्न आह्वान गर्नुपर्ने उनको भनाइ छ । 'देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरुन्त धारा ७६(२)अनुरूप २ वा २ भन्दा बढी दलको नयॉ सरकार गठन गर्ने आह्वान गरून् !। दलहरूले स्वीकारून् !,' भट्टराईले भने । साभार: रातोपाटी ...
सेती अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा  उपचारको क्रममा  उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी ३ कैलालीका ६२ वर्षीय महिला, दोधारा चाँदनी ७ कञ्चनपुरका ३३ वर्षीय पुरुष, धनगढी ३ कैलाली ८७ वर्षीय महिला, धनगढी १० का ३७ वर्षीय पुरुष, धनगढी १८ का ४२ वर्षीय पुरुष र बर्दगोरिया ४ कैलालीका ५२ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । त्यस्तै ५ सय ६४ नमुनाको परीक्षण गर्दा  २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा धनगढीका  १ सय ४ पुरुष, ६६ महिला रहेका छन् । Advertisement अन्य जिल्लाका ७५ पुरुष र ६२ महिलामा कोरोना पुष्टि भएको उनले बताए । २ सय ६८ जनामा  नेगेटिभ रिपोर्ट आएको छ । अहिले अस्पतालका भेन्टीलेटरमा ५...
लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका निर्वाचन अधिकृत नियुक्त

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका निर्वाचन अधिकृत नियुक्त

देश, राजनीति, समाचार
निर्वाचन आयोगले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी जेठ १७ गते लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।  Advertisement आयोगले दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश रीतेन्द्र थापालाई निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा थापालाई नियुक्त गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । साभार: रातोपाटी ...
देउवाले ओलीलाई सम्झाए पुरानो भाषण र एजेण्डा

देउवाले ओलीलाई सम्झाए पुरानो भाषण र एजेण्डा

देश, राजनीति, समाचार
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई विगतमा आफूले गरेका बाचा र एजेण्डा सम्झाएका छन् । उनले ओलीले पुरानो बाचा भुलेको बरु भ्रष्टाचार मौलाएको आरोप लगाए । उनले आम जनताले सरकारको अनुभूति गर्न नसकेको बताए ।  Advertisement सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले भने, ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, तपाईँले चुनावमा गरेका बाचा र पछि पटक पटक गरेका भाषण सम्झना छ, रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप, कोही भोकै बस्नुपर्दैन कोही भोकले मर्दैनन्, सडक बालक हुनेछैनन्, कसैले रोजगारीका लागि बाहिर जानुपर्दैन भन्ने युक्ति कहाँ गए ?’  उनले ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने भन्दै प्रश्न पनि गरे ।  यो अवस्था ओलीले नै सिर्जना गरेको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारकै कारण आएको उनको जिकिर  छ । साभार: रातोपाटी ...
स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

देश, समाचार, सामाजिक
बर्दियाको  राजापुर नगरपालिका-४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।  Advertisement कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्रहरीले बरामद गरेको छ ।  उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  साभार: रातोपाटी ...
अक्सिजन सिलिन्डर लिन निगमको वाइडबडी विमान चीन जाँदै

अक्सिजन सिलिन्डर लिन निगमको वाइडबडी विमान चीन जाँदै

देश, समाचार
कोरोना माहामारीका कारण अक्सिजन सिलिन्डरको अभाव भएपछि आज नेपाल वायुसेवा निगमको विमान अक्सिजन सिलिन्डर लिन चीनको बेइजिङ जाँदैछ ।  तत्कालका लागि करिब ६ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र केही अक्सिजन कन्स्ट्रक्सनसमेत ल्याउनका लागि निगमको विमान बेइजिङ जान लागेको हो ।  Advertisement निगमको ए ३३० वाइडबडी विमान आज राति ११ः३० बजे चीनको बेइजिङ जान लागेको हो । त्यहाँको स्थानीय समय अनुसार विमान बिहान ७ः३० बजे बेइजिङ पुग्नेछ । बेइजिङबाट स्थानीय समयअनुसार भोलि बिहान १०ः३० बजे विमान काठमाडौंतर्फ उड्नेछ भने अपरान्ह २ः३५ मा काठमाडौंमा अवतरण गर्नेछ ।  नेपालमा कोरोना संक्रमितको सङ्ख्या बढी अक्सिजन सिलिन्डरकै अभाव भएपछि सरकारले चीनबाट अक्सिजन सिलिन्डर ल्याउन लागेको हो ।  तत्कालका लागि ४ सयदेखि ६ सय थान सिलिन्डर ल्याउन लागेको भएपनि आवश्यकता अनुसार ...
राप्रपाका एक्ला सांसद् ओलीलाई विश्वासको मत दिने बैठकमा उपस्थित नहुने

राप्रपाका एक्ला सांसद् ओलीलाई विश्वासको मत दिने बैठकमा उपस्थित नहुने

देश, राजनीति, समाचार
काठमाडौं  । राप्रपाको तर्फबाट प्रतिनिधिसभाका एक्ला सांसद राजेन्द्र लिंदेन सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन् ।  कोरोना संक्रमणका कारण हाल झापास्थित निवासमै रहेका उनी सोमबारको बैठकमा सहभागी नहुने भएका हुन् ।  Advertisement राप्रपाका नेता मोहन श्रेष्ठले लिंदेनलाई आइतबार नै कोरोना पुष्टि भएको र हाल गृहजिल्लामै आइसोलेशनमा बसेको बताए । राप्रपाको प्रतिनिधिसभामा लिंदेनको मात्रै उपस्थिति रहेको र भोलि प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा सो भोट निर्णायक पनि नभएकाले लिंदेन काठमाडौं नआउने बुझिएको श्रेष्ठको भनाइ छ ।  यसअघि आजै लिंदेनले एमाले र प्रधानमन्त्री ओलीले आफूसँग मत नमागेको बताउँदै आफ्नो चाहना तटस्थ बस्ने भएको रातोपाटीलाई बताएका थिए । साभार: रातोपाटी ...