२०८३ बैशाख २७

Author: Raunak

छिट्टै बहुमतको नयाँ सरकार बन्छ : नारायणकाजी श्रेष्ठ

छिट्टै बहुमतको नयाँ सरकार बन्छ : नारायणकाजी श्रेष्ठ

देश, राजनीति, समाचार
गोरखा । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् ।  सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले संसदबाट विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । ‘अहिलेको सरकारले भोलि (सोमबार) विश्वासको मत प्राप्त गर्न सक्दैन’, उनले भने, ‘छिट्टै बहुमतको नयाँ सरकार बन्छ ।’ Advertisement प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक–आर्थिक रुपान्तरणमा सरकारले छिपछिपेपन मात्र देखाएको तथा कोरोना नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न असफल भएको आरोप लगाए । ‘अहिले कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी छ’, प्रवक्ता श्रेष्ठले भने, ‘हाम्रो पार्टीले स्पष्ट रुपमा सरकारलाई विश्वास...
पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकियो : सांसद कर्ण

पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकियो : सांसद कर्ण

देश, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकिएको बताएका छन् । आज बसेको जसपा पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संसदमा लिने विश्वासको मतमा मतदान नगर्ने निर्णय गरेको छ । तर सांसदले संसदमा आफ्नो विवेक प्रयोग गर्न पाउने निर्णय पनि गरेको छ । Advertisement त्यो निर्णयका कारण पार्टी विभाजनबाट जोगिएको उनले बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरु तटस्थ बस्ने पक्षमा देखिएका छन् । कुनै एउटा पक्षमा निर्णय गरेर सांसदलाई ह्वीप जारी गरेको भए पार्टी विभाजन हुने सम्भावना नजिक थियो । प्रधानमन्त्री ओलीको पक्षमा मतदान नगर्ने तर सांसदले आफ्नो विवेक प्रयोग गर्ने...
जसपा नेपालको पदाधिकारी बैठक बस्दै

जसपा नेपालको पदाधिकारी बैठक बस्दै

देश, राजनीति, समाचार
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । जसपा नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा आज २ बजे पदाधिकारी बैठक बस्ने भएको हो । बैठक बस्नुअघि जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई भेटेका छन् । सत्ता समीकरणलाई लिएर पार्टीमा आन्तरिक विवाद चर्किएपछि पार्टीको पदाधिकारी बैठक प्रभावित हुँदै आएको थियो । कार्यकारिणी समितिको बैठकबारे छलफल गर्न वैशाख १४ गते पदाधिकारी बैठक बसेको थियो । त्यसपछि लकडाउन सुरु भएका कारण बैठक बस्न नमिल्ने निर्णय भएको थियो । Advertisement अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक बस्न नमानेपछि अर्का अध्यक्ष उपेन्द्र यादवले कार...
रौतहटमा प्रहरीले लियो अक्सिजन व्यवस्थापनको जिम्मा

रौतहटमा प्रहरीले लियो अक्सिजन व्यवस्थापनको जिम्मा

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना संक्रमित बिरामीलाई चाहिने अक्सिजनको जिम्मा रौतहट प्रहरीले लिएको छ । जिल्लामा अक्सिजनको अभावमा कुनै पनि संक्रमितले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले ग्यास व्यवस्थापनको जिम्मा लिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीबिक्रम शाहले बताएका छन् । Advertisement गौरस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन अपुग हुँदा उपचाररत संक्रमित बिरामीको सुविधाको लागि प्रहरीले अक्सिजन उपलब्ध गराएको छ । संक्रमित १४ जना बिरामीलाई उपचारका लागी प्रति सिलिन्डर सात किलो ६०० ग्राम अक्सीजन रहेको २३ वटा सिलिन्डर शनिवार राति १० बजे गौर अस्पतालका मेडिकल अफिसर डाक्टर घनश्याम ठाकुरको जिम्मा लगाएको एसपी शाहले जानकारी दिएका छन् । संक्रमितको उपचारको लागि हाल अत्यावश्यक अक्सिजनको जिल्लामा कालोबजारी भइरहेको सूचनाको आधारमा प्रहरीले गरुडा, गौरलगायतका स्थानमा छापा मारी साढे सात किलो अक्...
गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

आर्थिक, देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन् । उनी वैशाख १५ गते संसद चलिरहेको अवस्थामा एकाएक बेपत्ता भएको भन्दै संसद नै स्थगित भएपछि साँझ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको खुलेको थियो । सांसद शाहीको नवौँ दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।  कोरोना संक्रमण भएपछि सांसद शाही चार रात पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डमा बसेका थिए । चार दिन अस्पतामा बिताएपछि १९ गतेदेखि होटलको क्वारेन्टिनमा बसेका उनीको शुक्रबार दिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । Advertisement वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यक्रम तय भएको अवस्थामा सांसद शाही बिना सूचना बेपत्ता भएका थिए । बिनासूचना सांसद बेपत्ता भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक सांसद पिय...
कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

देश, राजनीति, समाचार
काठमाडौं । सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । Advertisement उनका अनुसार कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको हो । ‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ । त्यसमा अस्पतालहरूको व्यवस्थापनदेखि अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्थापन गर्ने तथा महामारीका विरुद्धमा लड्न सबै मन्त्रालयको भूमिकाको आवश्यकतामाथि समिक्षा भएको छ’, मन्त्री त्रिपाठीको भनाइ छ । साभार: रातोपाटी ...
अक्सिजन अभाव : संक्रमितलाई भर्ना गर्न नसक्ने चार अस्पतालको घोषणा

अक्सिजन अभाव : संक्रमितलाई भर्ना गर्न नसक्ने चार अस्पतालको घोषणा

देश, समाचार, सामाजिक, स्वास्थ्य
२५ वैशाख, काठमाडौं । चाबहिलका चार अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । Advertisement मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले संयुक्त वक्तव्य जारी गर्दै अक्सिजन आपूर्ति सहज नभएकाले संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसक्ने बताएका हुन् । उनीहरुले अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म शनिबारदेखि सीमित शय्यामा मात्र सेवा प्रदान गर्ने घोषणा गरेका छन् । Credit: OnlineKhabar ...
लायन्स क्लव काठमाडौं : लिडरशिप फर चेन्ज २०२१/२२ पदाधिकारी चयन: राजकुमार लामिछाने अध्यक्ष मनोनित

लायन्स क्लव काठमाडौं : लिडरशिप फर चेन्ज २०२१/२२ पदाधिकारी चयन: राजकुमार लामिछाने अध्यक्ष मनोनित

देश, समाचार
लायन्स क्लब अफ काठमाण्डौ लिडरशिप फर चेन्जको आज बसेको भर्चुवाल जुम मिटिङ बाट २०२१/२२ का पदाधिकारी चयनको निर्णय गरेको छ। उक्त बैठकमा उपस्थित २०२१/२२ का जोन चेयरपर्सन राजन श्रेष्ठले उपस्थित लायन्स हरुलाई उत्प्रेरणा प्रदान गर्दै आगामी दिनका लागि शुभकामना प्रदान गरे। वर्ष २०२०/२१ का अध्यक्ष र यस वर्ष २०२१/२२ का डिस्ट्रीक्ट चेयरपर्सन तथा इमिडिएट पास्ट प्रेसिडेन्ट गेन्द्र लामाले सबै मनोनित पदाधिकारीहरु निष्पक्ष र मेहनतका हिसाबले मनोनित भएको बताए। Advertisement २०२१/२२ का अध्यक्ष राजकुमार लामिछाने मनोनित भएका छन् र अन्य पदहिकरी हरु यस प्रकार रहेका छन्। President - Lion Rajkumar Lamichhane IPP/LCIF Coordinator - Gyendra Lama 1st VP - Lion Sahadevsargam Timalsina 2nd VP - Lion Samjhana Lama 3rd VP- Rohan Ghimire Secretary - Lion Shasi Khadka Treasurer...
बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा २० वर्षीया संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा २० वर्षीया संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२५ वैशाख, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ । Advertisement तेह्रथुमको पञ्चकन्या–१ घर भएकी २० वर्षीया महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार उनी यही वैशाख १७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा उपचारको क्रममा वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार उनमा अन्य दीर्घरोग पनि थिएन । Credit: OnlineKhabar ...
संवैधानिक आयोगहरूमा नियुक्ति प्रयास तत्काल बन्द गर : माधव नेपाल

संवैधानिक आयोगहरूमा नियुक्ति प्रयास तत्काल बन्द गर : माधव नेपाल

देश, राजनीति, समाचार
२५ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यादेशमार्फत् संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर टिप्पणी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गरेकी थिइन् । Advertisement सरकारको सो कदमको विरोध गर्दै एमाले नेता नेपालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सरकारलाई गलत बाटोबाट नियुक्ति प्रया...