२०८१ जेष्ठ ७

सेती अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु

कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा  उपचारको क्रममा  उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनगढी ३ कैलालीका ६२ वर्षीय महिला, दोधारा चाँदनी ७ कञ्चनपुरका ३३ वर्षीय पुरुष, धनगढी ३ कैलाली ८७ वर्षीय महिला, धनगढी १० का ३७ वर्षीय पुरुष, धनगढी १८ का ४२ वर्षीय पुरुष र बर्दगोरिया ४ कैलालीका ५२ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । त्यस्तै ५ सय ६४ नमुनाको परीक्षण गर्दा  २ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा धनगढीका  १ सय ४ पुरुष, ६६ महिला रहेका छन् ।


Advertisement


अन्य जिल्लाका ७५ पुरुष र ६२ महिलामा कोरोना पुष्टि भएको उनले बताए । २ सय ६८ जनामा  नेगेटिभ रिपोर्ट आएको छ । अहिले अस्पतालका भेन्टीलेटरमा ५ ,आईसियु मा १३, अक्सिजन सपोर्टमा ३६,  सामान्य ५ र आजै निको भएर घर फर्किने ५ जना र नयाँ भर्ना हुनेको संख्या १५ जना रहेको श्रेष्ठले बताए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap