२०८१ जेष्ठ ६

राप्रपाका एक्ला सांसद् ओलीलाई विश्वासको मत दिने बैठकमा उपस्थित नहुने

काठमाडौं  । राप्रपाको तर्फबाट प्रतिनिधिसभाका एक्ला सांसद राजेन्द्र लिंदेन सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन् ।  कोरोना संक्रमणका कारण हाल झापास्थित निवासमै रहेका उनी सोमबारको बैठकमा सहभागी नहुने भएका हुन् । 


Advertisement


राप्रपाका नेता मोहन श्रेष्ठले लिंदेनलाई आइतबार नै कोरोना पुष्टि भएको र हाल गृहजिल्लामै आइसोलेशनमा बसेको बताए । राप्रपाको प्रतिनिधिसभामा लिंदेनको मात्रै उपस्थिति रहेको र भोलि प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा सो भोट निर्णायक पनि नभएकाले लिंदेन काठमाडौं नआउने बुझिएको श्रेष्ठको भनाइ छ । 

यसअघि आजै लिंदेनले एमाले र प्रधानमन्त्री ओलीले आफूसँग मत नमागेको बताउँदै आफ्नो चाहना तटस्थ बस्ने भएको रातोपाटीलाई बताएका थिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap